Sunday, August 9, 2020

महिला उद्यमी यशोदा राई संग लिइएको अन्तर्वार्ता

 महिला उद्यमी यशोदा राई संग लिइएको अन्तर्वार्ता


यशोदा राई 

अध्यक्ष,

इष्टर्न स्टार कृषि सहकारी संस्था लि.

यशोदा राई जन्म स्थान उदयपुर जिल्ला बलम्ता गा.वि.स वडा नं ४ —हाल लिम्चुङवुङ गा.पा. वडा नं ४ मा जन्म भई हाल कागेश्वरी मनहरा न.पा. बस्दै आउनु भएका यशोदा राई विगत ८ बर्ष देखि कीर्तिपुर कार्य क्षेत्र बनाई व्यापार व्यावसाय गर्दै आउनु भएको छ, उहाँ हाल मोबिल्याण्ड ग्रुप अफ कम्पनिजका उपाध्यक्ष समेत  हुनुहुन्छ । बुवा भुपेन्द्र सिंह राई र आमा कमला राईकी जेठी छोरी समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएका राईज्यू नेपालकै ठूलो मध्यको कृषि सहकारी संस्था इष्टर्न स्टार कृषि सहकारी संस्था लि.को अध्यक्ष हुनुहुन्छ । उहाँसँग कीर्तिपुर सन्देशले लिएको अन्तवार्ता ः

१.तपाई युवा महिला उद्यमी, कृषि तर्फ कहिलेबाट र किन आकर्षित हुनु भयो ?

—सहि कुरा गर्नुभयो, १६ बर्ष भयो जागिरे जीवन त्यागेर ब्यापारमा लागेको  विभिन्न आरोह अवरोह पार गर्दै मोविल्याण्ड ग्रुप (जुन कीर्तिपुरमा दर्शन टिम भनेर पनि चिनिन्छ )मा आवद्ध भएको पनि आठ बर्ष पुरा भयो । सर्ब प्रथम त मोबिल्याण्ड ग्रुपका अध्यक्ष दिनेश दर्शनधारीज्यू लगायत टीम मेम्बरहरु प्रति आभार ब्यतm गर्दछु ,मलाई यो अवसर प्रदान गर्नुभएको मा । ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु मार्फत विभिन्न सेक्टरमा टे«डिङ व्यवसाय गर्दै आईरहेको मोबिल्याण्ड ग्रुपले कृषि, वन, जडिवुटी सम्वन्धि अध्ययन अनुसन्धान गर्ने क्रममा सात बर्ष अघि बारा जिल्ला जितपुर  सिमरा उ.म.न.पा.मा प्राइभेट पाइलट प्रोजेक्ट शुरु ग¥यो । म समाजशास्त्रको विद्यार्र्र्र्थी भ्अयलयmष्अ न्यिदबष्शिबतष्यल को प्रभाब दिमागमा थियो, श्रम हैन जडिवुटीजन्य तयारी बस्तु विश्व बजारमा बेच्नु पर्छ, भन्ने मानसिक्ता बोकेको र केहि वर्ष जडिवुटी जन्य बस्तुहरुको विश्व बजारिकरणको अभ्यास समेत गरेको अनुभवले कृषि, वन र जडिवुटी खेती गर्ने योजनामा आकर्षित भएँ । कृषि क्षेत्रमा आकर्षित हुनुको विभिन्न कारणहरु मध्ये ग्रुपको भिजन महत्वपूर्ण रह्यो । कृषि वन क्षेत्रमा लागेर रोजगारी श्रृजना गर्ने उद्यमशीलताको विकास गर्ने र आत्मनिर्भर कृषि अर्थतन्त्रको लागि इंटा थप्ने कामको थालनी गर्ने मूख्य रह्यो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन यो मूलुकको आवश्यकता मात्र होइन  अपरिहार्यता हो ।

