चिनारी महिलाको
नामः प्रमिला महर्जन
ठेगानाः कीर्तिपुर नगरपालिका वडा नं.–३
आवद्ध संघसंस्थाः वडा स्तरीय महिला संजाल वडा–३ का अध्यक्ष, ज्योति लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर,
अनुभवः Hand Washing तथा झोल सरफका प्रशिक्षक, सिलाई
१) आजकाल तपाईं के मा ब्यस्त हुनुहुन्छ ?
हाम्रो वडा ३ को संजालबाट खोलेको सुपथ मुल्यको पसल छ त्यसमा बजारीकरण गर्नका लागि, आफ्नै सानोतिनो काम र हालसालै भरखरै कीर्तिपुर वडा ८ मा Hand washing तथा झोल साबुनको तालिम दिन सकेको छु र अरु पनि महिला उद्यमीहरु कसरी उत्पादन गर्ने भन्ने बिषयमा अलि ब्यस्त छु भन्नू प¥यो ।
२) यो तालिम कहाँबाट लिनु भयो ?
मैले तालिम कीर्तिपुर नगरपालिकाबाट दिंदा लिएकी थिएँ । जुनबेला हाम्रो संजालबाट ५ जना साथिहरु सहभागी भएका थियौ । तालिम लिने बेला पनि सिकाउनु हुने सरले हामीलाई धेरै राम्रोसंग सिकाउनु भएको थियो । उहाँले हामीलाई धेरै निगरानी गर्दै रहनुभएको थियो । सायद हामीले धेरै त्यसमा ध्यान दिएको देखेर पनि होला । सरले सिकाउनु हुदा पनि हामीहरुलाई प्रत्यक्ष गर्न लगाउनु पनि भयो । तालिम लिएको केही दिन पछि नै उहाँले हामीलाई कम्पनी दर्ता गर्ने तरिका सिकाउनु भयो र बजारीकरण गरिदिने भनी हौसला दिनु भएको कारण हामीले पछि नहटिकन “Hand washing तथा झोल साबुनको” काम शुरु गरेर दर्ता पनि ग¥यौं । काम गर्दै जादा अहिले कीर्तिपुर वडा ८ बाट हामीलाई सिकाउनको निम्ति पनि अवसर आयो र जसले गर्दा आज हामीले प्रशिक्षकको रुपमा त्यहाँ ४ दिनको तालिम दिन पनि सफल भयौ ।
३) तालिम दिनुहुदाको अनुभव भनिदिनु न ?
तालिमको अनुभव भन्नू पर्दा एकदमै रमाईलो भयो । जहाँ मैले तालिम दिन गएकी थिए । त्यहा मेरो आफ्नै नातेदार पर्ने दिदीबहिनीहरु पनि थियो । जसको सामु मैले सिकाउन पाउँदा आफैलाई गर्व महसुस गरें । अनि सिक्ने साथिहरुले पनि धेरै चासो दिएर सिक्नुभयो । हाम्रो समय १०–२ बजेसम्म थियो तर पनि उहाँहरु ३ बजे भन्दा पनि बढी समय सम्म बस्नु हुदा समेत थाहै हुदैन थियो । सिकाउदा पनि म एक्लैले नसिकाई संजालका पाँच जना साथिहरुले अवसर पाउनुपर्छ भनेर पालो पालो गरेर सिकाएका थियौ । जे होस एकदमै राम्रो भयो र म आफै लाई विश्वासै भएको छैन कि म एकजना गृहिणी भएर पनि प्रशिक्षकको रुपमा तालिम दिन सक्ने भए भनेर ।
४) संजाल गठन भएदेखि हाल सम्म केकस्ता कामहरु गर्दै आउनु भएको छ ?
हाम्रो संजाल गठन भएको भनेको २०७५ सालमा हो । जसमा २० वटा समूहका दिदी बहिनीहरु आवद्ध छन् । हामीले गठन भएको २ वर्ष सम्म केही गर्न सकेनौ तर हाल आएर छोटो समयमा सबै महिला दिदीबहिनीहरुको साथ पाएर धेरै काम गर्न सफल भएका छौ । जस्तै भन्नू पर्दा हाम्रो वडामा २ वटा मसला पिस्ने मेसिन राखेर २ ठाउँमै काम संचालन गरिराखेका छन् । सुपथ मुल्यको पसल पनि संचालन गर्दैछौ भने जबलम धबकजष्लन तथा झोल साबुन पनि संचालन छ र सबैको हामीले दर्ता समेत गरेर काम गरिरहेका छौ । यसपालिको महिला लक्षित बजेतबाट मात्र लेखा ब्यवस्थापन तालिम, कौसी खेती तालिम, अनि उद्घोषण तालिम पनि दियौं । आफ्नै वडा भित्र हप्तामा एकदिन शनिवार सुगर र प्रेसर नाप्ने र अरु पनि सानाटिना काम गर्दै आएका छौ।
५) जति पनि उद्योग दर्ता गरि संचानल गर्दै आउनु भयो त्यस्को बजारीकरण कसरी गर्दै आउनु भएको छ ?
