Friday, February 5, 2021

कलाकारको परिचय अर्थको अनर्थ प्रस्तुति —रुसिला चित्रकार , —वांगेमुढा, काठमाडौं

कलाकारको परिचय

अर्थको अनर्थ प्रस्तुति —रुसिला चित्रकार , —वांगेमुढा, काठमाडौं 




बाल्यकाल देखि संगीत कला यात्रामै आत्मा सन्तुष्टीको आभाष प्रकत गर्दै, आफ्नो प्रतिभा प्रस्तुत गरी लाखौं श्रोता तथा दर्शकहरुमा लोकप्रिय गायीकाको पहिचान बनाउन सफल गायीका रुसिला चित्रकारसँगको छोटो सम्बाद ।


१.कहिलेदेखि संगीत कला यात्रामा लाग्नु भयो ?

— ३० वर्ष भयो संगीत कला अंगालेका । मैले ७ वर्षको उमेर देखि गाउन थालेकी ।

२. कस्को प्रेरणाले तपाईं गायीका बन्न सफल हुनु भो ?

— आदरणीय जन गायक रामेश श्रेष्ठ, बरिष्ठ संगीतकार  रामकृष्ण दुवाल, साहित्यकार नाति बज्र वहाँहरुको प्रेरणाले  “चुलिं चया चं चं” एलबमबाट मैले सुरुवाट गरेकी थिएँ । जस्मा जनकवि दुर्गालाल श्रेष्ठको रचना, न्ह्यू बज्राचार्यको संगीत रहेको थियो ।

३.अहिलेसम्म कतिवटा गीत गाउनु भो ?

— २२ वटा गीतहरु गाउने सौभाग्य पाएँ ।

४. किन गाउनु हुन्छ ?

—मानिसहरु एक न एक नसामा लाग्छ भन्छन् । म संगीत नसामा परें । वास्तवमा संगीत एक प्रकारको थेरापी पनि हो । मलाई संगीत नै जीवनको अभिन्न अंग जस्तो लाग्छ ।

५.संगीत कला क्षेत्रमा लागेर के पाउनु भयो ?

— आत्म सन्तुष्टी र श्रोता तथा दर्शकहरुको माया ।

६. घरको कामबाट पंछिन महिलाहरु संगीतमा लाग्छ भनिन्छ तपाईं के भन्नु हुन्छ ?

— संगीतको मर्म नबुझेकोले जे पनि आरोप लगाइन्छ । अफिस र घरको काम धानेर मात्र फुर्सदको समयमा रियाज गर्छु । साईत जुधेपछि प्रस्तुत गर्छु ।

७. गीतको परिभाषा ?

—शब्दको भावना अनुसार संगीत र स्वरको समिश्रण

८. मिठो गीत पनि भिज्युलाईज गर्दा खल्लो हुन्छ किन ?

— गीतलाई भावनात्मक अभिव्यक्त गर्न नसकेपछि गीतनै खल्लो हुने स्वाभाविकै हो । आज भोलि भिजुलाईज फेसनको रुपमा लिने गर्दाले पनि अर्थको अनर्थ प्रस्तुत भएको पाइन्छ ।

९.संगीतले मानविय जीवनलाई कस्तो प्रभाव पार्छ ?

—दुःखमय जीवनलाई एक छिनको थमाई मेटाउँछ । आनन्दको अनुभूति गराउँछ । संगति मनोरन्जन मात्र नभई चेतना तथा सन्देशमुलक पनि हुन्छ ।राम्रा निर्माणमा संगीतले अहम भुमिका खेलेको पाईन्छ ।

१०.अन्तमा — 

मनमा उब्जेका शब्दहरु कीर्तिपुर सन्देश साप्ताहिक मार्फत व्यक्त गर्न पाउँदा धेरै खुसि लाग्यो । पत्रिकाको सपरिवार प्रति आभार व्यक्त गर्दछु । 



प्रस्तोता ः पवन जोशी

Published on Kirtipur Sandesh Issue 474 Date 8/9/2077


1 comment: