Friday, July 16, 2021

एक कुसल व्यवसायी, दूरगामी सोच र बहुप्रतिभाका धनी कीर्तिपुरका दिनेश दर्शनधारीसंगको अन्र्तवार्ता

 एक कुसल व्यवसायी, दूरगामी सोच र बहुप्रतिभाका धनी कीर्तिपुरका दिनेश दर्शनधारीसंगको अन्र्तवार्ता 



                                                   दिनेश दर्शनधारी

आजकल कीर्तिपुरमा चर्चामा रहेको दर्शन मल्टि—इन्भेष्टमेन्ट लि.को अध्यक्ष दूरगामी सोच र बहुप्रतिभाका धनी दिनेश दर्शनधारी जो एक कुशल व्यवसायी हुनुहुन्छ । जसले आफ्नो कार्यक्षमता र दक्षताका कारण छोटो समयमा नै आफ्नो नामलाई “ब्राण्ड”को रुपमा स्थापित गर्न सफल हुनु भएका व्यक्तिसँग त्यस कम्पनीको बारेमा गरिएको भलाकुसारीको संक्षिप्त यहाँ प्रस्तुत गर्न गइरहेको छु ।

आजकल कीर्तिपुरको सहकारी बजारमा इन्भेस्टमेन्ट कम्पनीहरू खोल्नेक्रम जारी छ । यो दर्शन मल्टि–इन्भेस्टमेन्ट लि. अर्थात Damil पनि दर्शन बचत अन्तर्गतको इन्भेस्टमेन्ट कम्पनी हो कि ? अथवा यसको छुट्टै अस्तित्व छ ? खास यो कस्तो किसिमको कम्पनी हो ?

– पहिलो त कीर्तिपुरमा अहिले भएका सहकारीहरू कस्ता खाले छन् यसको बारेमा अलि बोल्न मन लाग्यो । कीर्तिपुरमा धेरैभन्दा धेरै बचत तथा ऋण सहकारी छन् । बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्ना सदस्यको बचत लिने अनि आफ्नै सदस्यहरूलाई नै ऋण दिने काम गर्दछ । जसले ऋण लिएका हुन्छन् ती सदस्यहरूले त्यो पैसा व्यापार व्यवसाय गरी ब्याज र ऋण चुक्ता गर्ने काम गर्दछ । बचत तथा ऋण सहकारी संस्थाहरूले बचत लिने र ऋण दिने भन्दा अन्य कुनै पनि काम गर्नु हुँदैन अर्थात कुनै क्षेत्रमा लगानी गर्नु हुँदैन बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको जति शेयर छ त्यसको, पन्द्र गुणासम्म बचत उठाउने प्रावधान छ त्यस्तै कीर्तिपुरमा अर्को सबैले थाहा पाएको भनेको  बहुउद्देश्य सहकारी संस्था हो ।

