Wednesday, May 13, 2020

कीर्तिपुरमा नयाँ बजार क्लव र खेलकुद


कीर्तिपुरमा नयाँ बजार क्लव र खेलकुद



प्रदीप महर्जन
कीर्तिपुर नयाँ ब्जारमा वि. सं. २०३७ सालमा त्यहाँका युवाहरुको समूहले आप्mना साथीहरु वीच खेलकुद गतिविधिहरु सञ्चालन गर्ने एवं संगगठत हसने हद्देश्यले स्थापना गरेको क्लव हो नयाँ बजार क्लव ।तात्कालिन समयमा फूटबल कृयाकलापलाई प्रमुखता दिंदै गतिविधि गर्दै आएको यस क्लवले कीर्तिपुर क्षेत्रका सम्पूर्ण प्रतिभावान खेलाडीहरु सिमेटेर वि. सं. २०४० साल तिर संस्थापक अध्यक्ष स्व. सुरेश महर्जजनको नेतृत्वमा शहिद स्मारक पूmटबल लिग प्रतियोगिता ूडिू डिभिजनमा सहभागिता जनाएको पाइन्छ । यसका साथै स्थानीय प्रतियोगितामा भाग लिने र खुल्ला पूmटबल प्रतियोगिताहरु आयोजना गर्नुका साथै तालिमहरु सञ्चालन गरेको पाइन्छ । पूmटवल बाहेक भलिवल, टेवलेनिस, व्याडमिण्टन, चेस, क्रसकण्टी दौड, आदि खेलहरुमा पनि सहभगिता जनाउने गरेको पाइन्छ । भूतपूर्व अध्यक्ष प्रकाश महर्जनका अनुसार पैसा अभावका कारण पूmटबल तथा बास्केटवल प्रतियोगिताहरुमा भाग लिन जान र बल तथा ड्रेस खरिद गर्न सदस्यहरुबाट मात्र पैसा उठाएर नपुगेर चन्दा संकलन गर्ने, नाखे नाच नचाउने गठेमंगलको दिनमा जगात लिने गरेको बताउनु भयो ।


क्लवका पदाधिकारीहरु एवं सदस्यहरुको परिपक्वता सँगै यस नयाँ बजार क्लवले खेलकुद क्षेत्रमा मात्र सिमित नरही सामाजिक, साँस्कुतिक, वातावरण, स्वास्थ्य, शिक्षा चौतर्फी क्षेत्रमा यसले कार्यक्रमहरु गर्दै अगाडी बढेको पाइन्छ । यस क्लवले विशेषत २०४६ साल पश्चात क्लवलाई खेलकुद क्ष्ेत्रमा मात्र सिकित नराखि चौतर्फी क्षेत्रमा कार्यक्रहरु गरेको पाइन्छ । यतिवेला देखि नै क्लवलाई व्यवस्थि तगर्दै सदस्यहरुको दक्षता अनुसार कार्य जिम्मेवरी र्दिदै कार्यक्रमहरु समदन गर्दै आएको पाइन्छ ।

नयाँ बजार क्लवका बर्तमान अध्याक्षका अनुसार हाल कीर्तिपुर नगरपालिका भित्रका १२ जना आजिवन सदस्य सहहित कूल १४२ सदस्यहरु भएको जनाउनु भएको छ । हालमा नयाँ बजार क्लवको मूख्या जिम्मेवारीको रुपमा आप्mनै सक्रियतामा सञ्चालन गरेको कीर्तिपुर एम्वुेन्स २०५० साल देखि निरन्तर सञ्चालन गरी जनताहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नयाँ बजार क्लवर खेलकुद कै कुरा गर्दा आफ्नो क्लवलाई ूएू डिभिजन सम्म पुयाउन नसकेता पनि धेरै ूएू डिभिजन मा खेल्ने खेलाडीहरु उत्पादन गरेको पाइन्छ । जस्मा प्रदिप महर्जन, राजकुमार भट्टराई, सुरेश मर्जन, कृष्ण महर्जन, यज्ञ शहादुर श्रेष्ठ, इन्द्रमान महर्जन, प्रविन महर्जन, सञ्जय डंगाल, हरिशरण महर्जन, प्रल्हाद महर्जन, पुरुषोत्तम महर्जन, कविर श्रेष्ठ पर्दछन् त्यस्तै महिला तर्फ रक्ष्ट्रिय पूmटबल खेलाडीहरुमा उषा महर्जन, बबिता अमात्य र संगिता महर्जन छन् भने टेवल टेनिस खेल तर्फ पनि राष्ट्रिय स्तरका प्रतिभावान खेलाडीहरु प्रकास महर्जन, शंकर थापा, पूर्ण डंगोल, नारायण महर्जन उत्पादन गरेको पाइन्छ । ब्याडमिण्टन तर्फ इश्वरमुनी बज्रचार्य जस्ता प्रतिभावान खेलाडी तयार गरेको छ । नेपालमै बास्केटबल खेलको विकास एवं प्रचार प्रशार गरेर नयाँ बजार क्लवले इतिहास इतिहास कायम गरेको पाइन्छ । यस खेलमा यस क्लवले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडि एवं पदाधिकारीहरु उत्पादन गरेर राष्ट्रलाई नै गुण लगएको छ । यसका खेलाडीहरुमा हरी नरायण महर्जन, दिनेश चन्द्र नकर्मी, कृष्ण महर्जन, सन्तोष तिमिल्सिना, राजमान सिंह, प्रज्वल महर्जन, वीजय प्रकास महर्जन, किरण महर्जन, विकु महर्जन, सुधिर महर्जन, रविन्द्र महर्जन, शशिर महर्जन, सुन्दरलाल महर्जन, राज कुमार महर्जन जस्ता महत्वपूर्ण खेलाडीहरु उत्पादन गरेका थिए भने दिनेश चन्द्र नकर्मी नेपालकै प्रमुख प्रशिक्षक छ भने विकु महर्जन राष्ट्रिय प्रशिक्षक र राजकुमार महर्जन नेपालको एक मात्र अन्तराष्ट्रिय रेफ्री रहेको छ । त्यस्तै अन्य खेलाडीहरु पनि नेपालको विभिन्न कलेज स्कूलहरुमा बास्केटबल प्रशिक्षक तयार गरी पठाएका छन् । एक हिसावले भन्ने हो भने त्यतिखेर नयाँ बजार क्लव र बास्केटबल एक अर्काको पर्याय नै बनेको थियो । वि. सं २०५२ सालमा पहिलो पटक गठन भएको नेपाल बास्केटबल संघको अध्यक्ष पदमा यस क्लवका सल्लाहकार प्रा. डा. श्रीकृष्ण श्रेष्ठ र महासचिव पदमा प्रदिप महर्जन नियुक्त भएको बाट पनि यो कुरा पुष्टि हुन्छ ।