२.बंैकहरुले दिने कृषि ऋणहरुको बारेमा केहि भन्दिनुस् ।

—बैंकहकले दिने कृषि ऋणको बारेमा भन्नु पर्दा त्यति सजिलो छैन । पहिलो कुरा त कृषि योग्य जमिन जहाँ कृषि गर्नलाई प्रस्ताव पेश गर्ने हो । त्यहि जग्गाको मूल्यांकन अत्यन्त न्यून बैकका मूल्यांकन कर्ताले गरिदिन्छन । कृषि ऋण लिन काठमाण्डौँ भ्याली  भित्र २० फुट बाटोमा परेको घडेरी जग्गा धितो राख्न सके कृषि ऋण लिन सकिन्छ साथमा राम्रो विजनेश प्रोफईल पनि चाहिन्छ । हामी तराईमा कृषि गर्दै आईरहेका छौं । बिगाहा जग्गा छ तर कृषि ऋण लिन काठमाण्डौँको एक टुक्रा जमिन आवश्यक प¥यो । हरेक बैकले  कृषिमा लगानी गर्नैपर्छ भन्ने नीति छ तर सहि कृषकले पाउँछन की पाउदैनन् भन्न सकिन्न । अर्को कुरा राष्ट्र बैंकले जति प्रेसर दिए पनि प्राय बैंकहरुले नै जरिवाना तिर्न तयार हुन्छन् तर सच्चा कृषकलाई ऋण दिन तयार हुन्नन् तर सहकारी बैंक भने फरक देखेको छु । सहकारी बैंकले भने कृषि सहकारी खोजी खोजी बिना धितो पनि प्रोजेक्ट लिएर गएमा ऋणहरु दिएको देखिन्छ । कृषि बिकास बैंकले समेत कृषकलाई नपत्याईरहेको बेला भने सहकारी बंैक नमुनाको रुपमा उभिएको छ ।


३.सरकारले दिई राखेको कृषि अनुदानहरु बारे तपाई के भन्नु हुन्छ ?

—सरकारले दिई राखेको कृषि अनुदान सर्व प्रथम त सह्रानिय छ । कृषि उपज निर्यात गर्ने अन्य मुलुकहरुमा पनि कृषिमा सरकारको अनुदान भएर नै उत्पादन मूल्यमा प्रतिस्पर्धा गर्न सक्छन तर नेपालजस्तो देशमा सरकारको कृषि अनुदानले कृषकहरुको उत्पादन लागत कम गर्न र अन्य मूल्यबाट आयातित कृषि उपजहरुसंग मूल्यमा कतिको प्रतिस्पर्धा गर्न सक्ने वनाउँछु । अहिले नै भन्न सकिने अवस्था छैन । कृषि क्षेत्रको अनुदानको लागि केन्द्र सरकार र प्रदेश सरकारले अनुदान कार्यविधि तयार गरि लागू समेत गरिसकेको छ । कृषि अनुदान दिने निकायहरुले अनुदान दिनुको औचित्य नवुझेसम्म र अनुदान ग्राहीले अनुदान लिनुको महत्व नबुझे सम्म अनुदानले गर्नुपर्ने उत्पादन लागतको अन्तरमा सकारात्मक प्रभाव नदेखिन सक्छ । राज्यले कृषिमा खर्वौ अनुदान दिएको हिसाव आउला तर नेपाली उपभोक्ताले नेपाली उत्पादन महंगो भएर उपभोग गर्न नसके भारतवाट आयातीत दाल, चामल, तरकारी, माछा, मासु, फलफूल र तेल नै  उपभोग गर्नु  पर्ने वाध्यता रहिरहन्छ ।  सरकारले समेत व्याज अनुदान वाला ऋणहरु सहकारी बैंक मार्फत लगानी गरेमा भने यो कृषकहरु सम्म नै पुग्ने देखिन्छ ।

४.कोभिड १९ पछि सबै कृषि तिर आकर्षित भई राखेका छन् तपाईको विचारमा  ठीक की बेठीक ?