बहुउद्देश्यीय सहकारीले नाम अनुसार नै काम गर्ने गरी स्थापना गरिएका हुन्छन । प्रायः पछिल्लो समयमा २०७४ पछि स्थापना भएका बहुउद्देश्य सहकारी संस्थाहरूले कुनै किसिमको बचत संकलन गर्न बन्देज लगाएको छ . तर पुराना बहुउद्देश्य संस्थाहरूले भने बचत समेत उठाउने गरी बहुउद्देश्य कामहरू जस्तै पसल खोल्ने, Factory खोल्ने, सेवामूलक व्यवसाय संचालन गर्ने गरी स्थापना गरिएका छन् यस्ता बहुउद्देश्य संस्थालाई समेत  नेपाल सरकारको २०७४ को ऐन र २०७५ को नियमावलीले जम्मा शेयरको ३० % मात्र बचत उठाउने बन्देज लगाइदिएको छ. यिनको यो बुंदा धेरै विबादित भएकोले लागु हुनसकेको छैन । त्यस्तै अर्को हामीले देखेको सहकारी संस्थाहरू भनेको कृषि सहकरी हुन् । कृषि सहकारी भनेको खास गरेर कृषकहरूको हकहितको लागि नै खोलेको हुन्छ कृषकलाई मल दिन, कृषकहरूलाई पशुपन्छी पालन लगायत अन्य कृषि कर्म गर्न यस्तो सहकारी को विशेष भूमिका रहेको हुन्छ । तर हामीले  कीर्तिपुरका सबै किसिमको सहकारीले बचत तथा ऋण नै गरेको देखिन्छ. अर्को कुरा सबै सहकारीहरूलाई अर्को टाउको दुखाउनुपर्ने भनेको  कार्यक्षेत्र पनि हो । नेपाल सरकारको सहकारी बिभागको एउटा अङ्ग नगरपालिकामा समेत रहने व्यवस्था छ । यो नगरपालिकामा रहेको सहकारी विभागले यस्ता कुराहरूको अनुगमन गर्ने गर्दछ । तसर्थ यदि सहकारी विभागले ऐन नियमलाई कडाईकासाथ लागु गर्ने हो भने प्राय धेरै सहकारीलाई गाह्रो पर्ने देखिन्छ । मेरो विचारमा २०७४ पछि धेरै Investment कम्पनीहरू कीर्तिपुरमा  खोलिनुको मुख्य कारण नै सहकारी संस्थाहरूको लागि आएका नयाँ नियम कानुन नै हो जस्तो मलाई लाग्छ । भोलिको दिनमा कुनै न कुनै दिन कडाईकासाथ पक्कै पनि ऐन कानुन लागु हुने भएकोले प्राय सहकारीका सञ्चालक तथा सेयर सदस्यहरू मिली आफ्नो सदस्यहरूको पैसा कतै बाहिर नजाओस् भनेर कीर्तिपुरमा सहकारीका पैसाहरू Investment कम्पनीहरूमा गएको देखिन्छ । अर्को कुरा के छ भने बचत तथा ऋण सहकारी संस्थाहरूले कुनै व्यापार व्यवसाय गर्न नपाएपछि ती संस्थाका सदस्यहरू मिलेर छुट्टै Investment कम्पनी खोलेर व्यापार व्यवसाय गर्ने चलन पनि बढ्दो छ । तपाईले हाम्रो बारे पनि सोध्नुभयो । हाम्रो Mobiland investment company  र मुक्तिनाथ Investment company आजभन्दा १० वर्षअगाडि नै स्थापना भएका कम्पनीहरू हुन् । हामीले Investment कम्पनीमार्फत Share उठाएर विविध किसिमका व्यापार व्यवसाय, उद्योग तथा कृषिक्षेत्रमा हात हालेको  समेत १० वर्षभन्दा बढी भइसकेको छ ।

अब तपाईले उठाउनुभएको प्रश्न Darshan Multi-Investment लिमिटेड पनि दर्शन सहकारी अन्तर्गतकै कम्पनी हो कि ?




– अब यसको ठ्याक्कै उत्तर दिनुपर्दा अन्तर्गतको त भन्न मिलेन । तर हामीले पनि माथि भने जस्तै सहकारीमा आउने समस्याबाट बच्न र सेयर धनिहरूलाई नाफा खुवाउन Damil स्थापना भएको हो । तर तत्कालीन अवस्थामा ऐन नियमको डर चाहिँ हामीलाई पनि नलागेको होइन । तत्कालीन अवस्थामा एक सदस्य एक सहकारी भयो भने हाम्रो सहकारीमा भएका धेरै सदस्यहरूसमेत अन्य समान प्रकृतिका सहकारीहरूमा पनि सदस्य भएकोले कि हाम्रोमा छोड्नुपर्ने वा अर्को सहकारीमा छोड्नुपर्ने भएकोले त्योबाट बचाउ गर्न नै झुट नबोलीकन भन्दा Darshan Multi-Investment लिमिटेडको स्थापना भएको हो । Darshan Multi-Investment मा जो जसले सेयर लिनु भयो, उहाँहरूलाई आजको दिनमा दोहोरो फाइदा भयो । सहकारीबाट बचतमा १२ देखि १४ % ब्याज खानुहुन्थ्यो भने सहकारीको शेयरमा नेपाल सरकारले तोकिदिएको १८% सम्म बोनस खानुहुन्थ्यो । तर Investment कम्पनीको सदस्य भएपछि 100% भन्दाबढी पनि बोनस खान भ्याउनुभयो ।

