Friday, May 29, 2020

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–४

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–४






प्रस्तोता— नारायण महर्जन
नयाँबजार, कीर्तिपुर

पुनश्चः अघिल्ला अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु नयाँबजार क्लबबाट संचालित कीर्तिपुर एम्वुलेन्सलाई  (Ambulenced)  निरन्तरता दिन नयाँसवारी साधन व्यवस्थापनको क्रममा सहयोग गर्ने सहयोगी तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुबाट आफु बसाई सरेको ठाउँको स्थिति जानकारी राख्ने तथा उहाँहरुको अनुभव, वस्तुस्थिति र उहाँहरुको छोटो परिचय समेत समावेश गरी धेरैजसोले अंगेजी माध्यमबाट लेखी पठाउनु भएका र उहाँहरुसंगको भलाकुसारीको विषय वस्तुको मूल भाव कायम रहने गरीे योआलेख तयार पारीएको हो ।

कीर्तिपुरबाट सन् १९९९मा UAE जानु भएका बिरेन्द्र नकर्मीको भोगाइः




बिरेन्द्र नकर्मी
कीर्तिपुर न. पा.–३, पाघुटोल निवासी बिरेन्द्र नकर्मी, विदेश प्रस्थान गर्नु अघि नेपालमा Yeti Airlines मा Aircraft Maintenance Technician  पदमा कार्यरत हुनुहुन्थ्यो । २०५५साल देखि UAE मा बसिरहनु भएका तर परिवारका सदस्यहरु आउने जाने । हाल उहाँ UAE Abudhabi मा Assistant supervisor को रुपमा Emirates Global Aluminium (EGA) कम्पनीमा कार्यरत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः
UAE मा काम गरेका ३ वटै कम्पनी Consumer Oriented कम्पनी भएकोले product र people को safety को धेरै महत्व दिनु पर्छ, safety बारे विभिन्न Training, orientation, Information  क्रमिक रुपमा भइरहन्छ ।
हालको महामारी रोग Covid-19 ले UAE पनि प्रभाव पारेको छ, बिश्वमाजस्तै यहाँ पनि ब्यवसायहरुलाई असर पारेको छ । Covid -19 संग जुझ्न UAE सरकारले पनि उच्च प्रविधि तथा सतर्कताका तरिकाहरु अपनाएको छ । अति आवश्यक कम्पनीबाहेक अरु कम्पनीहरुलाई केहि समयको लागि बन्द गराएर Covid-19 को नियम बनाई पुनःसञ्चालन गराउंदै छन जसले नियम उल्लंघन गरेको छ ती ब्यवसायीहरुलाई जरीवाना र बन्द पनि गराउंदै छन ।

हरेक रातमा Sterlization गर्दै आएको छ र यो क्रम जारी छ । Public places, park, public bus, train, Mall,  इत्यादि बन्द गरिएको छ । घरबाट बाहिर जाँदा मास्क जरुरी छ, व्यापक Covid Test गरेको छ, सबै कामदारहरुको अनिवार्य covid test गर्नु पर्ने नियम गरेको छ । Stem cell treatment UAE ले Innovative गरेको Covid patient Treatment Method  हो ।

मेरो प्रसँगमा, EGA,UAE को प्राथमिकतामा परेको कम्पनी भएको कारणले कम्पनी पूर्णरुपमा सञ्चालन छ र सबैले दिनहुँ काम गरेका छन घरमा बसि काम गर्न मिल्नेले घरमा बसेर काम गरेका छन,field मै गर्नु पर्ने काममा त्यहि अनुसार । म field मै काम गर्नु पर्ने भएकोले नियमित रुपमा अफिसमा गई काम गरिराखेको छु, अफिस जाँदा, अफिसमा काम गर्दा र अफिसबाट फर्कदा Mask  र Gloves प्रयोग, Sterlization, social distance maintain  गरेर काम गर्दै छु । यस कम्पनिको राम्रो पक्ष कम्पनिको आफनैMedical Clinic पनि भएकोले आवश्यक परेकालाई Covid test  तुरुन्तै गर्न सकिन्छ ।

