Friday, February 5, 2021

कीर्तिपुरको गौरव धावक धर्म महर्जन

कीर्तिपुरको गौरव धावक धर्म महर्जन



कीर्तिपुर नयाँबजार क्रसकन्ट्री देखि बोष्टन म्याराथनसम्म धर्म महर्जन 

कीर्तिपुरका भेट्रान धावक एवं एथलेटिक्स खेलाडी तथा एथलेटिक्स जज धर्म महर्जन, उहाँ सानै उमेरदेखि दौडमा रुची राखेर ३० वर्षदेखि निरन्तर रुपमा लागिरहनु भएको छ । विद्याथी छँदा नै अन्तर विद्यालय क्रसकन्ट्री प्रतियोगितामा सहभागी भएर एथलेटिक्स खेलमा प्रवेश गरेका धर्म महर्जन जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल उमेर समूहमा अन्तराष्ट्र्रिय प्रतियोगितामा समेत आफ्नो छबी बनाउन सफल धावक धर्म महर्जन सँग भएको कुराकानी प्रस्तुत छ ।

१. सर्बप्रथम हाम्रा पाठक वर्गलाई आफ्नो परिचय बताइदिनुस न ।

उत्तर ः म धर्म महर्जन कीर्तिपुर नगरपालिका वडा नं.१, हाल वडा नं.१० गःसी टोलमा बस्दछु । म एकजना एथलेटिक्स खेलाडी साथै नेपाल एमेच्योर एथलेटिक्स संघ अन्तर्गत रहेर लाईन जजको रुपमा पनि काम गर्दै आएको छु ।

२. तपाईं कुन कुन इभेण्ट्समा खेल्ने गर्नु भएको छ ?

उत्तर ः मैले एथलेटिक्सको दौड अन्तर्गत रहेर छोटो, मझौला र लामो दुरीका दौडहरु तथा ultra Race मा समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदै आएको छु । अर्थात १०० मिटर देखि ६५ कि.मि. को दौड प्रतियोगिताहरुमा खेल्दै आएको छु । अहिले भने विशेष गरी उमेर समूह ४०–५० बर्ष उमेर समूह अन्तर्गत ५०००मि. १०००० मिटर, हाफ म्याराथन, म्याराथन र अल्ट्रा रेसमा भाग लिंदै आएको छु ।

३. तपाईंले कसरी एथलेटिक्स खेल खेल्न थाल्नु भयो ? 

उत्तर ः म त्यस्तै १२/१३ वर्ष भएको बेला कीर्तिपुरमा हुने बाघ भैरब जात्रामा बाघ भैरव मन्दिरलाई १०८ चक्कर घुम्नु पर्ने र घुमेमा इच्छाएको कुरा पूरा हुन्छ भने अनुसार मैले जब्बरजस्ती १०८ चक्कर मन्दिर घुमें । त्यतिबेला म धेरै मोटो भएको कारण मलाई साहै्र गा¥हो भयो । यो घुमाई पछि मलाई हिंड्ने र दौड्नेमा मज्जा आउन लाग्यो । विहान विहान सिबार (शिवालय त्रि.वि)सम्म दौड्ने थालें । त्यसपछि सन १९९२ तिर नयाँबजार क्लबले आयोजना गरेको ७.६ कि.मि. दूरीको क्रसकन्ट्री दौडमा पहिलो पटक भाग लिएको थिएँ । सो प्रतियोगितामा मैले प्रथम स्थान नै हासिल गरें । त्यस पछिका प्रतियोगिताहरुमा पनि प्रथम स्थान नै हासिल गरे पछि निरन्तर रुपमा यस खेल खेल्दै ३० वर्ष बिताई सकेको छु । हाल पनि उमेर समूह भेट्रानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल्दै आएको छु ।

४. तपाईंको हिसाबले एथलेटिक्स भन्नाले कस्तो प्रकारको कृयाकलाप हो ? 

