Friday, July 2, 2021

बिभिन्न ठाउँका नामबारे (१४) कीर्तिपुर (किपू)

 बिभिन्न ठाउँका नामबारे (१४) कीर्तिपुर (किपू)




Gopi Chand

२७. कीर्तिपुर (कीपु )
कीर्तिपुरको प्राचिन नाम ‘पद्यमकाष्ठपुर’ हो । पद्यमकाष्ठपुरका प्रथमराजा शिवदेव हुन् । कीर्तिपुरको उचाभागमा रहेको वि.सं. १७४७ मा स्थापना भएको उमा महेश्वर मन्दिर काष्ठकलाको बेजोेड नमूनाकै रुपमा रहेको छ । त्यस्तै शिवदेव तृतियको पालामा वि.सं. ११८० मा बनेको बाघ भैरव (मुख वन्दगर्न नसक्ने श्राप पाएका) मन्दिरमा पृथ्वीनारायण शाहसँग युद्धगर्दा खोसिएका भनिएका हातहतियारहरु मन्दिर बाहिर सजाएरै राखिएको छ । ०७२ को भूकम्पले क्षति पु¥याएको नेपाल संवत् ६३५ मा बनेको चिलंचो विहार पनि अहिले उठिसकेको छ, कीर्तिपुर पुग्दा यी हेर्नैपर्ने ठाउँ हुन् । (कीर्तिपुरबारे बिस्तृत ‘मैले देखको कीर्तिपुर’ शिर्षकमा ई पत्रिका ‘नेपालप्लस डटकम’मा प्रकाशित छ ।)
पहिले लायकु, चिठु विहार ,पालिफल र बाहिरी गाउँ पंचायतको संयोगनै कीर्तिपुर क्षेत्र हो । गाउँफर्क अाएपछि लाग्छ ०३३/०३४ सालतिर माथिका चार पंचायतलाई २ पंचायत बनाइ कीर्तिपुर गाउँपंचायत र बाघभैरव गाउँ पंचायत बनाइएकाे पनि थिए केही समयकालागि ।
२०४६ पछि यिनै पंचायत गाविसमा रुपान्तरित भएका थिए । पछि २०५३ साल चैत्रमा १४ यस्मा केही गाविस थपी कीर्तिपुर नगरपालिका बनेको हो । थपिएका गाविसचांहि पांगाको बिष्णुदेवी, बालकुमारी, चम्पादेवी, चोभार भूतखेल हुन् ।


अव जाउँ कीर्तिपुर नाम कसरी रह्यो भन्ने किंवदन्तीतर्फ । एकदिन पद्यमकाष्ठपुरमा अर्थात कीर्तिपुरमा मुलाको बीउ केलाउँद,ै सुकाउँदै गरिरहेका किसानकोमा जोगी भिक्षा माग्दै पुगेछन् । किसानले जोगीलाई भनेछन,् घर हैन यहाँ के छ र दिनु, लौ यही लैजाउ भनेर एकपसर सुकाइ रहेको मुलाको बीउ दिएछन् । जोगीले नचिने र यो के दियौ तिमिले भनेर सोधेछन् । किसानले ‘केपू (क्यपुू) ’भनेछन् । नेपाल भाषामा ‘केपू (क्यपुू) ’ भनेको मुलाको बीउ हो । तिमिले मलाई ‘केपू (क्यपू )’ दियौ यस देशको नाम पनि अवदेखि ‘केपू (क्यपू )’नै रहोस भनेर जोगी आफनोबाटो लागेछन् । त्यसपछि ‘केपू (क्यपू)’ भन्दा भन्दै मानिसको जिव्रो बटारिएर (अपभ्रंश हुंदै) कीर्तिपुर (मुलाको बीउबाट) नाम रहन गएकोकुरा बासुपासाले आफनो पुस्तक ‘कीर्तिपुरमा’ लेख्नु भएको छ । हो पनि कीर्तिपुरवासीहरु अझै पनि कीर्तिपुरलाई ‘केपू ’(क्यपू) नै भन्दछन् ।
अर्को जनश्रुति अनुसार नेपाल भाषामा ‘क्यपू’को अर्थ कर तिर्ने ठाउँ हो । कर तिर्ने ठाउँ अर्थात ‘क्यपू’ भन्दा भन्दै कीर्तिपुर भएको भन्ने पनि मत छ ।

