Wednesday, July 14, 2021

कीर्तिपुरमा स्थानीय पाठ्य्क्रम नेपालभाषामा पठन पाठनका लागि अभिमुखीकरण तालिम सम्पन्न

 कीर्तिपुरमा स्थानीय पाठ्य्क्रम नेपालभाषामा पठन पाठनका लागि अभिमुखीकरण तालिम सम्पन्न 


                                      Photo : Gyan Kumar Maharjan

कीर्तिपुर सन्देश साप्ताहिक

काठमाडौ उपत्यकामा स्थानीय भाषामा स्थानीय पाठ््यक्रम लागु गर्ने कीर्तिपुर नगरपालिका दोश्रो नगरपालिका भएको छ । नेपालको संविधानमा ब्यवस्था गरे बमोजिम र पाठ््यक्रम प्रारुप २०७४अनसुार राष्टिूय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय मौलिक विषयबस्तुहरू जस्तै स्थानीय मौलिक कला, सम्पदा र संस्कृति, वातावरण तथा स्वास्थ्य, सामाजिक आर्थिक जीवन, भूगोल तथा जनसङख््या, संघ संस्था र सञ्चार, शैक्षिकअवस्था, सिप तथा प्रविधि, खेलकुद, कृषि ब्यवसाय तथा स्थानीय अन्वेषण एवं पर्यटन जस्ता पाठहरू समेटी स्थानीय मानवीय स्रोतको प्रयोगमा तयार गरिएको पाठ्यक्रम सम्बन्धी ५ दिने अभिमूखीकरण तालिम गत असार २३ गते शुरु भै असार २७ गते सम्पन्न भएको छ । 



                                             Photo : Gyan Kumr Maharjan

कीर्तिपुर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका १÷१ जना शिक्षकहरू गरी जम्मा ३७ जना सहभागी रहेको उक्त तालिम असार २३ गते मंगल माध्यमिक विद्यालयको हलमा नगर प्रमुख रमेश महर्जनले उद्घाटन गर्नु भएको थियो । नगर उप–प्रमखु सरस्वती खड्का, शिक्षा शाखा प्रमुख टंकलाल गैरे, शिक्षा समितिका पदाधिकारीहरू, वडा अध्यक्षहरू, पाठ््यक्रम निर्माण कार्यदलका पदाधिकारीहरुका विद्यालयका प्रधानाध्यापक, तालिम सहजकर्ता विषय विशेषज्ञहरूका साथै अन्य व्यक्तिहरूको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा ”झीगु किपू” नामक नेपालभाषा माध्यममा तयार गरिएको पाठ््यक्रम समेत संयक्तुरुपमा विमोचन गरिएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख टंकलाल गैरेले स्वागत गर्नु भएको थियो भने पाठ्यक्रम निर्माण कार्यदलका सदस्य प्रा.डा.धर्मराज डंगोलले कार्यक्रमको महत्वको बारेमा बताउनुभएको थियो । कार्यक्रममा उप(प्रमुख सरस्वती खड्काले स्थानीय मौलिकता र स्थानीय परिवेशप्रति केन्द्रित भइ स्थानीय जनशक्तिकै प्रयोगबाट तयार भएको यो पाठ््यक्रमले विद्यार्थीहरूलाई आधारभूत तहबाटै समाज, राष्टूप्रति जिम्मेवार तथा स्थानीय स्रोत साधनसँग परिचित एवं मौलिक सीप, ज्ञान र प्रविधि हस्तान्तरणमा सचेत जागरुक बनाउने कुरामा जोड दिनुभयो । 


