Thursday, May 14, 2020

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–२

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–२


नारायण महर्जन
नयाँबजार, कीर्तिपुर

पुनश्चः पहिलो अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु पनि नयाँबजार क्लबबाट एम्वुलेन्स (Ambulance) खरिद क्रममा सहयोग गर्ने सहयोगीदाताहरु तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुको स्थिति जानकारी राख्ने क्रममा उहाँहरुको अनुभव, वस्तुस्थिति र छोटो परिचय सहित तयार पारेको आलेख हो ।

कीर्तिपुरबाट सन् २००६ मा America पुगेका





भरत बाँस्कोटाको भोगाइः  

कीर्तिपुरन.पा.–४, सल्यानस्थान, कीर्तिपुर निवासी भरत बाँंस्कोटा, विदेश प्रस्थान गर्नु अघि नेपालमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, शाखा अधिकृतको तहमा कार्यरत थिए । २०६३ सालमा अमेरिकामा सपरिवार बसाई सरी जानुभएको थियो । हाल पोर्टल्याण्ड, संयुक्तराज्य अमेरिकामा रही “आवेदकले सेवा सुविधा पाउन सक्ने वा नसक्ने बिषयमा निर्णय गर्ने र निर्णय अनुसार सेवा सुबिधा जारी गरिदिने“मानब सेवा बिशेषज्ञ पदमा कार्यरत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
अहिलेको सन्दर्भमा अमेरिका सबैभन्दा बढी प्रर्भािबत मुलुक हो । मैले अफिसमा गएर गर्ने सरकारी काम घरैबाट रिमोटले गर्छु । मेरो श्रीमतिको ब्युटी पार्लर बन्द भएको एक महीना बढी भयो । आम्दानी नभए पनि भाडा र बिलहरु तिर्नै प¥यो । यसको लागी सरकारबाट केहि सहयोग हुने आश्वासन पाएका छौ । छोरा छोरी घरबाट अनलाईन पढ्छन् । भान्छाको लागी चाहिने खाने कुरा र सागसब्जी १०, १२ दिनको लागि पुग्ने एकैपल्ट किनेर ल्याउने गरेका छौ । बिश्वभरीका समाचारहरु खासगरी अमेरिका र नेपाललाई बढी चासो दिएर खुबै हेर्ने गरेका छौ । लकडाउन यता पनि छ । तर बजार जाँंदा र पार्र्कितर गइयो भने सबै मान्छेहरु ६ फूटको फरकमा हिड्छन् ।

नेपाली वा कीर्तिपुरवासीलाई सल्लाह तथा सुझावहरुः (Not as an expert though)९लयत बक बल भहउभचत तजयगनज० अरु देशहरुबाट पाठ सिक्नुहोस । आफुलाई परे पछी मात्र चेत्ने नहुनुहोस् । सरकारले दिएको आदेशलाई कडाइकासाथ पालना गर्नुहोस । टोल टोलमा सेवा पु¥याउने स्वंयमसेवकहरुले पनि आफुलाई सुरक्षित राखेर मात्र अघी बढनुहोस् । यो बेलामा तपाईले आफुलाई सुरक्षित गर्न सक्नु भयो भने मात्र अरुलाई पनि सुरक्षित बनाउन सक्नु हुन्छ ।

सरकारको सबै राजनीतिक तह र प्रशासनिक पदहरुमा बस्नेहरुले  यो बेलामा बढी भन्दा बढी नेतृत्व कला र ब्यबस्थापकीय क्षमता प्रदर्शन गर्नु पर्ने समय भएकोले मानबीय संबेदनशीलतालाई बुझेर ईमान्दारीपूर्वक सार्बजनिक सेवा प्रदान गर्नु पर्ने हुन्छ । कोरोनाले नेपाल र नेपालीलाई दुःख नदेओस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । सबै सुरक्षित रहनुहोस् । धन्यवाद !

