Wednesday, June 30, 2021

कीर्तिपुर नगरपालिकाको कार्यक्रम तथा बजेट कस्तो छ ?

 कीर्तिपुर नगरपालिकाको कार्यक्रम तथा बजेट कस्तो छ ?


आ.व. २०७८/०७९ को बजेट निर्माणका लागि कीर्तिपुर नगरपालिकाको नियमित नगर सभा गत असार १० गते बिहीबारदेखि शुरु भएको छ । कोभिड महामारीलाई ध्यानमा राखी जूम माध्यमबाट नवौं नगर सभा बैठक बसेको थियो । 



कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले आ.व. २०७८/०७९ का नीति तथा कार्यक्रम र आर्थिक विधयेक २०७८ प्रस्तुत गर्नुभएको थियो

१. आ.व. २०७७÷०७८ को बैंक तथा नगद मौज्दात बाहेक आ.ब. २०७८/०७९ को लागि कूल १,१९,६५,९४,०००।– (एक अर्ब उन्नाइस करोड, पैंसठी लाख चौरानब्बे हजार)को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्नुभएको थियो ।

२.घरघरमा स्थानीय सरकारका कार्यक्रमलाई अझ परिस्कृत गरी नगरमा कोही नयाँ बच्चा जन्मियो भने बधाइ स्वरुप रु. तीन हजार तथा कोही नगरबासीको निधन भयो भने रु. दश हजार श्रद्धाञ्जली स्वरुप सहयोग गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । स्मरणीय छ, यो कार्यक्रम पहिलोपल्ट सुरु हुँदा नयाँ बच्चा जन्मियो भने बधाइ स्वरुप रु. दुई हजार र कोही निधन भयो भने रु. दुई हजार दिने गरिएको थियो । त्यसपछि अर्को वर्ष दुवै तर्फ रु. तीन हजार गरिएको थियो भने यस वर्ष तीन हजार र निधन भयो भने श्रद्धाञ्जली स्वरुप रु.दश हजार दिने प्रस्ताव राखिएको छ । जसलाई पर्यवेक्षकहरु चुनावको तयारीका रुपमा लिएको बताउँछ ।

३.परापूर्वकालदेखि चलिआएको बाजागाजा संस्कृति तथा जात्रापर्वको सम्बद्र्धन र प्रबद्र्धन कार्यलाई निरन्तरता दिइने,

४.नगर क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक जात, जाति एवं समुदायहरूको प्रचीनकालदेखि चल्दै आएको मौलिक संस्कृति, भाषा, भेषभुषा, चाडपर्व आदिलाई संरक्षण एवं प्रवद्र्धन गर्दै लैजाने नीतिलाई थप प्रभावकारी बनाइने,

५.स्थानीय भाषा र लिपि विकासका लागि नेपालभाषा साहित्य नखः लगायत विविध कार्यक्रम ल्याइने,

६.दाफा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने,

७.जेष्ठ नागरिकहरूलाई दिइदै आएको निःशुल्क औषधि वितरणलाई निरन्तरता दिने,

८.प्रत्येक वडामा युुवा लक्षित कार्यक्रम ल्याउने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

९.सबै वडाहरूमा वडा स्तरीय र केन्द्रमा नगरस्तरीय किशोर–किशोरी सञ्जाल गठन गर्ने,

१०.युवा परिषद् गठन गरी विशेष कार्यक्रम ल्याउने

११.नगरलाई खुला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षर नगरपालिका घोषित यस नगरपालिकालाई अब बालश्रम मुक्त बालमैत्री तथा वातावरणमैत्री नगरपालिकाका रुपमा स्थापना गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ,



 

उक्त कार्यक्रममा नगर प्रमुख रमेश महर्जनले नगर सभाको व्यानर पढेर उद्घाटन गर्नुभएको यस नगर सभा नेपालको राष्ट्रिय गान बजाइ शुरु गरेको हो भने हालै मात्र असामयिक निधन हुनु भएका वडा नं. ७ का अध्यक्ष राजकुमार माली तथा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो । नगर सभामा सभाका सचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता परियारले कार्यक्रमको कार्यतालिका पढेर सुनाउनु भएको थियो भने कार्यक्रमका उपाध्यक्ष तथा उप–प्रमुख सरस्वती खड्काले आ.व. २०७८÷०७९ का नीति तथा कार्यक्रम र आर्थिक विधयेक २०७८ प्रस्तुत गर्नुभएको थियो ।


No comments:

Post a Comment