हाइकिङ र पर्यटन
—प्रदिप महर्जन
आजभोली हाइकिङ शब्द जनजनमा निकै परिचित हुँदै गएको छ । अमm युवा युवतीहरु लाई विदा दिनहरु आउने भए पछिभ कुन ठाउँ र डाँडामा घुम्न जाने भन्ने कुरा सँगै यात्रा गर्ने बिन्दु निर्धारण गरेर हिंडने प्राकृतिक आनन्द लिनुको साथै साहसिक कार्य गर्न निस्कने गर्दछन् ।
यस्तै प्रकारको कृयाकलापहरु गरेर मनोरञ्जन साहसिक कार्य गर्ने, प्राकृतिक आनन्द लिंदै पर्यटकीय गतिविधि बढाउने काम विगत केही वर्ष देखि ईजी हाइक समूह कीर्तिपुरले प्रत्येक महिनाको दोश्रो शनिवार आयोजना गर्दै ३४ औं पटक भइसकेको छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा घुम्न गएर आर्थिक गतिविधि चलायमान पनि गर्ने भएकोले हाइकिङ लाई पर्यटन सँग जोडेर हेर्ने पनि गरिन्छ ।
पर्यटन के हो ?
पर्यटन भन्नाले एक ठाउँका मानिसहरु अर्को नयाँ ठाउँमा एकै दिन होस् वा दुई वा सो भन्दा बढी दिन बिताएर शैक्षिक व्यापारीक, कृषि, धार्मिक, खेलकूद जस्ता कार्यहरुसँग सम्बद्ध भई र स्वेइच्छिभक तरिकाले पनि फर्कने कृयाकलाप भन्ने बुझिन्छ । जस्ले गर्दा त्यस ठाउँमा हुने आर्थिक कृयाकलाप का कारण स्थानीय मानिसहरुको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने हुन्छ । यस्तै काम हाइकिङ क्रियाकलापले पनि गरेको पाइन्छ ।
हाइकिङ के हो ?
हाइकिङ कार्य खास गरेर लामो समयसम्म शारीरिक परिश्रम गरेर गरिने कार्य शारीरिक शिक्षको महत्वपूर्ण कृयाकलापको रुपमा लिने गरेको पाइन्छ । प्रकृति प्रेमी तथा आफनो स्वास्थ्य प्रति सजग मानिसहरु प्राकृतिक स्थल, वन जङ्गल, डाँडाकाँडा आदि ठाउँमा ८/९ घण्टा पैदल हिंडेर त्यहाँको प्राकृतिक वातावरण सँग साक्षात्कार हुँदै त्यहाँ पाइने चराचुरुङ्गी, वन्यजन्तु आदिको आनन्द लिंदै रमाइलो गर्न जाने कार्यक्रम नै हाइकिङ हो । अर्थात स्वच्छ हावापानी भएको डाँडा काँडा हिमाली भेगमा पैदल हिंडेर प्राकृतिक आनन्द लिनु र रमाइलो गरी एकै दिनमा फर्कने कृयाकलाप नै हाइकिङ हो । हाइकिङले गर्दा अहिलेको कोरोनाको महामारीको समयमा पनि वरिपरिका डाँडा काँडा, हरिया फाँट हिमाली भेग बन जङ्गल तिर पर्यटकीय गतिविधिहरु बढेको पाइन्छ ।
Hiking is popular all over the world as a hobby for sport enthesiats. This out door activity, enjoys the fresh air and mountains is a part of mountaineering which consist of walking, trekking and climbing mountains. Apart from bringing many health benifits, hiking is also an excellent way of recreation— Hiking history
हाइकिङको इतिहास ः