सामान्यतया एथलेटिक्स भन्नाले दौडने, उफ्रने र फ्याक्ने कृयाकलाप भन्ने बुझिन्छ । किनभने Track and field, track अन्तर्गत १०० मिटरदेखि म्याराथन । अल्ट्रा दौडसम्म पर्दछ भने फिल्ड भने पछि पछि उफ्रने (हाइजम्प, लङजम्प, ट्रिपल जम्फ पोल भल्ट) र फ्याक्ने अन्तर्गत छेलो, ज्याभलिन, ह्यामर र डिस्कस थ्रो) आदि पर्दछन् । तर यसलाई पनि मात्र सिमित नगरी हरेक खुलकुदलाई नभई नहुन र शारीरिक, मानसिक सन्तुलन ल्याउन नभई नहुने कृयाकलाप हो अर्थात यसलाई mother of the game पनि भन्न सकिन्छ । अझ यसलाई वैज्ञानिक पुष्टिका रुपमा भन्ने हो भने time र distance तथा power र distance संग पनि तुलना गर्नु पर्ने हुन्छ ।

५.अहिलेसम्म तपाईंले कुन कुन प्रतियोगिताहरुमा जित हासिल गरिसक्नु भएको छ ?

उत्तर ः अहिलेसम्म थुप्रै प्रतियोगिताहरुमा जित हासिल गरिसकेको छु । चाहे त्यो खुल्ला होस वा राष्ट्रिय प्रतियोगिता होस । विशेष गरी क्षेत्रीय प्रतियोगिताहरुमा पब्लिकहरुमात्र सहभागी हुने भएकोले सजिलै जित्न सकेको छु तर राष्ट्रिय प्रतियोगितामा विभागीय टिम पनि सहभागी हुने भएकोले अलि गाह्रो छ । तर पनि सातौं राष्ट्रिय प्रतियोगिताको १० हजार मिटर दौडमा पाँचौं भएको छु भने  Addidas National Road Race 10km-2014,  आठौं राष्ट्रिय खेलकूद–२०७५ अन्तर्गत प्रदेश स्तरीय प्रतियोगितामा ५००० मि. र १००००मि.मा प्रथम, दमक मिनी म्याराथन सन २०१६ र २०१९ मा प्रथम गरी धेरै छन् अन्तर्राष्ट्रियमा भने 30th Edition BDMS Bankok Marathon मा पाँचौं स्थान २ घण्टा ४८ मिनेटमा हासिल गरेको नै उत्कृष्ट समय रहेको छ । 

नयाँबजार क्लबको आयोजनामा भएको १.कीर्तिपुर क्रसकण्ट्री दौड सन १९९२–प्रथम २. Sports for all international Rotary day 5000 ist,  ३. Liglige Half Marathon -1st  ४. 4th Newa charity 8km race 1st -2016  ५.  Pokhara International marathon 2072- 4th place ६. 4th COAS open Half Marathon -2013 1st  ७. 1st JRKBS Jumla Heritage Trail Race 2018- ist 

अन्तर्राष्ट्रिय सहभागिता

1.Bankok Half  Marathon, 2.OSAKA Marathon 3= 18th Asia Masters Atheletic Championship, Kitakami, Japan-2018 4. Boston Marathon -2019 5. Hydro power Athletics Championship China -2018. 100m 3rd, 400m-2nd 1500m 1st 


६.कीर्तिपुरमा एथलेटिक्स खेलको स्थिति कस्तो रहेको छ ?