Damil कस्तो किसिमको कम्पनी हो ?



– वास्तवमा Investment company दुई किसिमको हुन्छ. एउटा प्राइभेट कम्पनी जसमा १०० जनासम्म मात्र सेयरधनी बन्न पाउँछ । अर्को पब्लिक लिमिटेड कम्पनी जसमा जति पनि कजबचभ धनी बन्न पाउँछ. दर्शन मल्टि Investment company  चाहिँ  पब्लिक लिमिटेड कम्पनी हो । यस्तो खाले कम्पनीमा Share सदस्यको सिमा हुन्न. अहिले दर्शन Multi Investment कम्पनी मा ३५० भन्दा बढी सदस्यहरू हुनुहुन्छ । तर किर्तिपुरका केहि Investment कम्पनीहरूले गलत ढंगबाट सहकारीको जस्तै मिल्दो जुल्दो आबधिक कार्ड बनाएर पैसा उठाईरहेको पनि छ. जुन काम गलत हो. हामीले त सम्पूर्ण प्रक्रिया पुरा गरेर अनि Registar कार्यालयमा Share धनि को नाम रजिष्टर भएपछि Share प्रमाण पत्र दिएर नै पैसा उठाएका छौ । मैले एउटा अर्को पनि जानकारी दिन चाहन्छु. कुनै पनि Investment कम्पनीले पनि सिधै कुनै उधोग ब्यबसाय गर्न पाउदैन । त्यस्ता ब्यबसाय गर्ने कम्पनीमा Investment कम्पनी ले लगानी गर्न पाउछन् ।

यो कम्पनीको खास उद्देश्य के हो ?