हुन त हाइकिङ कहाँबाट कहिले सुरु भयो भन्ने यकिन तथ्याङ्क छैन तर पनि ढुङ्गे यूग देखि नै यो कृयाकलाप गरेर आएको पाइन्छ । त्यतिबेला मानिसहरु आफ्नो जीविकोर्पानका लागि शिकार गर्न र शत्रुबाट जोगिन एक ठाउँबाट अर्को ठाउँमा हिंड्ने गरेको पाइन्छ । हाइकिङ तथा ट्रेकिङको कुरा गर्दा रोमनका सम्राट हार्दियाकले १२५ तिर इटना (Etna) मा टे«किङ गरेको भन्ने पाइन्छ । त्यस्तै तेह्रौं शताब्दीको अन्त्यतिर इन्का साम्राज्यमा एन्डिङ पर्वतमा धार्मिक यात्रा गरेको तथ्यहरु पाइन्छ । त्यसपछि १९ औं शताब्दीमा जर्मन नागरिक फिलिप न्युसेमरले बल्याफ फरेष्टमा खोलेको पहिलो टुरिष्ट इन्फर्मेशन सेण्टरले हाइकिङ सर्वसाधारणमा प्रचार प्रसार भएको मान्न सकिन्छ । (Hi-tec Blog, when was hiking invented) नेपाल कै कुरा गर्ने हो भने यातायातको साधनको अभावमा परापुर्व कालदेखिनै पैदल यात्रा गर्ने चलन भएकै हो । २५० वर्षभन्दा पहिले पनि पृथ्वी नारायण शाहले विभिन्न ठाउँमा आक्रमण गर्न सेनाहरु हिंडाएर नै लाने गर्दथे भन्ने कुरा इतिहासमा उल्लेख गरेको पाइन्छ ।
काठमाडौं उपत्यका मै पनि धेरै पहिले देखि नै नयाँ वर्षमा र योमरी पुन्हिको दिन धिन्चो चम्पादेवी डाँडा पैदल यात्रा गर्ने अहिले पनि यथावत छ । त्यस्तै नयाँ वर्षकै अवशर पारेर पूmल्चोकी, बाघद्वार/विष्णुद्वार (शिवपुरी डाँडा) र नागार्जुन डाँडा हिंड्ने चलन छँदैछ । इन्द्रजात्रा र गाइजात्राको अवसरमा मृत आत्माको चीर शान्तिको कामना गर्दै दहचोक इन्द्रदह यात्रा गर्ने चलन पनि छँदैछ । त्यसैले यो हाइकिङ पर्यटकीय गतिविधिको रुपमा धार्मिक सांस्कृतिक परम्पराको रुपमा परापूर्व काल देखि गर्दै आएको पाइन्छ ।
हाइकिङ र फोहर
धेरै मानिसहरु एक्लै दुक्लै वा समूहमा एकान्त ठाउँ उच्च पहाड वन जङ्गल हिमाल पर्वत हिंडेर घुमेर आनन्द लिने अहिले परम्परा जस्तै भैसकेको छ । यसले गर्दा पर्यटनको गतिविधिहरु बढ्नुका साथै ति मानिसहरुले लिएर गएका खानेकुरा तथा पेय पदार्थका सिसीहरु यत्रतत्र फालेर हिंड्नका कारण वातावरणमा फोहर मैलाहरु थुप्रिंदै गएको देखिन्छ । जस्ले गर्दा वातावरण प्रदुषित हुँदै गएको र अशोभनीय भएको देखिन्छ । हाइकिङ जाने क्रममा देखिएका फोहरहरुमा विशेषतः प्लाष्टिक झोलाहरु, मिनरल वाटर वोटल, रक्सी, वियरका सिसीहरु, अन्य पेय पदार्थका वट्टाहरु छन । त्यसैले स्वच्छ र हराभरा प्रकृति राख्न यस घुम्न निस्कने पैदल यात्रुहोस वा अन्यले आपूmले लगेका फोहरहरु सही तरिकाले बिसर्जन गरेमा निकै राम्रो हुने थियो ।
कीर्तिपुर सन्देश साप्ताहिक अंक ४७५ मिति २०७७ पौष १५ गते बुधवार प्रकाशित
No comments:
Post a Comment