उत्तर ः कीर्तिपुरमा एथलेटिक्सको स्थितिको कुरा गर्दा अहिले ज्यादै निम्न स्तरमा पुगेको अवस्था छ । पहिले पहिले भए बर्षमा कमसेकम पनि एउटा खुल्ला र समुहगत दौड प्रतियोगिता भैरहन्थ्यो तर अहिले त्यो स्थिति छैन । विशेष गरेर नयाँ बजार क्लब र कीर्तिपुर खेलकुद विकास समाजले निरन्तर रुपमा करिव १५ बर्ष सम्म प्रतियोगिता आयोजना गरेको थियो । यसै प्रतियोगिताको वलले नै एथलेक्टिक खेलमा आज म अन्तर्राष्ट्रिय स्तर सम्म पुग्न सफल भएको जस्तो मलाई लाग्छ । यसमा प्रदिप महर्जन, स्व. नविन महर्जन सरको पनि ठूलो योगदान रहेको छ । 

७.कीर्तिपुरमा अहिले केही नभएको अवस्थामा एथलेक्टिक खेलको विकासको लागि तपाईको योगाना कस्तो रहन सक्छ ?

उत्तर ः यस खेलको विकासको लागि पहिले जस्तै प्रतियोगिता हुनु प¥यो । यसको लागि हामी आफैले आर्थिक श्रोत संकलन गर्न र वडा तथा नगरपालिकाको सहयोग गरि संचालन गर्नुपर्छ । जस्ले गर्दा खेलाडी तयार हुन सहयोग हुन्छ । त्यस बाहेक म एथलेक्टिकमा लागेकै करिव ३० बर्ष भयो यस अवधिमा नगरपालिका वा स्थानीय निकायले मेयर खेलकुद कार्यक्रम अन्तर्गत राखेर तालिम संचालन गरेमा मैले सिकेको अनुभवहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न र सहयोग गर्न तयार छु ।

८.एथलेटिक्स खेलको विकासका लागि मैदानको नै कतिको आवश्यकता रहन्छ होला ?

उत्तर ः एथलेक्टिस अन्तर्गत रोड रेस मात्र गर्ने हो भने तर खास समस्या छैन तर एथलेटिक्स भनेको त्यो मात्र होइन यसमा १०० मिटर, २०० मिटर र ४०० मिटर हाइजम्प, लङजम्प, शटपट, भाला फेकाई आदि खेलहरु पनि छन् । विडम्वनाको कुरा कीर्तिपुरमा १०० मिटर दौडनु प¥यो भने त्यति लामो घाँसे मैदान कतै छैन । यद्यपि त्रिविमा पनि त्यो छैन । त्यसैले कीर्तिपुरमा पनि एथलेटिक्सको विमास गर्ने हो भने स्थानीय सरकार नगरपालिकोल कमसेकम पनि २०० मिटरको ट्रयायक नभएमा ४०० मिटरको ट्रायक बनाएमा एथलेटिक्सका सम्पूर्ण खेलहरु गर्न सकिन्छ । जसमा राष्ट्रपति रनिङ शिल्ड समेत आयोजना गर्न सकिने र विहान बेलुका दौडने मानिसहरु आउँछन र अफसे आफ नै खेलको विकास हुनेछ । अहिले सडकमा दौड्नु पर्ने कारणले दुर्घटनाको डर हुनुका साथै  सवारी चालकहरुको गाली समेत सुन्नु पर्दा साह्रै नमज्जा हुदो रहेछ । 

९.अहिले तपाईको योजना के भइरहेको छ ?

उत्तर ः अहिले मेरो इच्छा तथा योजना भनेको विश्वमा सबै भन्दा ठूलो एथलेटिक्स प्रतियोगिताहरु टोकियो, बोस्टोन, लण्डन, बर्लिन, सिकागो र न्यूयोर्कमा भाग लिने बिचार छ । जस मध्ये बोस्टोन एथलेटिक्समा म सहभागी भइसके अव अर्को सिकागोका लागि प्रकृया भइरहेको छ । 



प्रस्तोता ः प्रदिप महर्जन

कीर्तिपुर सन्देश साप्ताहिक अंक ४७८ मिति २०७७ पौष ७ गते बुधवार

No comments:

Post a Comment