कीर्तिपुरबाट सन् २००४ मा France पुगेका




महेन्द्रराज के.सी.को भोगाइः



कीर्तिपुर न. पा.— ७, भाजंगाल, कीर्तिपुर निवासी महेन्द्रराज के.सी., हाल फ्रान्समा सपरिवार बसीरहनु भएको छ । अहिले फ्रान्सको पेरिस शहरमा बस्देै “आक फ्रेन्च रेस्टुरा“ मा काम गर्दै हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
हालसम्म म सुरक्षित नै छु । अहिले कोरोना भाइरसको कारणले यहाँ खाद्यान्न पसल, औषधि पसल र बैंक बाहेक सबै पसलहरु बन्द छन् । यहाँको सरकारले मार्च १५ देखि जुन १५ सम्म Shutdown गर्ने निर्णय गरेको छ । यहाँ बन्दले गर्दा जति पनि काम नपाई घरमा बसिरहेका छन् तिनीहरुलाई यहाँको सरकारले ८४५ फ्रेन्च फ्रान्क बेरोजगारी भत्ता उपलव्ध गराउँदै आएको छ । यस अवधिभर जो व्यापार ब्यवसाय गर्दै आएका छन उनीहरुलाई पनि बिद्युत महशुल र कर तिर्न नपर्ने भनेको छ । यहाँ पसलमा जति पनि खाद्यान्न छ, खाने कुराको कुनै कमी छैन तर केवल अभाव छ त मुखमा लगाउने मास्कको । यहाँ अस्पतालमा काम गर्ने मानिसहरुले बाहेक अरुले मास्क किन्न पाइदैन् ।

यतिखेर पेरिस एकदम सुनसान छ । यहाँको सरकारले बाहिर जान त दिएको छ तर अति आवश्यक वस्तुहरु खरिद गर्न मात्र । हामी सामान किन्न जान आउट पेपर (Out paper)  भर्नु पर्छ, के का लागि जाने हो, कहाँ जाने हो सबैकुरा खुलाउनु पर्छ । यो काम मोवाइलबाट पनि भर्न सकिन्छ । बाहिर पुलिसले सोध्दा माथि भरेर प्राप्त भएको अनुमति पत्र देखाउनु पर्छ । पेपर विना भेटिएमा १३५फ्रेन्च फ्रान्क जरिवाना लिन्छ । विद्यालय बन्द भएकोले बच्चाहरुका लागि भिजुअल अनलाइन कक्षा संचालन भइरहेको छ । यो लेख्दा सम्म फ्रान्समा २१३० जना मरिसकेका छन् भने १,६०,००० जना संक्रमित छन र ४०,००० जना निको भएर घर फर्किसकेका छन् । यहाँको राष्ट्रपतिले अस्पताल गएर अस्पतालमा काम गर्ने सवैलाई भेटेर मनोबल बढाउने काम गरेको देखिन्छ । अहिले यो समयमा फ्रन्ट लाइन बसेर ज्यानको बाजी लगाएर काम गर्ने नागरिकलाई सरकारबाट थप पैसा दिने निर्णय गरेको छ । जनतालाई बचाउन दिनरात सरकार लागि परेको छ, साथै यहाँ उपचार गर्न नसकेकालाई बाहिर देशमा पठाएका पनि छन् । तर मेरो देश नेपालको समाचार सुन्छु र पढ्छु दुःख लागेर आउँछ । यस्तो समयमा पनि नराम्रो समाचार सुन्न परिरहेको  छ ।
कीर्तिपुरबाट सन् २००४ मा Japan पुगेका