—कोभिड १९ ले धेरै कुरा सिकाएको छ । उर्वरभूमि बाँझो राखेर देशले युवाहरुको श्रम बेच्दा दुःख लाग्छ । श्रम किन्ने र तयारी बस्तु बेच्ने व्यक्ति वा देश धनी हुन्छ भने श्रम बेच्ने र तयारी बस्तु खरिद गर्ने व्यक्ति वा देश गरिब हुन्छ । यो एउटा फर्मुला हो बककभतक खरिद गर्ने व्यक्ति वा देश समृद्घशाली हुन्छ नै । श्रम बेच्ने हाम्रो मुलुकले गतवर्ष मात्र अन्न वाली ५२ अर्वको, माछा मासु ८ अर्वको फलफुल १८ अर्वको , तरकारी २९ अर्वको, तेल ३७ अर्वको आयात गरेको छ । कृषिमा आत्मानिर्भर हुन सबै नै कृषितिर आकर्षित हुन जरुरी छ नत्र रोगले होइन भोकले मर्ने दिन निश्चित आउँछ तर कृषि क्षेत्रमा लाग्नेहरुको लागि राज्यको तर्फबाट नीतिगत रुपमा सम्मानित बनाउने वातावरण उत्पादित वस्तुहरुको उचित मुल्यमा बिक्रि गर्न पाउने सुनिश्चितता उत्पादित बस्तुहरुको भण्डारण व्यवस्थाको लागि गोदाम तथा चिस्यान केन्द्रहरुको निर्माण गरि खाद्य सुरक्षाको व्यवस्था जोखिम न्युनिकरणको लागि वाली तथा पशु विमाको व्यवस्था उन्नत विउ विजन कीटनाशक औषधि कृषि र पशु पालनका लागि चाहिने औजार उपकरण खरिद गर्न अनुदान वा सहुलियत कर्जा व्यवस्था नभएसम्म भारत तथा अन्य मुलुकबाट आयात हुने कृषि उपजसँग प्रतिस्पर्धा गर्न सकिदैन । अर्को कुरा कृषिमा मात्र होइन कुनै पनि क्षेत्रमा केही पनि जानकारी नराखी होम्मिनु भनेको आत्माघाती गोल गर्नु सरह हो । नेपाल कुनै बेला कृषि प्रधान देश भनेर चिनिन्थ्थो तर कृषिबाट नै बितृष्णा भएर लाखौँ नेपाली बिदेसिएको थियो । अब पनि फेरी केही नसोची विज्ञहरुसँग सल्लाह नलिई कृषिमा ठूलो स्कोप, अनुदान, ऋण छ भनि हामफाल्दा दुर्घटना नहोला भन्न सकिन्न ।

५.तपाईहरुले नेपालकै ठुलो मध्यको भैसी पालन गर्न थल्नु भएछ, गाई बाख्रा नगरी किन भैसी नै रोज्नु भएको ?

—कृषि वन पश्चात सबभन्दा बढि पशु पालन सम्बन्धी अध्ययन अनुसन्धान ग¥यौं । भैसी पालनको बजार र भविष्य हेर्दा अधिकतम मुनाफा दिने देखेर विगत २ वर्ष देखि१०० वटाभैसी पालेर दुध, गोवर, मुत्र र पाडाबाट कति मुनाफा लिन सकिन्छ भन्ने अनुभव गरि ५०० भैसी पालन गर्ने योजना बनाएका छौ । गाई बाख्रा नगरि भैसी पालन नै रोज्नुको कारणहरु भैसीलाई कालो सुन पनि भनिन्छ, नेपालमा मासुको खपत र बजार राम्रो छ, रोग सहन क्षमता बढी भएकोले जोखिम न्युन छ, दुधमा घ्युको मात्रा बढी हुन्छ, नेपाली बजारमा गाईको भन्दा भैसीको दुधको मुल्य राम्रो छ, पाडा जन्मेको खण्डमा मासुको लागि बिक्रि गर्न सकिन्छ । भैसी पालन सँगै डेरी उद्योग संचालन गर्ने र डेरी जन्य बस्तु तयार गरि बजारमा विक्रि वितरण गरेर मुनाफा कमाउने लक्ष्य लिएका छौं ।

 

६.तपाईंहरुले डेरी पनि खोल्छु भन्नु भयो, कहिले सम्म, हामीले प्रडक्ट खान पाउँछौं होला ?

