Thursday, July 15, 2021

वर्ण र जात (सन्दर्भ ः रुपा सुनार)

 वर्ण र जात (सन्दर्भ ः रुपा सुनार)


प्रशान्त महासागर

वर्णलाई जात बुझिईयो । समूहलाई कमजोर यथार्थता मानिईयो । सोच कमजोर हुनु नै श्रापित हुनु हो यो पनि पढेलेखेकाहरुले बुझिएनन् । अतः देशले द्वन्द चाहिएको हो कि भ्रम यस्तै अनेक फैलिन थालियो । यस्तै एक मध्येको एक भ्रम रुपा सुनार (कामी) आफैंमा एक विवाद जस्को कारण म एउटा कथा सम्झी रहन बाध्य भएको छु । 

दुई जना साथी एकदम मिल्ने सानै देखि । एक जना  बेरोजगार एक जना दरबारमा काम गर्ने । एकदिन बेरोजगार साथीले आफ्नो रोजगार साथीलाई आफुलाई पनि दरबारमा काम मिलाई दिनुप¥यो भनेर आग्रह गर्न थाले । त्यसै अनुरुप राजाको अगाडि लिएर गए । अन्तर्वार्ता सुरु भो के गर्न आउँछ राजाले सोधे जवाफमा महाराज म कसैको अनुहार हेरेर उसको विगत भन्न सक्छु । ल ठिक छ त्यसोभए आज देखि मेरो तबेला हेर घोडा स्याहारसुसार गर राजाले भने । हुन्छ भनी उतै लागे । एकदिन राजा घोडाको सवार गर्न भनी त्यहाँ पुग्छ । राजा घोडा राजा अगाडि ल्याई दिन्छ । अनि नोकरले महाराज यो उन्नत जातको घोडा होईन् भन्छ । ५ करोड तिरेर किनेर ल्याएको पनि कसरी होईन् भन्न सकेको ? महाराज पैसाले डिग्री त आउँला तर बुद्धि पाईन्छ र ? यो जवाफ सुन्नासाथ जोसँग उक्त घोडा किनेको थियो तत्काल बोलाईयो र वास्तविक बुझ्न थालियो । र राजाले घोडा उन्नत जातको होईन् भन्ने थाहा पायो । 

नोकरलाई कसरी तिमिले थाहा पायौ सोध्यो अनि नोकरले बताईयो कि उन्नत जातको घोडाले घाँस सुघ्दाखेरी सुघेपछी आकाशतिर फर्किन्छ तर तपाईले चढ्ने घोडाको मुन्टो झुकेकै हुन्छ । यस्तो बुद्धिमता देखेर राजाले त्यो नोकरलाई ईनाममा गाई भैंसी बाख्रा दियो । अनि पदोन्नति गरि रानीको बारेमा बुझ्न रानीकै नोकर बनाए । केही दिन एकान्तमा रानीको बारे सोधे । नोकरले फटाफट जवाफ दिई हाले कि महाराज ! महारानी खानदानी हुनुहुन्न । के कुरा गरेर तिमीले भन्दै रिसलाई पचाएर सासुआमालाई बोलाई सत्य के हो बुझ्दा सानैमा आफ्नो सन्तान मरेको हुनाले आफुहरूले पाल्न ल्याएको छोरीको विवाह हामीले गरिदिएको स्विकार्छ । र नोकरले कसरी थाहा पायौ सोध्दा जवाफमा खानदानी मानिसहरूले गाली कस्तो हुन्छ त्यस्को हेक्का राख्न सक्दैनन् तर महारानीज्युको मुखबाट बारम्बार गाली तप्किरहेकै मैले सुनें । ल ठिक भन्दै उपहार त्यस्तै पहिला जस्तै दिए । नोकर लिएर आफ्नो घरतिर लागे । त्यस्को केही दिन पश्चात् राजाको मनमा के कुरा खेल्यो थाहा छैन् आफ्नो बारेमा सुन्न उत्सुकता जाँग्यो र नोकरलाई बोलाईयो । अनि मेरो बारेमा के छ त तिम्रो विचार भनी सोध्दा रिसानी माफ हजुर भन्दै ज्यानको भिख मागे । महाराजले ल ल भन तिम्रो प्राणको रक्षा मेरो भो भन्दै भन्न आग्रह गरे । अनि नोकरले भने महाराज हजुर राज खानदानको बीउ होईन् । तिमीले कसरी भन्न सक्यौं पख म आमासँग सोधेर आउँछु भनी राजाभित्र आमाको कोठामा गए । 

आमासँग सोध्दा आफू पनि अनाथ पाल्न ल्याएको थाहा भो । अनि फर्केर नोकर भएतिर गएर सोधे कि कसरी थाहा पायौ ? हजुर राज खानदानको वंशज भएको भए हजुरले मेरो दक्षताको तारिफ उपहार दिंदा हिरामोती एवम् अनेक अरू बहुमुल्य उपहार दिनुहुन्थ्यो तर महाराज हजुरले गाई भैंसी बाख्रा दिनु भो । अनि मैले बुझिहाले कि हजुर राज खलकको हुनुहुन्न ।  मैले यसबाट एउटै कुरा सिके कि हामी हाम्रो उचाईमा जहाँ पुगे पनि हामीले टेक्ने धरातलको वजुद छायाँ झै टाँसी रहनेछ । यो कुराको पुष्टि रुपा सुनारले पनि गरेकी छिन् । राज्य सत्ता सरकारसँग माग्नुपर्ने अधिकार व्यक्तिसँग माग्नु भनेको सोच विकास उन्नत र खानदानको भएन् । वास्तविक राजा वा रानी बन्न वंशजको भएन् । कसैले राजगद्दी बसाई दिएको राजा सरह मात्र रुपा सुनार भए ।  फलतः उसले उपहारमा समाज परिवर्तनको लागि हिरामोती लगायत अन्य बहुमुल्य सामान दिनुपर्नेमा राजाले जस्तै गाईभैसी तथा भेंडाबाख्रा दिए । यसले एउटै कुराको पुष्टि गर्छ कि क्षमताहिन जात वहस रुपाले चर्काए । साँच्चिकै राजा हो भने उसले विभेदको आवाज सरकार हल्लाउन गथ्र्यो । वर्णलाई समूहलाई जात भनी व्याख्या गर्ने थिएन् । मैले बुझेको मनुष्य जात हो । कुकुर जात हो । त्यसैले सोच त्यताको राखी राज्यले गरिरहेको विभेद सम्वाद गरौं । दलित समूहमाथि गरिरहने राजनीति अन्त्य रोजौं ।

No comments:

Post a Comment