गौरी महर्जनको भोगाइः



कीर्तिपुर न. पा.—९, नगाउँ, कीर्तिपुर निवासी गौरी महर्जन, विदेश प्रस्थान गर्नु अघिMercantile communications pvt.Ltd  मा कार्यरत थिए । अहिले जापानमा सपरिवार रहीरहनु भएको छ । हाल Chiba prefecture, Kanto region of Japan  मा Plant Specialist को रुपमा Development of light recipe for plant growth (application of LEd lighting in vertical farming and greenhouse)  काम गरिरहनु भएको छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
अहिले सम्म यहाँ हामी सुरक्षित नै छौं तर सामान्य जीवनमा जस्तै मानिसहरुसंग सम्पर्कमा हुँदा डर लाग्छ । कोरोना भाइरसबाट सुरक्षित रहन परिवारका सदस्य सबै जना धेरै समय घरमा बसिरहेका छौं । म मार्चको शुरु देखि नै अफिसको काम तभभि(धयचप बाट गरिरहेको छु । हाम्रो अफिसको काम बाहिर रहेर गर्ने न्युन संख्यामा मात्र छन् । खाद्यान्न खरिद गर्न कुनै समस्या छैन । सबै सुपरमार्केटहरु खुल्ला छन् । जापानीज मानिसहरु  Strong safety consciousness, wearing mask, caring othe people गर्छन। जापानीजहरु आफुलाई जति चाहिने हो त्यति मात्र किनेर लैजान्छन, कुनै पनि सामानहरु स्टोर गर्दैनन् , स्टोर गरे भने अरुहरुलाई नपुग्न सक्छ भन्ने कुरामा हरेक मानिसहरुले यहाँ मनन् गर्छन् । यो हामीले पनि सिक्नु पर्ने कुरा हो ।  अन्य मुलुकमा झै यहाँ बाहिर जान कडा गरिएको छैन र जाँदा पनि जरिवाना लगाउदैन् तर यहाँ सरकारले बाहिर नजान अनुरोध गरिरहेकै हुन्छ । यस Crisis मा सरकारबाट सबै नागरिकहरुलाई १,००,००० (जापानी ऐन) रुपैया सहयोग स्वरुप प्रदान गरेको छ ।

ध्यान दिनुपर्ने कुराहरुः (not as an expert though)
१. पसल वा सुपरमार्केट अगाडि स्यानीटाइजर राख्ने ।
२. पसल जाँदा लिएर जाने बास्केट वा झोला नियमित रुपमा स्यानीटाइजेसन गर्ने ।
३. पसले वा क्यासीयरसंग भौतिक वा सामाजिक दुरी कायम गर्ने ।
४. घरको ढोकामा नैै स्यानीटाइजरको व्यवस्था गर्ने
५. बाहिरबाट घर आउनासाथ हातधुने र घाँटी गर्गल गर्ने ।
६. अरुको सुरक्षामा पनि ध्यान दिने ।

कीर्तिपुरबाट सन् २०१८ मा Sweden  पुगेका

राजन महर्जनको भोगाइः
 
कीर्तिपुर न. पा.—८, सिकुछें, पाँगा, कीर्तिपुर निवासी राजन महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा Civil Engineer को रुपमा Innovative Design concern Pvt.Ltd, Lalitpur and Morphogenesis consultant Pvt. Ltd, Kathmandu  मा कार्यरत थिए ।
हाल Sweden मा आफु एक्लै रहीरहनु भएका महर्जन, १ वर्षे Master cource लागि Linnaeus University  Project assistant ,मा अध्ययन गर्दै सोही  University मा Project assistant रुपमा कार्यरत हुनुुहुन्छ ।
Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
जुन दिनदेखि स्वीडेनमा कोभिड Outbreak भयो त्यही दिनदेखि यहाँको सरकारले व्यक्तिगत स्वास्थ्य बारे सचेत रहन साथै सामजिक वा भौतिक दुरी कायम गर्न अनुरोध  जारी ग¥यो । ५० जना भन्दा बढी मानिसहरु जम्मा हुन नपाउने सुचनासमेत जारी ग¥यो र कुनै ब्यक्तिमा कोभिडको सामान्य मात्र लक्षण देखिएमा पनि घरमा बस्न अनुरोध गरीयो ।
यो लेखिरहेको समयसम्ममा स्वीडेनमा १३,८२२ जना संक्रमित र १५११ जना कोभिडको कारण मृत्यु भएको देखिन्छ । यहाँ सवैभन्दा धेरै संक्रमित ठाउँ Stokholm region हो ।
यहाँ स्वीडेनमा बन्दाबन्दी (Lockdown) गरेको छैन् । यद्यपी School समेत बन्द गरेको छैन् । तर यहाँ बिद्यार्थीहरुलाई Online class सुरु गरी घरमा बिद्यार्थीहरुलाई ब्यस्त बनाइ राखेको देखिन्छ । स्वीडेनमा संक्रमित हुनबाट जोगाइ, संभव भएसम्म जोखिम समुहबाट टाढा राख्ने रणनीति अवलम्बन गरेको देखिन्छ । भ्याक्सिन नबनुन्जेलसम्म बन्दाबन्दीमा राख्न गाह्रो हुने र अर्थतन्त्र ह्रास नहोस भन्ने खातिर उनीहरुको प्रशासनले herd immunity वा  flock immunity  सिद्धान्तबाट नियन्त्रण गर्न खोजिएको छ । (नेपालमा यो विधि संभव हुदैन किनभने यो अत्यन्त राम्रो स्वास्थ्य सुविधा भएका देशमा मात्र संभव हुन्छ ।) यहाँका जनताहरु सरकारको सूचनालाई सकारात्मक रुपमा लिन्छन । हिजोका दिनहरुमा भन्दा आजकल बस, रेल, सुपरमार्केट र रेष्टुरेन्टमा मानिसहरुको भीड न्युन छ । अन्र्तराष्ट्रिय उडान ज्यादै कम छ । घरमा नै बसेर काम गर्न प्राथमिकता दिएको छ । तर शिशु स्याहार केन्द्र, निमार्ण कार्य र सार्वजनिक कार्यालयहरु संचालनमा रहेका छन् ।
मेरो तर्फबाट सुझावहरुः (not as an expert though)
१. हरेक क्रियाकलाप सावधानीपूर्वक गर्नु नै मूख्य रोकथाम हो ।
२. जोखिम समुह प्राथमिकरण गर्ने (जस्तैः रोग सहितका बृद्ध मानिसहरु, चिनी रोगी, मुटु रोगी तथा उच्च रक्तचापका आदि मानिसहरु) यिनीहरुलाई बिशेष निगरानीमा राख्ने ।
३. इच्छा अनुसारको रचनात्मक कार्य गरेर घरमा नै बस्ने
४. यो रोगलाई म जित्न सक्छु भन्नेमा विश्वस्त हुने तथा सकारात्मक सोच राख्ने ।
५. दिनदिनै बेसार र ज्वानोको उमालेर पानी सेवन गर्ने ।
कीर्तिपुरबाट सन् २०२० मा Portugal पुगेकी