यसबाहेक सामाजिक सन्जालमा आएका राम्रा उपायहरू पनि मैले अपनाएर आफुलाई Covid बाट सुरक्षित गरिरहेको छु । जस्तै Balance diet,  पर्याप्त मात्रा मा सुत्ने, खानामा अदुवा लसुन बेसार नियमित प्रयोग, बेलाबेलामा हल्का तातो नुन पानीले कुल्ला गर्ने, बाफ लिने, मासु खानु परेको बेला राम्रोसँग पकाएर मात्र खाने गरेको छु.........इत्यादि । UAE मा धेरै नेपाली दाजुभाई तथा दिदि बहिनीहरु मर्कामा पर्नु भएको छ, मैले सकेको सानो तिनो सहयोग गर्दै आईरहेको छु ।

कीर्तिपुरबाट सन् २००६मा America जानु भएका बुद्धलक्ष्मी मालीको भोगाइः





बुद्धलक्ष्मी माली
कीर्तिपुर–१०, नयाँबजार, कीर्तिपुरमा जन्मेकी श्रीमती बुद्धलक्ष्मी माली, हाल America मा सपरिवार बस्नुहुन्छ । विदेश प्रस्थान गर्नु अघि विद्यार्थीको रुपमा हुनुहुन्थ्यो । अहिले America को Baltimore city, Maryland  मा Reasearch Lead Specialist को रुपमा Division of Translation Radiation science Department of Radiation of oncology, Univercity of Maryland Baltimore-School of Medicine  कम्पनीमा कार्यरत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः
मैले काम गर्ने कम्पनीको प्रयोगशालामा प्रायसः कामहरु हामी घरबाट नै गछौं । हप्ताको एकपटक एक जना स्टाफ प्रयोगशालाको फ्रिजमा राखिएको नमूना जाँच गर्न जान्छ । हामी सबै बैठकहरु वा तालिमहरु जुम वेभसाइट/एप बाट गर्ने गर्दछौं । सामान्यतया यो कोभिड–१९ को संक्रमण भएदेखि  हामी  साथीहरुसंग घुम्न जाने र पार्कमा जाने गरेका छैनौं । मेरो श्रीमान लगभग दश दिनमा एकपटक बजार जानुहन्छ । तथापी (AmoZon) एमेजोनबाट केही सामानहरु मगाउने गर्दछौं । जब बजारबाट होस या एमेजोनबाट प्राप्त सामानहरु पाकेटहरु क्लोरेक्स (Clorex) बाट wipe गर्छाैं वा पुच्र्छौ । सल्लाह तथा सुझाव खासै छैन, घरमा बस्नुहोस् सुरक्षित रहनुस् ।

कीर्तिपुरबाट सन् २००८मा  Australia  जानु भएका पियुष कायस्थको भोगाइः



पियुष कायस्थ
कीर्तिपुर न. पा.–१०, निखासी निवासी पियुष कायस्थ, विदेश प्रस्थान गर्नु अघि नेपालमा Sewa Remit Pvt.Ltd  मा कार्यरत हुनुहुथ्यो । हाल परिवार सहित Australia को 35 Milton Street, Nunawawding, Melbourne  मा Sales Manager को रुपमा  Accent Windows Private td.मा काम गरिरहनु भएको छ।

Covid-19 विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगत अनुभवः

अष्टे«लिया न्युन जनघनत्व भएको देश हो । उच्च परावैजनी भएको घाम, न्युन सापेक्षिक आद्रता भएकोले अन्य ठाउँ भन्दा ज्यादै कडा (Very harsh) मौसम भएको ठाउँ हो । जब संक्रमण फैलियो यहाँको सरकारले बाह्य क्रियाकलापहरु कम गर्न सचेत गरेको देखिन्छ तर विद्यालय तथा अन्य ब्यापार बन्द गरेको थिएन । सरकारले सामान्य अवस्थामाजस्तै ब्यापार व्यवसाय गर्न प्रोत्साहित गरेको पाइयो ।
यहाँको सरकारले सबै ठाउँमा १.५ मीटरको भौतिक दुरी कायम गर्न घोषणा गरेको थियो । यहाँ प्रायसः बाजे बज्यैहरुबाट स्कुल पु¥याउने र लिन आउने चलन छ । तसर्थ सुरुमा बृद्धहरुमा यो रोगले संक्रमण गरेको पाइन्छ । तैपनि विद्यालय बन्द गरेको छैन ।