त्यस्तै सोही सालमा गठन भएको नेपाल खोखो संघको अध्यक्ष पदमा अर्का सल्लाहहार प्रा. डा. रामकृष्ण महर्जन नियुक्त हुनु भएकोबाट नयाँबजार क्लव खेलकुदमा निकै अगाडी भएको प्रष्ट देखिन्छ । नयाँ बजार क्लवले विगत देखि हाल सम्म गर्दै आएका कृयाकलापहरु
१. सन् १९८७ ( २००७ विद्यालय छात्रबृत्ति, क्ीऋ स्वर्ण पदक वितरण, हाजिरी जवाफ, निवन्ध, हिज्जे प्रतियोगिता
२. १९८९ ( २००५ विद्यालय स्तरीय तथा खुल्ला क्रस कण्ट्री प्रतियोगिता
३. सन् १९८६ ( १९९२ अन्तर विद्यालय एवं खुल्ला पूmटवल प्रतियोगिता ताथा तालिम
४. सन् १९९० ऋजष्मिचभलुक मबथ, क्बखभ तजभ ऋजष्मिचभल च्बअभ
५. सन् १९९०( २०१२ नियमित रक्तदान कर्याक्रम व्लड डोनर्स क्लवबाट सम्मानित
६. सन् १९९२ ( १९९७ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन एवं तालिम
७. वि.सं. २०५२ क्लव स्तरीय राष्ट्रिय बास्केटबल प्रतियोगिता सह आयोजक र क्लव
च्याम्पिियन
८. सन् १९९३,१९९४ दाँत र आँखा शिविर
९. सनु २०१२ खुल्ला बास्केटबल प्रतियोगिता
१०. सन् २००५ कीर्तिपुर मै पहिलो पटक पूmटसल प्रतियोगिताको आयोजना
११. १९९४ देखिहाल सम्म निरन्तर कीर्तिपुर एम्वुलेन्स सञ्चालन
१२. सन् २०१६ देखि शव बाहन सञ्चालन

विगतमा यती धेरै खेलकुद गतिविधि गर्दै आउको नयाँ बजार क्लव पनि हालका दिनमा कुनै खेल गतिविधिहरु गरेको देखिदैन जुन कीर्तिपुरको खेलकुद  क्षेत्रको लागि निराशाजनक स्थिति रहेको छ । आगामी दिनहरुमा सो क्लबका पदाधिकारीहरुले मात्र एउटा एम्बुलेन्सलाई निरन्तरता दिनेबाहेक विगतमा गरेका खेलकुद कृयाकलापहरुलाई पनि निरन्तरता प्रदान गर्छ भन्ने खेल प्रेमीहरुको आशा रहेको छ । नयाँ बजार क्लवका बर्तमान पदाधिकारीहरु
१. अध्यक्ष ईश्वर मुनी बज्राचार्य
२. उपाध्यक्ष शम्भु महर्जन
३. सचिव किरण महर्जन
४. सहसचिव कृष्ण गोपाल महर्जन
५. कोषध्यक्ष ज्ञानदेव महर्जन
६. सदस्यहरु कवी महर्जन,
रविन्द्र महर्जन,
राजकुमार महर्जन,
दिनेश चन्द्र नकर्मी,
 दिपेन्द्र आचार्य,
 कृष्ण महर्जन,
सन्तोष तिमिल्सिना,
 राजमान सिंह


No comments:

Post a Comment