—हजुर भैंसी पालन त्यो पनि यति ठूलो संख्यामा शायद नेपालकै नमुना हुन सक्छ । दुध र मासु उत्पादनको लागि लक्षित गरेर भैसी पालन गरि रहेका छौं । तसर्थ डेरी उद्योग खोलेन भने भैंसी पालन परियोजना पूर्ण हुन सक्दैन । एउटा भैंसीले दैनिक ८–१० लिटर दुध दिन्छ भने मासुको लागि रांगा पालन गर्ला ६५० देखि ७०० केजीसम्म तौल हुने भैसी पालनको कारण डेरी उद्योग संचालन गर्ने तयारी प्रडक्टस् घ्यू, पनिर, बटर, खुवा, चिज लगायतका विभिन्न्न वस्तुहरु काठमाण्डौं ल्याई बिक्रि वितरण गर्ने लक्ष्य भएकोले खान नपाउने कुरै भएन ।  डेरी उद्योग संचालन गर्ने परियोजना तयारी अवस्थामा छ तर कोभिड १९ ले शुरु गर्न सकेका छैनौ । निकट भविष्यमा शुरु गर्ने योजनामा छौं । भैसीको संख्या थप्दै छौं । किसान समूहहरुलाई भैंसी पालन गराउंदै छौं । जसको दुधदेखि पाडासम्म खरिद गरि दिने सम्झौता गरेर भैसी पालनमा सहभागी गराउदै आएका छौं ।

७.भर्मि कम्पोष्टको बारेमा पनि केहि दिटेलमा भन्दिनुस,

—भर्मि कम्पोष्ट भनेको गड्यौले मल हो, गड्यौला पालन गरेर उत्कृष्ट मल उत्पादन गर्न सकिन्छ । सानो परिमाणमा घरको फोहोर मैला व्यवस्थापनको हिसाबले भर्मि कम्पोष्ट बनाउन सकिन्छ भने ठूलो परिमाणमा भैंसीहरुले दिने गोबरबाट भर्मि कम्पोष्ट मल बनाउन सकिन्छ जुन गोबर मल २÷३ रुपैया किलोमा पर्ने मललाई भर्मि कम्पोष्ट बनाउंदा प्रति किलो ३०÷– सम्म मूल्य लिन सकिन्छ । जुन भर्मि कम्पोष्ट मलको रुप हेर्दा चियापत्ति जस्तो दाना हुन्छ, कुनै दुर्गन्ध हुंदैन भने मल पनि उत्कृष्ट हुने भएकोले भैसी पालन संगै गड्यौला पालन गरेर भर्मि कम्पोष्ट मल उत्पादन गर्ने योजना बनाएर एउटा टे«निङ्ग आयोजना गरि सहभागि समेत भई सकेका छौं । निकट भविष्यमा कीर्तिपुरमा फेरि टे«निङ्गको आयोजना गर्ने छौं । किचेनबाट निस्कने फोहोरको व्यवस्थापन गरि भर्मि कम्पोष्ट उत्पादन गर्न सिकाउने र उत्पादन भएको मल खरिद समेत गरि फोहरबाट पैसा बनाउन सिकाउने योजनामा छौं । 

८.कीर्तिपुर सन्देशका पाठकहरुलाई अरु केहि भन्न चाहानु हुन्छ की ?

सर्वप्रथम त कीर्तिपुर सन्देशलाई धन्यवाद ज्ञापन गर्दछु । पाठकज्यूहरु समक्ष आफ्ना अनुभव, योजनाहरु भन्न सुनाउन मौका दिनु भएकोमा÷सम्पूर्ण पाठकज्यूहरुलाई विनम्र अनुरोध गर्न चाहान्छु । कृषि क्रान्ति गर्ने अवसर आएको छ । राज्य स्तरबाट पनि कृषिलाई प्रोत्साहन गर्ने नीतिगत तर्जुमा भएको छ तर कृषिको समय आएको छ भन्दैमा ज्ञान नै नभईकन संभाब्यता अध्ययन नगरिकन कुनै क्षेत्रमा हात नहाल्नुहोस । कृषि भन्दैमा सोचे जस्तो त्यति सजिलो छैन । यसको लागि पनि व्यवसायिक ज्ञानको जरुरत पर्छ । हाम्रो सन्देशहरु ध्यानपूर्वक पढि व्यवहारमा उतार्नु चाहनु हुनेलाई कृषि क्षेत्रमा स्वागत गर्न चाहन्छौं र सहकार्य गर्न च्छुकहरुलाई ढोका खुल्ला गर्दछौं । कृषि व्यवसाय गरौं आत्म निर्भर बनौं ।        

No comments:

Post a Comment