सञ्जु आचार्यकी भोगाइः


कीर्तिपुर न.पा.—२, ट्यांगला फाँट, कीर्तिपुर निवासी श्रीमती सञ्जु आचार्य, विदेश प्रस्थान गर्नु अघि नेपालमा गोरखनाथ माध्यमिक विद्यालयमा अंग्रेजी बिषयको शिक्षिकाको रुपमा कार्यरत हुनुहुथ्यो ।
अहिले Portugal मा भाई बहिनीहरुका साथ बसीरहनु भएकोछ । हाल Potugal कोीगश  de Tavira मा Armazem Abilio justo as a packer मा काम गरिरहनु भएको छ ।

Cvid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
म पोर्चुगलमा आएको एक बर्ष समय पनि भएको छैन । सम्पूर्ण विश्वमा नै कोभिड–१९ ले दुःखदायी वा दयनीय अवस्था ल्याएको छ । यहाँ छिमेकी देशहरुको पनि दयनीय अवस्था छ तर यहाँ हामी सुरक्षित छौं । झण्डै एक महिना काम गर्न पाएको थिएन । बिदेशमा काम नगरी पैसा पाउदैन त्यसैले अहिले फेरि काम गर्न सुरु गरें । होटेलहरु, रेष्टुरेन्टहरु पूर्णरुपले बन्द छन् । यतिखेर यहाँ Commercial season को रुपमा लिइन्छ  किनभने यो पर्यटकीय क्षेत्र हो । यहाँ बन्दाबन्दीको कारणले गर्दा प्रायसः काम गर्ने मानिसहरुको आर्थिक स्थिति नाजुक भएको छ  । जो मानिसहरु होटेल र रेष्टुरेन्टमा काम गर्नेहरु पनि आजभोली कृषि क्षेत्रमा काम गर्न गएको देखिन्छ जस्तैः खेत खन्ने, फलफुल प्याकिङ आदि ।
यति नै धन्यवाद ।
समाप्त
बिदेशमा रही अन्य पेशामा कार्यरतअरु कीर्तिपुर बासिन्दाको अनुभब अर्को अंकमा प्रकाशित गर्नेछु । (क्रमशः)

No comments:

Post a Comment