Sunday, June 27, 2021

Raj Shrestha Why I am with Krishna Gopal Shrestha ?

 Raj Shrestha

Why I am with Krishna Gopal Shrestha ?




हामीले सरस्वती प्रधानको पक्षमा आवाज उठायौं । एकपक्षीय मिडियाका विरुद्ध, स्वघोषित नागरिक समाज विरुद्ध, वौद्धिक प्रगतिशील कहलिएका अभियन्ताहरुका एकोहोरो प्रलाप विरुद्ध हामीले आवाज उठाइरह्यौं ।

प्रायोजित वदनियतपूर्ण एउटा स्टिङ्ग अपरेशनलाई कसरी जातीय भेदभावको रुप दिइएको छ भन्ने कुरा अहिले जो कसैले पनि बुझ्न सक्छन् । हो यसैको विरुद्ध आवाज उठायौं । एउटा सिंगो समुदायमाथि विषवमन हुँदा चुपचाप हात बाँधिएर बस्न कोहि पनि सक्दैनन् ।

हाम्रा अभियन्ता साथीहरु बबरमहल पुगे । विना अपराध तीन तीन दिन थुनामा बस्नुपरेको पीडालाई सहानुभूति दिन र सरस्वती प्रधानलाई मुक्त गर्न प्रयासरत रहे । थुनामुक्त हुँदैछ भन्ने खबर पनि आयो । तर त्यो दिन भएन । तेस्रो दिन सरकारी वकिलको कार्यालयमा फेरि हाम्रा अभियन्ताहरु जम्मा भए । सरकारी वकिलले प्रमाण अपुग भएको भन्दै जमानीमा रिहा गर्ने कुरा निश्चित भैसकेको थियो ।

यसै बीच ढ्यान्टरानको शैलीमा कृष्ण गोपाल श्रेष्ठको आगमन भयो । अचम्म उनी यसरी आउँदैछन् भन्ने कसैको सोचमा पनि थिएन । अनि त के चाहियो छापा र अनलाइन मिडियाहरु उनी विरुद्ध खनिए । तर यस विषयमा उनको आगमनको यत्रो विरोध गर्नै पर्ने अवस्था हो त ?

कसैले माने पनि नमाने पनि कृष्णगोपाल श्रेष्ठ काठमाडौंबासीले जिताएर पठाएको जनप्रतिनिधि हो । जसले जतिसुकै विरोध गरे पनि उनलाई केहि फरक पर्ने वाला छैन । जनप्रतिनिधिको हैसियतले उनलाई अन्यायमा परेकी सरस्वती प्रधानलाई भेट्न पाइदैन भनेर रोक्न कसैले सक्दैन । उनले जे ठीक सम्झे त्यही गरे । उनले सरकारी वकिललाई सरस्वतीलाई छोडिदिनु भनेका थिएनन् । न उनले प्रहरीलाई सरस्वतीलाई पक्राउ नगर भनेका थिए ।

सरकारी वकिलले प्रमाण पुगेन भनेर जमानी रिहा गर्न आदेश दिएकै कारण सरस्वती प्रधान मुक्त भएका थिए । यति घाम जस्तै छर्लङ्ग सत्य पनि अनलाइनका सेतोपाटी, अनलाइनखबर, शिलापत्र र नागरिक दैनिकहरु जस्ताले बुझ्नै चाहन्नन् । अनि नागरिक समाज भनाउँदाहरु, वौद्धिक प्रगतिशील कहलिएकाहरु र जातीयता भेदभाव विरुद्धका अभियन्ताहरु मन्त्री कृष्णगोपाल श्रेष्ठले सरस्वती प्रधानलाई छुटाएको जगजाहेर हो भन्दै विरोध गर्दैरहे । मन्त्रीले आफै सरकारीवादी मुद्दा प्रभावित हुने गरी सरस्वतीलाई छुटाएका हुन् भन्दै असत्य फलाक्दै हिँडिरहे । 

तर यो घटनालाई निरपेक्ष हेरिरहेका जनताले भने यस घटनाका दोषी को हुन् र निरपराधी को हुन भन्ने घामजस्तै छर्लङ्ग सत्यलाई बुझ्न भने कहिल्यै चुक्दैनन् ।

कृष्णगोपाल श्रेष्ठको आगमनले सरस्वती प्रधानको पक्षमा लडिरहेका अभियन्ताहरुलाई उर्जा दियो । उनले आफूलाई भोट दिएर जिताएका जनतालाई मेरो पनि साथ छ भन्ने विश्वास दिलाउन सफल भयो । तिमीहरुलाई पर्दा तिम्रा जनप्रतिनिधि तिम्रो साथ छ भन्ने सन्देश दियो ।

उनले उनका विरोधीहरुलाई पनि आफ्नो समर्थन गर्न वाध्य बनाए । हो यहिं निर उनले एउटा राजनीतिक नेतामा हुनुपर्ने आफ्नो गुण यहाँ प्रस्तुत गरे ।


यसै सन्दर्भमा रोशन श्रेष्ठजी लेख्नु हुन्छ -
जनताको मानवीय दुखमा जुन नेताले साथ दिन्छ जनताले उसैलाइ च्याप्छ । बाँकी सिद्धान्त र आदर्शको कुरा तपसीलको विषय हो भन्ने राजनीतिको 'कखरा' नजानेका मान्छेहरु चुनाव कहिल्यै जित्दैनन् ।

No comments:

Post a Comment