जब सरकारले  Lockdown 2 घोषणा ग¥यो तब देखिबाट विद्यालय बन्द भयो साथै सम्पूर्ण ब्यापार ब्यवसाय अस्थाइ रुपमा बन्द ग¥यो । यदि संभव भएसम्म घरमा बसेर काम गर्न उत्साहित गरेको पाइन्छ । कुनै उचित कारण नभइकन घर बाहिर निस्केमा १६०० डलर जरिवाना भराउने गर्छ साथै कडाइका साथ यसको अनुगमन गरिरहेको छ । जरिवाना तिराएको समाचार पत्रपत्रिका तथा T.V. बाट प्रसारित गरेपछि मानिसहरु झन सचेत भएको देखिन्छ । आजसम्म पनि सरकारले सुरक्षित रही व्यापार गर्न सुझाएको देखिन्छ ।

ट्ेड युनियनले निमार्ण कार्यका साइटहरु बन्द नगरी सावधानी पूर्वक काम गर्नु पर्र्ने बाध्य पारेको छ ।मेरो कामको प्रकृति अनुसार म नियमित रुपमा काममा गइरहेको छु । निमार्ण कार्य बन्द गरेको छैन । अफिसको भित्र छिर्ने ठाउँमा हात धुने र स्यानीटाइजर राखिएको छ । ग्राहकलाई मास्क र पञ्जा लगाएर आउन ती सामानहरु उपलब्ध गराउछ ।

म ग्राहकलाई अफिस कोठामा भन्दा बाहिर नै भेट्न र इमेलबाट कुराकानी गर्न प्रोत्साहित गर्छु । बाहिर फिल्डमा काम गर्नुपर्ने प्रत्येक कामदारलाई पञ्जा, मास्क, जुत्ता कभर लगाउनै पर्ने गरेको छ । हरेक दिन अफिसको गाडीलाई स्यानीटाइज गर्छन् । एक दिन बिराएर सोरुम सफासुघर राख्नु पर्ने भएकोले यो समयमा त झनव्यस्त छु । अहिले सम्म सपरिवार नै कोरोनाभाइरसबाट सुरक्षितै छौं । मेरो जीवनसाथी घरबाट नै काम गर्छिन । छोरीको स्कुलको पढाइ अनलाइन बाट हुन्छ । सबैले घरबाट काम गर्ने भएकोले इन्टरनेट गति नपुगेर क्षमता बढाउनु परेको छ तथा बत्तीको उज्यालोपन कम भएर बढी वाटको बल्ब फेर्नु परेको छ ।
सुझावहरुः
१. परिवार तथा साथीभाईमा नियमित रुपमा सम्पर्कमा रहनु
२. अनावश्यक समाचारबाट टाढा रहनु । अनावश्यक हुलमुल नगर्नु ।
३. आफ्ना अनुभव सेयर गर्नु ।
सुरक्षित रहनुहोस् । धन्यवाद ।


कीर्तिपुरबाट सन् २००५मा Belgium जानु भएका दिपक महर्जनको भोगाइः




दिपक महर्जन
कीर्तिपुर न. पा.–७, इटागोल निवासी दिपक महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा रेष्टुरेन्टमा कार्यरत हुनुहुथ्यो । हाल परिवार सहित Belgium को Anderlecht Municipality, Brussels मा पनि रेष्टुरेन्टमा नै काम गरिरहनु भएको छ ।