यो विषयमा भन्नू पर्दा हामी आफैले खोलेको सुपथ मुल्यको पसलबाट पनि हुन्छ । हाम्रो शेयर सदस्यबाट पनि हुन्छ । अरु साथिभाई र दाजुहरुले पनि धेरै सहयोग गरिदिनु भएको छ साथै अहिले कीर्तिपुर नगर भित्रमा कोसेली घर भनेर पनि बन्दैछ जसमा महिला दिदीबहिनीहरुले उत्पादन गरेका सबै सामग्रीहरु त्यहा राख्न सकिन्छ । जसले गर्दा बजारीकरण गर्न सबैलाई सहज हुनेछ ।
६) आफूले गर्दै आउनु भएको काममा कतिको सन्तुष्टि हुनुहुन्छ?
यसमा म एकदमै सन्तुष्टि छु । यो क्षेत्रमा लागेर सबैलाई चिन्न पनि पाउने र सबैले आफूलाई चिन्ने पनि । महिला दिदीबहिनीको समस्या बुझेर उनीहरुलाई सहयोग पनि गर्न मौका पाउने अनि कोसंग के के क्षमता छ भनी जान्ने पनि । महिला संजालमा काम गर्दै जादा अपुग भएका कुराहरुको पहिचान गर्दै वडा, नगरमा माग गरि धेरै कुराहरु सिक्न पाउने मात्र होईन जिवनमा लागू गरि सफलता हासिल गरेकाहरुलाई देख्दा साह्रै खुसी लाग्छ । पहिला दुई जनाको सामु नबोल्ने दिदीबहिनीहरुले अहिले समाजको अगाडि कार्यक्रम संचालन गरेको देख्दा, हिजो घरको हिसाबकिताब समेत राख्न नसक्नेले आज कम्पनीको समेत लेखाजोखा राख्न सक्ने सम्मको क्षमता अभिवृद्धि भएको देख्दा म आफूमा धेरै सन्तुष्टि छु । तर दुई वर्षसम्म केही नगरी चुप लागि बसेको कुरा प्रति पछुतो हुन्छ । किनभने त्यो समयमा पनि अहिले जस्तै सोच र विचारले काम गर्न सकेको भए यो समयमा हाम्रो वडाका दिदीबहिनीहरु अझै कति अघि बढेको देख्थे होला । साथै म जीवन बिमाको क्षेत्रमा पनि काम गर्दै आएको कारण यो पाली कोरोनाले गर्दा दुखदको घटना भए पनि जीवन बिमा गराएकाहरुलाई केही राहतहरु दिन पाएकोमा पनि म आफ्नो काम प्रति सन्तुष्टि नै छु ।
७) अब आगामी दिनहरुमा के गर्ने सोच बनाउनु भएको छ ?
यस बारे भन्नू पर्दा धेरै सोचहरु छ । काम गर्दै जादा धेरै अपुग भएका कुराहरु पनि देखिन्छ जसलाई आगामी दिनहरुमा समेटेर लाने कोसिसमा हामी छौ । हाल २÷३ वटा दर्ता नै गरि काम गरिसकेका छौ भने अबका दिनमा सिलाई सिकेका महिलाहरु, दल बनाउन जानेकाहरु अनि हाते तानबाट कपडा बुन्ने सीप भएकाहरुको पनि समूह बनाई उनीहरुलाई पनि उद्यमी तर्फ लगाउने सोच बनाएका छौ । आउने महिला लक्षित बजेतबाट यो काम थालनी गर्ने भनी हाम्रो योजना छ ।
८) अन्तमा केही भन्न चाहनु हुन्छ ?
सबै भन्दा पहिला मलाई यो क्षेत्रमा आउन हौसला दिन र कार्य योजना कसरी गर्ने भन्ने कुरा सिकाउनु हुने मेरो साथिलाई ,काम गर्न सहयोग गर्नुहुने वडा र नगरलाई साथै समूहका दिदीबहिनीहरु,लगायत प्रशिक्षकको रुपमा मौका दिनु हुने वडा ८ का सम्पूर्णलाई धन्यबाद । मेरो विचार राख्न मौका दिनु भएकोमा नेवाःएफएम साथै साप्ताहिक पत्रिका कीर्तिपुर सन्देशलाई पनि हृदय देखि धन्यबाद छ ।
प्रस्तोता ः अनिता महर्जन
कीर्तिपुर सन्देश साप्ताहिक अंक ५०७ मा प्रकाशित मिति २०७८ भाद्र २ गते
No comments:
Post a Comment