दामिलको भैंसी पालन परियोजनाको शेयर किनेर म धुक्क भएँ
gh//fd dxh{g
दिनेश दर्शनधारी कीर्तिपुरका एक कुशल व्यवसायी, दूरगामी सोच र बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँसँग मेरो परिचय भएको ६ वर्षमात्र भयो । जब उहाँले कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा बार्षिक रूपमा विज्ञापन दिन थाल्नु भयो । ताली दुई हातले बज्छ भनेझै मेरो पत्रिकामा विज्ञापन गरेर उहाँको व्यापार व्यवसाय बढ्यो भने मेरो पत्रिका पनि लोकप्रिय हुन थाल्यो । आज कीर्तिपुरकै पहिलो नम्वरको रंगिन पत्रिका हुनुमा वहाको पनि ठुलो योगदान छ ।
उहाँ अध्यक्ष रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाको शेयर धनी बन्न गर्नुभएको प्रस्तावलाई सहर्ष स्वीकार गरेको थिएँ । र पछि मलाई सल्लाहकार पनि बनाउनु भयो । वार्षिक लाभांश म सदस्य भएको अरू सहकारीले भन्दा बढी दिन्थ्यो । उहाँले हरेक वर्ष एउटा न एउटा परियोजना ल्याउनु भयो । त्यो परियोजनाको शेयर बाँडफाँड गर्न थाल्नु भयो । यही क्रममा ३ वर्ष पहिले दर्शन मल्टि–इन्भेष्टमेन्ट लि.को कृषि वन परियोजनाको शेयर लिएको थिएँ । उक्त शेयर लिन पहिले ६ लाख रुपैयाँ राख्नु पर्छ । ३ लाख रुपैयामा १० प्रतिशतको दरले वार्षिक ब्याज दिने ५ वर्षपछि फिर्ता दिने गरी दर्शन सहकारीमा राख्नु पर्छ । ३ लाख रुपैया १० वर्षपछि कम्तिमा २५ लाखदेखि ५० लाखसम्म रिटर्न दिने कुरा गर्नुभयो । उहाँप्रति मेरो पुर्ण विश्वास र भरोसा थियो । त्यसैले मैले पनि शेयर लिएँ । जसको अहिले दुई वर्षमा २ लाख लाभांश हाम्रो खातामा जम्मा भइसकेको छ । मलाई दिएको १ कत्था जग्गामा रोपिएको ३० वटा रूखहरू अहिले २५ फुटभन्दा बढी अग्ला भैसकेका छन । १० वर्षभित्रमा एउटा रूख कम्तिमा पनि ३० क्यूफिट हुन्छ । एक क्यूफिट काठको रु.पाँच हजारको दरले एउटा रूखले १ लाख पचास हजार दिन्छ भने ३० वटा रूखले कम्तिमा रु=४५ लाख पाउने छु ।
गत फागुन २१ गते मोरंग गएर परियोजना क्षेत्र आफ्नै आँखाले हेरेर आइसकें । जसबाट म विश्वस्त भएको छु ।
गत वर्ष अर्थात् २०७७ सालमा दर्शन मल्टि–इन्भेष्टमेन्भट लि.ले व्यावसायिक भैंसी पालन परियोजना सुरु ग¥यो । जसमा एउटा भैंसीको वापत रु.२ लाख दिनुपर्ने । जसमा भैंसीको मुल्य रु.१ लाख ५० हजार, ढुवानी, केही महिनाको दाना र विमा खर्च भनेर पचास हजार गरी जम्मा २ लाख दिनु पर्ने । जसको प्रतिफल ३ वर्षपछि ३ लाख पचास हजार फिर्ता दिने । यसको अर्थ हो रु.२ लाख लगानी गरेर ३ वर्षमा १ लाख ५० हजार नाफा पक्का दिने ।
कुनै पनि कुरामा लगानी गर्दा त्यस विषयमा पुरा जानकारी लिनुपर्छ । आफु सन्तुष्ट भयो भने मात्र लगानी गर्नु पर्छ । त्यसैले मैले उहाँको परियोजना बारे जानकारी लिएँ । जुन यस प्रकार रहेका छन । दामिलले बिराटनगर रंगलीको कृषि बन परियोजना मध्ये कृषि कार्यहरु सोही ठाउको कृषि सहकारी मार्फत अगाडी बढाएको छ ।
परियोजनाको परिचय