अर्को केहीको भनाइमा केपू( क्यपू )बाट गाई चर्दै चर्दै पशुपतिको श्लेषमान्तक वनमा पुगेर दिनहुं गाइले दुध चढाउन थालेपछि ‘केपू ’को नाम जताततै फैलियो रे, ‘केपू’को गाइआई दुध चढाई कृति राखेकोले कीर्तिपुर भनियो भन्ने भनाइ पनि केहीले राखेको पाइन्छ ।
कीर्तिपुरका बारेमा जान्नु पर्ने पौराणिक, सांस्कृतिक असंख्य कुराहरु छन् । जस्लाई जित्न पृथ्बीनारायण शाहले तीनपटक लड्नु परेको थियो । लडाइमा कालुपाँडेको टाउको काटिएको थियो, भाइ सुरप्रतापको आँखा फुटेको थियो । चारैतिर पोखरीले घेरिएको, चारैतिर किल्ला बांधिएको कीर्तिपुरका १४ ढोकाहरु छन् । तिनका आ आफनै नाम छन् । ८ वटा विहारहरु छन् । कीर्तिपुरमा हुने गाइजात्रा काठमाडौंका तीनै सहरमा हुने भन्दा फरकक पाइन्छ आदि।
राजा शिवदेव बौद्धधर्म र हिन्दूधर्म दुवैलाई आफना दुईआँखा संझन्थे । त्यसैले उनले दुवै धर्मका अनुयायीहरुलाई बरावरी ठानी बाघ भैरवदेखि पूर्व तर्फका भागलाई ‘देवरत’ भनि बौद्ध सम्वन्धी देवी देवता र बाघ भैरवबाट पश्चिमतर्फ ‘शिवरत’ भनी शिव सम्वन्धी देवीदेवताहरु स्थापना गरिदिएका थिए । अर्को थप रोचक कुरा केही बर्ष अघि सेतोपाटीमा सुदिप श्रेष्ठले खोजमुलक लेख लेख्नु भएको थियो, मच्छेन्द्रनाथको जिवित प्रेमीका ( वहां १० वर्षको उमेरमा प्रेमिका भै हाल ७० वर्ष पुग्नुभएको अविवाहित । यस सम्वन्धी रोचक किंवदन्ती नै छ ।) पनि कीर्तिपुरमै हुनुहुँदो रहेछ । भोटो देखाउनु अघि मच्छेन्द्रनाथका दुई पुजारी मध्ये दाँया तर्फका मुल पुजारी चांदीका थालमा फूलप्रसाद लिएर (मत्स्येन्द्रनाथले गरेको बाचा अनुसार) प्रेमिकालाई भेट्न आउने परम्परा आजसम्मै छंदैछ ।
२८. खाःसि बजार


कीर्तिपुरको दक्षिणतर्फ पुरानो बजार छ, जसलाई खाःसि बजार भनिन्छ । अचेल त मानिसरु नेपाल भाषामा ‘खाँ’ भनेको कुखुरा र ‘सिं’ भनेको मार्ने भनि खाःसिः बजारलाई खांसिं बजार अर्थात कुखुरा मार्ने बजार भनेर पो बुझ्न थालेका छन् । बास्तवमा यो कुखुरा मार्ने बजार अर्थात खांसिं बजार हैन । पहिले कीर्तिपुर बजारको वरीपरी चारैतिर ठुला ठुला पोखरी थिए । कीर्तिपुरको दक्षिणतर्फ रहेको पोखरीको किनारमा रहेको खासि बजार धेरै पुरानो बजार हो । जसलाई नेपाल भाषामा खाःसि बजार अर्थात पोखरीको डिल वा किनारामा रहेको बजार भनिन्छ । त्यसैले यस बजारको नाम ‘खाःसि’ बजार रहेको हो । नकी खांसीं कुखुरामार्ने बजार हो । अहिले नगरपालिकाले ती लोप हुन लागिसकेका पुराना पोखरीहरु र पौराणिक संरचनाहरु पुरानै अवस्थामा फर्काउन कीर्तिपुर नगरपालिका योजनावद्धरुपमा लागि पौराणिक संरचनाहरु जीवन्त बनाएको देख्न सकिन्छ ।

साभार ः गोपीचन्दजीको फेसबुक पेजबाट

No comments:

Post a Comment