                                        Photo : Gyan Kumar Maharjan

नगर प्रमुख महर्जनले सदियौं देखिको नगरबासीको चाहना, नगरपालिकाको प्रयाशलाई मूर्तरुप दिने कार्य शिक्षकहरूले पूरा गर्ने ऐतिहासिक जिम्मेवारी हुन पुगेको बताउनुभयो । औपचारिक कार्यक्रम लगत्तै शुरुभएको अभिमुखीकरण तालिममा १० वटा पाठहरूमा क्रमशः भूगोल र जनसङ्ख्या विषयमा नारायण महर्जन, कला, संस्कृति र सम्पदा विषयमा प्रयागमान प्रधान र जीवन महर्जन, सामाजिक आर्थिक जीवनमा नरसागर श्रेष्ठ, वातावरण र स्वास्थ्यमा नन्दकुमारी महर्जन र सुरेन्द्र बज्राचार्य, शैक्षिक अवस्थामा जुजुुभाइ महर्जन, सीप र प्रविधिमा देवराज महर्जन, संघसंस्था र सञ्चार विषयमा सुजिन्द्र महर्जन र श्रीकृष्ण महर्जन, खेलकुदतर्फ प्रदिप महर्जन, कृषि व्यवसाय र स्थानीय अन्वेषण तथा पर्यटन विषयमा प्रा.डा.धर्मराज डंगोलले सहजीकरण कार्य गर्नुभएको थियो । 

यस बाहेक नेपालभाषा प्रयोगबारे बज्रमुनि बज्राचार्य, शिक्षण विधिमा प्रा.डा. श्यामकृष्ण महर्जन, एकिकृत शिक्षण सिकाइ विधिमा प्रा .डा.शिवशरण महर्जनले सहजीकरण गर्नु भएको थियो । तालिम अवधिमा कीर्तिपुर नगर र यसका विविध पक्षमा गहन चिन्तन एवं विश्लेषण गर्ने अवसर पाएकोमा गौरव महशुस भएको र औपचारिक शिक्षामा कुनै पनि तहमा आजसम्म पाउन नसकेको धेरै ज्ञानका कुराहरू यो पाँच दिनमा पाएको भन्दै यो उत्साहमा थप तालिमको ब्यवस्था गर्न सके अझ राम्रो हुने कुरा सहभागीहरूले व्यक्त गर्नु भएको थियो । आज सम्म कुनै ठाउँको स्थानीय पाठ््यक्रममा समावेश नभएको स्थानीय अन्वेषणको कुरा समावेश गरी कीर्तिपुरले अन्वेषणमुखी कार्यमा जोड दिनु अर्को सबल र उदाहरणीय कार्यहुने विश्वास पनि सहभागीहरूले व्यक्त गर्नुभएको थियो । पाठ््यपुस्तक तथा कार्यान्वयन सम्बन्धमा प्रष्ट पार्दै पाठ््यक्रम निर्माण कार्यदलका सदस्य प्रा.डा.धर्मराज डंगोलले यस शै.व.मा कक्षा १ देखि ३ सम्म परीक्षण स्वरुप लागु गर्ने भएको हुँदा पाठ््यपुस्तक लेखनका लागि सझुाव, सल्लाह, पष्ुठपोषण सङ्कलन गरिने र तत्कालका लागि विषय विशेषज्ञहरूबाट तयार भएका पाठगत लेखहरूको सङ्ग्रह र विज्ञहरूबाट वर्षांै समय र श्रम खर्चेर तयार गरिएका शैक्षिक सामग्रीहरूनै तालिममा सहभागी शिक्षकहरूलाई उपलब्ध गराउने योजना रहेको हुँदा शिक्षकलाई थप सहयोग हुने एवं आफै पनि अध्ययन, अनुसन्धान र अन्वेषण गरी तयार गर्न सक्ने बताउनु भयो । 

                                       Photo : Gyan Kumar Maharjan

तालिमको समापन कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, शाखा प्रमुख एवं शिक्षा समिति पदाधिकारीहरु सबैले स्थानीय पाठ््यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना दिनुभएको थियो । 

तालिम अवधिमा नगर प्रमुख, उप(प्रमुख, पत्रकारहरू तथा विज्ञहरूले भ्रमण गरी सल्लाह सुझाव तथा मार्गदर्शन समेत प्रदान गरिएको तालिमका संयोजक तथा शिक्षा शाखाका विद्यालय सुपरिवेक्षक जुजुभाइ महर्जनले बताउनु भएको थियो ।


No comments:

Post a Comment