मोरंग जिल्लाभर कार्यक्षेत्र रहेको र यस जिल्लामा एकप्रकारको अलग्गै र सफल कृषि सहकारीको छवी बनाउन सफल प्रस्तावक संस्था इष्टर्न कृषि सहकारी संस्था लिमिटेडले कृषि तथा पशुजन्य पदार्थहरूको उत्पादन तथा बिक्रि वितरण व्यवस्थित तथा नियमित गर्न आफ्नै भैंसीपालन व्यवसाय लगायत विविध पशुपंक्षीपालन फार्म ईकाइहरू, माछापालन, तरकारी, फलफुल तथा जडिबुटी समेत गरी एकिकृत मोडलमा कृषि फार्म इकाइहरू संचालन गर्दै आइरहेको छ । विराटनगर उपमहानगरपालिका वार्ड नं.११ मा अवस्थित यस सहकारीले हाल रंगेली नगरपालिका वडा नं.२ मा आफ्नै स्वामित्वमा ४० विघा तथा भाडाको २० बिघा गरी कूल ६० विघा (भविष्यमा २०० विघासम्मको बनाईने) जमिनको विविध कृषिजन्य व्यवसाय संचालन गर्दै आइरहेको छ र यसका लागि विगतदेखि नै स्थानीय कृषक समूह तथा वासिन्दाहरुसँग पनि आवश्यक समन्वय गर्दै आइरहेको छ ।
स्थानीय समाजसेवी तथा सफल महिला उद्यमी यशोदा राइजीको सक्रिय एवम् अध्यक्षतामा संचालन भैरहेको यस सहकारीको संचालक समितिका सात जना सदस्यहरु नै महिला रहेको र विभिन्न क्षेत्रमा योगदान गरिरहेका तथा आ–आफ्नो क्षेत्रमा सफल रहनुभएको छ ।
परियोजनाको उद्देश्य ः
यस सहकारीले अन्तर्गतको भैंसीपालन फार्मलाई आधुनिकीकरण गर्दै वैज्ञानिक ढंगले व्यवस्थापन गर्न र नेपालकै पहिलो मोडल बफेलो डेरी फार्मको रूपमा विकास गरी स्थानीय स्तरमा रहेका कृषक तथा उद्यमीहरूको लागि तालिम र प्रविधी हस्तान्तरणका साथै सिकाईको थलो (लर्निंग सेन्टर)को रूपमा विकास गर्ने समेत लक्ष्य बोकेको छ । यसका लागि निम्नानुसार उद्देश्यहरू राखिएका छन ।
१=आयोजनाले ५०० वटा पाडापाडी सहितको दुधालु भैंसीबाट दूध उत्पादन एवम् विक्रिवितरण गर्ने ।
२=आयोजनाको कार्यान्वयनको पहिलो वर्षदेखि उक्त ५०० ओटा भैंसीबाट दैनिक ५००० लिटर दूध उत्पादन गर्ने लक्ष्य
३=यस फार्मबाट उत्पादित दूधलाई दुग्ध वस्तु उत्पादन तथा विक्रिबितरण गर्ने ।
परियोजनाको औचित्य
न्यून लागतमा आधुनिक र देशकै नमुना भैसीपालन व्यवसाय संचालन गर्न सकिने सम्भावना बोकेको यो परियोजना आफैमा एक औचित्यपूर्ण परियोजना हो । भैंसी देशको कुल पशु अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने पशुको रूपमा रहेको छ भने दुध उत्पादनमा करीब ५५ देखी ६० प्रतिशत योगदान भैसीको नै रहेको छ । विचारणीय कुरा के पनि छ भने रेशालाई शक्तिमा परिवर्तन गर्न सक्ने क्षमता गाईको तुलनामा भैंसीमा उल्लेख्य रूपमा बढी हुन्छ जस्का कारण भैसीलाई खाद्यसुरक्षाको दृष्टिले मानिसको धेरै प्रतिस्पर्धी मानिंदैन । यति मात्र नभै भैसीलाई दूधको लागि मात्र नभै प्रमुख मासुजन्य जनावरको रूपमा पनि सजिलै विक्रि गर्न सकिने भएकोले अझै पनि भैसीपालनमा रमाईरहेका कृषकहरू हत्तपती गाईपालनतर्फ आकर्षित भैहालेको पाईंदैन । त्यसैगरी उन्नत गाईंको तुलनामा भैंसीहरूले बढी रोगब्याधी (भ्यागुते) बाहेक तथा पराजिवीको बोझ सहन सक्ने पाईएको छ ।
भैसी पालन नै किन ?