Covid-19 विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगतअनुभवः
यहाँ Brussels मा मार्च १४ देखि हालसम्म नै Lockdown नै छ । यहाँ दैनिक जीवन चलाउन अति आवश्यक खाद्यान्न पसलमात्र खोलेको छ । अरु सबै रेष्टुुरेन्ट, स्कुल, उद्योग धन्दा, गाडी, अन्य प्रकारका पसलहरु आदि पूर्णरुपमा बन्द छ । कोही पनि नागरिक विना कारण Out paper विना बाहिर आयो भने सवारी साधन लिएर गएकालाई २८० युरो र मानिसलाई १५० युरो जरिवाना तिराउँछ ।
यहाँ बन्दाबन्दी उदघोष गरे देखि यहाँका नागरिक आफै बुझेर बाहिर निस्कदैन तर नेपालको  समाचार सुन्दा र हेर्दा नेपालमा बन्दाबन्दीमा पनि  पहरा बसेर बन्द गर्नु पर्ने देखिन्छ । यो राम्रो लागेन, यो हाम्रो लागि गरेको हो भन्ने कुरा बुझिदिन अनुरोध छ ।

यहाँबन्दाबन्दीको बेलामा खाद्यान्न पसल पनि तालिका अनुसार किन्न जानु पर्ने नियम बनाएको छ, हप्ताको ३ दिनमात्र खोल्ने शुक्रबार, शनिबार र आइतबार । त्यस दिन पनि बिहान ८–९ बजे सम्म ६० वर्ष भन्दा माथिका, ९–१२ बजे सम्म ४०–६० बर्ष र दिउँसो १ देखि बेलुका ८ बजे सम्म अरु अन्य उमेर समुहका लागि बजारको समय छुत्याइ दिएको छ । यो रोग फैलिएदेखि यहाँको सरकारले यहाँका नागरिकहरुलाई प्रति महिना १३०० युरो प्रतिब्यक्ति र बच्चाहरुलाई १८५ युरो प्रति बालक बैकको खातामा पठाउँछ । यस ब्यवस्थामा म पनि पर्दछु । यहाँ (May 12-18) आजको हप्ता सम्ममा लगभग १०,००० जनाको मृत्यु, करिब ६०,००० जना संक्रमित र झण्डै १५,००० जना निको भएर गइसकेको तथ्यांक छ । यहाँ मृत्यृ भएका धेरैजसो ६० बर्ष भन्दा माथिका मानिसहरु वा बृद्धहरु रहेको तथ्यांकमा उल्लेख छ ।

मार्च १९ सोमवार देखि Trial रुपमाLockdown केही खुकुलो गरेको छ । विस्तारै केही पसलहरु खुल्न थालेको छ ।  बाहिर जान मास्क, पञ्जा लगाएर जानै पर्छ । खुकुलो पारेपछि वालवालिका सहित पार्कमा मानिसहरु भौतिक दुरी कायम गरी सुरक्षित भएर बाहिर आएको देखिन्छ त्यो पनि घाममा बस्न ।
हामी सपरिवार नै सुरक्षित छौं । बरु घरबाट बाहिर नै निस्कन नपाएर साहै्र गाह्रो र उकुसमुकुुस नै भइसक्यो । तैपनि समय कटाउन घर सफा सुग्धर गरेर, आँगन बगैचा तह लाएर, घरमा रंग लगाएर, बच्चाहरुसंगसंगै नाचेर समय कटाउदै छु ।
यहाँ मैले अहिले सम्म कुनै पनि नेपालीलाई कोरोना भाइरसले संक्रमित पारेको समाचार सुन्न परेको  छैन । समाप्त

(भाग ३ मा Tarrant country हुुनु पर्नेमा Keller country र Grocery हुुनु पर्नेमा Glossery भएको सच्याएर पढी दिनु हुन अनुरोध छ ।)
बिदेशमा रहीअन्य पेशामा कार्यरत संक्रमित (Corona virus infected)  कीर्तिपुर बासिन्दाको अनुभब अर्को अंकमा प्रकाशित गर्नेछु । (क्रमशः)

No comments:

Post a Comment