Wednesday, July 14, 2021

कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेटको चर्चा

 कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेटको चर्चा 






कीर्तिपुर सन्देश साप्ताहिक

मंगलवार राजु श्रेष्ठले आफ्नो फेसबुकको वालमा कीर्तिपुर नगरपालिकाका हाकीमको नेमप्लेट हताएको सन्दर्भमा सूचना राखे । उहाँले लेख्नु भयो ‘सन्दर्भः हाकिम साइबाको नेमप्लेट ! असार मसान्त बेला कार्यालय नआई सेवाग्राहीलाई दुःख दिने हाकिमको भित्तामा रहेको नेमप्लेट हटाइयो, म भएको भए मान्छेलाई नै आउट गर्थे आज नगरपालिका जाँदाको पल ।’

त्यसपछि कीर्तिपुर नगरपालिकाको बारेमा जानकार राख्ने नगारिक र नगरपालिकाका कर्मचारीहरूले कीर्तिपुर नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत सिता परियारको फेसबुक वालमा खोज्न थाले । उहाँले पनि नेमप्लेटको बारेमा आफ्नो धारणा राखेको रहेछ । उहाँले लेख्नु भयो ‘बौद्धिक वर्गको तल्लो स्तरको सोच नेमप्लेटमा गएर पोखिएछ । बधाई छ । अन्यायको पराकाष्ठा । निरंकुशतन्त्रको पराकाष्ठा ।’




फेसबुकवाट सार्वजनिक भएको यो घटनाको बारेमा कीर्तिपुरका धेरैलाई चासो हुन थालेको छ । यो घटना र सन्देशले स्पष्ट रूपमा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिता परियारकै नेमप्लेट फालेको भन्ने कुरा स्पष्ट हुन्छ । यसमा कार्यकारी प्रमुख परियार नगरपालिकामा नआउनु भएको र नगरपालिकामा अन्याय भएको दुईवटा सन्देश दिने गरेको छ । गत सोमवार कीर्तिपुर नगरपालिकाको नवौं नगरसभाको समापन समारोहको कार्यक्रम संचालिका समेत बनेकी प्रमुख प्रशासकिय अधिकृत परियारको करिव एक हप्तामा नेमप्लेट नै हताएको कुराले नगरपालिकामा केहि न केहि समस्या छ भन्ने कुरा स्पष्ट भएको छ । यो विषयमा स्पष्ट रूपमा अहिले सम्म पनि कुनै पनि पक्षले सार्वजनिक गरेको देखिदैन । जे भएपनि नगरपालिका भनेको स्थानीय सरकार हो । स्थानीय सरकार भनेपछि जनतासंग प्रत्येक्ष सरोकार रहने कुरा हो । जनतासंग प्रत्येक्ष सरोकार रहने स्थान नगरपालिकामा नै विवाद हुनु र प्रमुख प्रशासकिय अधिकृतकै नेमप्लेट फालिनुलाई राम्रो संकेत हैन भन्न सकिन्छ । यस्तो समस्या कीर्तिपुर नगरपालिकाको नेतृत्व गरिरहेका मेयर, उपमेयर, वडा अध्यक्षज्यू हरुवाट समाधान गर्नु जरुरी छ  


No comments:

Post a Comment