–भैंसीलाई कालो सून पनि भनिन्छ ।
–आज पनि भैंसी देशको कुल पशु अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने पशुको रूपमा रहेको छ भने दुध उत्पादनमा करीव ५५ देखि ६० प्रतिशत तथा मासु उत्पादनमा करीब ६० प्रतिशत योगदान भैंसीको नै रहेको छ ।
—नेपालका सबै सहरबजारमा भैंसीको दूधको मुल्य गाईको तुलनामा उल्लेख्य रूपमा बढी रहेको पाइन्छ ।
—नेपाल र भारत जस्ता देशहरूमा अर्थतन्त्रको एक प्रमुख आधार मानिंदै आएको छ ।
—संसारको कुल भैंसी मध्ये ९५% एशियामा छ ।
—भैंसीको संख्याको आधारमा नेपाल चौथो देशमा पर्दछ ।
—चिल्लो पदार्थ कम भएको र बोसोमा कोलेष्ट्रोल कम भएको मासु ।
—मासु उत्पादनको लागि पाडा पालन
—गाईको दूधमा भन्दा ५८% बढी क्याल्सियम, ४०% बढी प्रोटिन र खनिज र ४३% कम कोलेष्ट्रोल छ ।
मुर्रा भैंसी नै किन ?
—तराई र मध्यपहाडमा पालिने भए पनि नरम हावापानी उपयुक्त हुने यो जातको भैंसी हाम्रो देशमा मात्रै नभै संसारभर सबैभन्दा लोकप्रिय भूजाकार यस भैंसीको औसत तौल ५५० देखी ६०० के.जी. र राँगाको औसत तौल ६५० देखि ७०० के.जी. हुन्छ ।
—कालो रङको, टाउको सानो, घुम्रिएको सिङ, नरम छाला, पुच्छरमा सेतो छिर्के भएको हुन्छ ।
—सरदर दूध उत्पादन १८०० देखि २००० के.जी. हुने यस भैंसीको दूधमा करीव ७ प्रतिशत फ्यात हुन्छ । तर हाल आएर भारतका विभिन्न स्थानमा यसै जातबाट छनौट गरेर ४००० देखि ४५०० लि.सम्म दुध दिने भैंसी विकास गरिएको कुरा अमूल सहकारीका पदाधिकारीहरुले हामीसँगको व्यक्तिगत छलफलमा बताएका छन् ।
—यो भैंसी भारतको पञ्जावबाट उत्पत्ति भएको हो ।
—नेपालमा सबैभन्दा बढी भित्रिएको भैंसीको जातमा यो पर्दछ र पोखराको पशु विकास फार्ममा यसको स्रोत पाइन्छ । नेपालको तराई क्षेत्रमा लगभग ९० प्रतिशतसम्म शुद्ध मुर्रा जात पाल्न सकिन्छ भने मध्यपहाडमा यसको ७५ प्रतिशतसम्म पाल्न सिफारिस हुँदै आएको छ ।
व्यवसायिक महत्व ः
—नेपालमा पाइने भैंसीले भन्दा अत्याधिक दूध दिन्छ ।
—हत्तपत रोगले असर गर्दैन ।
—चरणबाट पनि पाल्न सकिने ।
—मृत्युदर कम हुन्छ ।
—नेपालमा मासु खपत हुन्छ र मासुको बजार राम्रो छ ।
—बढी तौल हुने हुनाले मासुको लागि उपयुक्त हुने ।
—पाडाहरू जन्मेको खण्डमा पनि हुर्काएर मासुको विक्रि गर्न सकिन्छ ।
यो परियोजनाको विवरण पढेपछि म सन्तुष्ट भएँ । पहिले मैले २ वटा भैंसीको लागि लगानी गरें । हाम्रो नाममा भैंसी ल्याइसकेको र विमा पनि भैसकेको, हाम्रो भागको भैंसीको ट्याग नम्बर पनि हामीलाई दिइयो । ४ महिनाभित्र २०० वटा भैंसीको शेयर बिक्रि भएको जानकारी प्राप्त भयो । २०७७ साल फाल्गुणको अन्तिम हप्तामा भैंसी परियोजनामा सहभागी २४ जना शेयर धनीहरूलाई हवाईजहाजमा राखेर विराटनगरमा परियोजना क्षेत्र घुमाउन लैजानु भयो ।
स्थलगत भ्रमण पछि मनै आनन्द भयो । त्यहाँबाट फर्केर आए पछि ५ वटा भैंसी फेरि लिएँ । स्थलगत रिपोर्ट तस्वीरको माध्यमबाट प्रस्तुत गर्न चाहन्छु ।
No comments:
Post a Comment