– हजुरले Damilको खास उद्देश्य भन्न खोज्नुभएको हो कि? वास्तवमा Damil खोल्नुको मुख्य उद्देश्य भनेको कृषि क्षेत्रमा लगानीको लागि नै हो । बचत तथा ऋण सहकारी संस्थाले कुनै पनि क्षेत्रमा लगानी गर्नु नपाउनु अनि आम्दानीको १८% भन्दा बढी बोनस समेत Share धनिलाई बाढ्न नपाउनु अनि सहकारीमा आफ्नो कार्यक्षेत्रभन्दा बाहेकका मानिसलाई सदस्य बनाउन नपाउनु आदि विविध कारणले गर्दा नै Darshan Multi-Investmentको जन्म भएको हो । Darshan Multi-Investment  ले अहिले शेयर सदस्यहरूबाट शेयर रकम उठाइए बृहत् कृषि योजना गर्ने कम्पनी र त्यस्तै कृषि सहकारीहरूमा लगानी गरेको कुरा त हामीले पटकपटक भन्दै आएका छौं । आउँदो आर्थिक वर्षबाट  युवालक्षित विभिन्न नयाँ व्यवसाय समेत सञ्चालन गर्ने योजना राखेका छौं । सरकारले यदि युवाहरूलाई Certificate धितो राखेर लोन दिने कार्य अगाडि बढाएमा त्यस्ता  युवाहरूसँग १००% नाफामूलक ब्यबसायहरुमा Partnershipगर्ने योजना समेत हाम्रो छ । हामीले लगानी गरेका कृषि क्षेत्रहरूको प्रडक्टहरूलाई बजारीकरण साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन को लागि खोलिने त्यस्ता कम्पनीहरूमा समेत लगानी गर्ने योजना र उद्देश्य रहेका छन् । कृषिका विविध क्षेत्रमा लगानी गरेको कुरा मैले अघि पनि उल्लेख गरिसकें । १५बिघा अर्थात् करिब एक सय ९५ रोपनीमा माछापालन गरिरहेका छौं । आगामी वर्षदेखि बायोफ्लक प्रविधिबाट समेत माछापालन गर्दैछौं । करिब ४०० भैसी हाल पालेर दुग्ध उत्पादन गरिरहेका छौं । त्यस्तै ठूलो मात्रामा हाँस पालनमा समेत लगानी गरेका छौं ३० बिघा अर्थात् ३९० रोपनी जतिमा घाँस खेती समेत गरिरहेका छौं । निकट भबिस्यमा आफ्नै दाना उद्योग पनि संचालन गर्दैछौं । विभिन्न किसिमका जडीबुटी उत्पादन तथा परीक्षण गरिरहेका छौं । करिब तीन बिगाहा अर्थात ३९ रोपनी जतिमा अजोला खेती गरिरहेका छौं । हाल करिब छ बिगाहा अर्थात ६५ रोपनी जतिमा टिक, मसला, पपुलर आदिका रुख प्रजाति समेत रोपेका छौं । तसर्थ यी यस्तै क्षेत्रहरूमा हामीले लगानी गरिसकेका छौं भने भविष्यमा पनि यस्तै विविध क्षेत्र कृषि क्षेत्रमा नै लगानी गर्ने हाम्रो योजना छ । जसमा निकट भविष्यमा नै हामीले सोही क्षेत्रमा CNG ग्यास Factory स्थापना गर्ने योजना समेत राखिसकेका छौँ ।

यो कम्पनीको कूल पूँजी कति छ ?



– Darshan Multi-Investment स्थापना हुँदाको जम्मा अधिकृत पुजी ५० करोड हो । जसमध्ये ३५ करोड प्रमोटर सेयर सबै नै बिक्रि भैसकेको छ । यो पब्लिक लिमिटेड कम्पनी भएकोले जम्मा Share को ३०% Share Public को लागि छुट्याएर राखेको छ । जुन पछि IPO खुल्यो भने बिक्रि गर्छौ ।



यो कम्पनीको शेयर वितरण भइसकेको छ कि ? शेयर विक्री आव्हान गर्न बाँकी छ ?

– मैले अघि पनि उल्लेख गरिसकें Damil पब्लिक लिमिटेड कम्पनी भनेर । प्रमोटर सेयरको सबै नै ३ वर्ष अघिनै बिक्री भइसकेको थियो । Public Share भने अहिले बाकी छ तर त्यो हाललाई बिक्रीको योजना भने छैन । एउटा जनकारी समेत मैले गराउन चाहन्छु. Damil ले तीन लाखको दरले उठाएको सेयरमध्ये हालसम्म दुई लाख फिर्ता गरिसकेको छ । बोनसको रुपमा भने अर्को वर्षसम्म अर्को एक लाख समेत बोनस दिने योजनामा छौं । यसरी लक्ष्य अनुसार नै अगाडि बढिरहेको छौ । कुनैबेला Damilको लागि शेयर उठाउँदा कृषिबाट पनि यस्तो सम्भव छ र भन्नेहरू आज हाम्रो प्रोजेक्ट देख्दा शेयर किन्नलाई लालायीत छन् । हामीले चारवर्षभित्र  बोनस मार्फत लगानी फिर्ता गर्ने घोषणा गरेका थियौं । हाम्रा लगानीकर्ताहरूको पटक पटक ाField Visit मा जाँदा उहाँहरू प्रगति देख्दा Khusi  हुनुहुन्छ ।

No comments:

Post a Comment