Friday, May 8, 2020

विदेशमा चिकित्सा पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव

विदेशमा चिकित्सा पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव





नारायण महर्जन
नयाँबजार, कीर्तिपुर

विश्वका धेरै जसो देशहरु चाहे त्यो विकसित तथा अविकसित होस्, बि.सं. २०७६ पौषदेखि चीनको उहान प्रान्तबाट शुरु भएर महामारीको रुपमा फैलिरहेको Covid-19 रोगबाट आक्रान्त भइरहेको अवस्था छ ।

यो रोग उत्पन्न भएको यति छोटो समयमा जुन उग्र रुपमा संक्रमण फैलिएर संसार भरि यसले भय त्रास फैलाएको छ जसकारण यसको संक्रमणबाट बच्न बिश्वका कतिपय देशमा बन्दाबन्दी Lockdown, कतिपय देशमा Shutdown तथा कतिपय देशमा Emergency लागु गरिरहेको अवस्था छ । यस परिस्थितिमा हामी पनि विश्वको एक सदस्य देश रहेको नाताले नेपाल पनि यो रोगको भय र संत्रासबाट अछुटो छैन । तर पनि कोरोना भाइरस उत्पत्ति देश चीन, युरोपका देशहरु र अमेरिका आदि देशहरुमा महामारीको रुपमा जुन  समस्याको घेरामा रहेको छ त्यस किसिमको अवस्था हाम्रो देशमा छैन र त्यो अवस्था नहोस हामी कामना गर्न चाहान्छौं । 
सामान्यतया मानिसहरु एक ठाउँबाट, हरेक पक्षबाट राम्रो वा सुविधा भएको अर्को नयाँ ठाउँमा बसाइ सराई भइरहेको हुन्छ । यो एउटा जनसांख्यिकीय प्रक्रिया पनि हो । बसाइ सराई हुनु मानवीय स्वभाव पनि हो किनभने मानिस चाहाना हरेक समयमा अग्रपथमा लम्किन खोज्ने र नयाँ कुराको खोजीमा रहेका हुन्छन ।

यसै क्रममा हाम्रो देशमा रोजगारको अभाव वा गुणस्तरीय शिक्षा साथै समय सुहाउँदो शिक्षाको कमी महशुस गरी वा व्यक्तिको क्षमता भन्दा राजनीतिक शक्तिको पहुँचको आधारमा अवसर पाइने आदि भएकोले आफ्नो भविष्य सुनिश्चित गर्न नेपालीहरु विदेशिन वाध्य भएका छन् भन्दा अतियुक्ति नहोला । यसैक्रममा नेपालको राजधानी काठमाडौबाट ६/७ की. मी. दक्षिण पश्चिममा रहेको कीर्तिपुर नगरपालिकाबाट पनि थुप्रै मानिसहरु बिदेशिएका छन, कोभिड—१९ बाट संसार अक्रान्त भएको यस परिस्थितिमा कीर्तिपुर नगरपालिका जन्मी हुर्केका कीर्तिपुरबासी साथीहरु, दिदीबहिनी तथा दाजुभाईहरु बिश्वका बिभिन्न देशमा रोजगारको सिलसिलमा वा अध्ययनका लागि वा स्थायी बसोबासकै रुपमा रहनु भएका छन् । Covid-19 विश्वभरि फैलिएपछि यस क्षेत्रबाट विदेश भूमी (अमेरिका, बेलायत, अष्टे«लिया, क्यानाडा)मा बसेर चिकित्सा क्षेत्रमा कार्य गरी जीवनयापन गरिरहेका कीर्तिपुरीयनहरुको अवस्था र अनुभव बारे बुझ्न केही प्रश्नहरु पठाइ उहाँहरुवाट नै लेखी पठाउनु भएको उहाँहरुको भोगाई र अनुभव जस्ता तस्तै पस्किन खोजिएको छ ।

१. कीर्तिपुरबाट सन् २००६ मा अमेरिका पुगेकी कबिता महर्जनको भोगाइः







कबिता महर्जन
कीर्तिपुर न. पा.–९, नयाँबजार, कीर्तिपुर निवासी श्रीमती कबिता महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा त्रिविवि शिक्षण अस्पताल, महाराजगंजमा कार्यरत थिइन् । २०६२सालमा अमेरिकामा सपरिवार जानुभएको थियो । हाल अमेरिकाको टेक्सास राज्यको केलरमा रही Texas Health Arlington Memorial Hospital मा Rgistered Nurse को पदमा कार्यरत छिन् ।

Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः अहिलेको सन्दर्भमा विश्वमा अमेरिका नै कोरोना भाइरसबाट सवैभन्दा बढी प्रभावित मुलुक हो । तर आजकोे समयसम्म म जहाँ बसिरहेको छु (Texas,Keller)  मा न्युयोर्क, क्यालिफोर्निया, फ्लोरिडा स्टेट जस्तो अत्यधिक संक्रमण छैन् । सिंगो अमेरिकामा लगभग ११,५०,००० जनसंख्यामा संक्रमित भइ लगभग ६५,००० जना मृत्युबरण गरि सक्दा पनि यस ठाउँमा १५०० जना संक्रमित र लगभग २०० मृत्यु भएको पाइएको छ । मेरो काम अस्पतालमा भएको कारणले मलाई बिदा छैन । दिनहुँ नै जानु पर्छ । मेरो अस्पतालमा म सर्जरी वार्डमा काम गर्छु म जुन वार्डमा काम गर्छु त्यस वार्डमा यो कुरा लेखिरहनु भन्दा केही दिन अघि कोरोना पोजिटिभ ९१ वर्षका एक महिला विरामीलाई नै केयर गरिहेको थिएँ । दुर्भाग्यवस हाल उनी वितिसके उक्त समयमा म अस्पतालबाट उपलब्ध साधन PPE लगाई सेवामा रहन्थे । सो रातको ड्युटी सेवा पछि बिहान म आफ्नै सवारी साधन चलाएर आफ्नै घर आउँछु । हरेक दिन घरमा पुगी लगाएको लुगा फेरी नुहाइ धुवाइ गरी दैनिक रुपमा गाडीलाई स्यानीटाइजेसन गरी आफु पनि स्यानीटाइज्ड भइ घरमा साना नानीहरु साथै परिवारबाट अलग रुपमा अलग्गै कोठामा बसीरहेको छु । मेरो दैनिकी यसरी बिताइरहेकी छु । मेरो श्रीमानको पनि Construction Engineering  सम्वन्धी काम Essential काम अन्तर्गत यहाँको सरकारले राखेको कारणले उहाँ पनि दैनिक नै अफिसमा गइरहनु भएको छ । छोरीहरुको स्कुल बन्द भएकोले घरमा नै बस्छन् । यहाँ हामी सपरिवार भगवानको कृपाले स्वस्थ नै छौं ।

सुझावः १. कोरोना—१९ बाट बिजय पाउन सरकारले आफ्नो परिवेश अनुसार तयार गरेको Coronavirus disease (Covid-19) advice for the public (कोरोना भाइरस रोग सम्वन्धी सुझावहरु) नागरिकले मान्नु पर्छ वा सो निर्देशन पछ्याउनु पर्छ ।
२. कोरोना भाइरस लाग्न नदिन ब्यक्तिगत र पारिवारिक सतर्कता अपनाउनुको साथसाथै आफुमा (Will power)  आत्मबल पनि बलियो हुनुपर्छ (बनाउनु पर्छ) ।

२. कीर्तिपुरबाट सन् २००४ मा बेलायत पुगेकी बीणा महर्जनको भोगाइः 




 

बीणा महर्जन
कीर्तिपुर—९, नयाँबजार, कीर्तिपुर निवासी श्रीमती बीणा महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा मिसन अन्तर्गत संचालनमा रहेको पाटन अस्पतालमा कार्यरत थिइन् । हाल बेलायतमा सपरिवार रहीरहनु भएको छ । हाल बेलायतको 10 Chitten close Brinsfield Qxford University Hospital  मा रही John Redcliffe NHS Trust Oxford University Hospital Staff Nurse को पदमा कार्यरत छिन् ।
कोभिद–१९ विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
हालसम्म म स्वस्थ नै छु । तर मेरो परिवारमा दुर्भाग्यवस मेरो श्रीमानलाई कोरोनाबाट संक्रमित भइ लक्षणहरु देखापरेको छ । उहाँलाई म र छोराछोरीबाट अलग वा आइसोलेट गरेको छु । यो लकडाउन र आइसोलेसनमा बस्न गाह्रो भएको अनुभब गरिरहेको छु ।
सुझावहरुः
१. शारीरिक तथा मानसिक रुपमा बलियो हुनु पर्ने साथै  सकारात्मक रहनु जरुरी छ ।
२. व्यक्तिगत सरसफाई यसबारे आफुले जानेको अरुलाई  कजबचभ गर्नु जरुरी छ ।
३. सामाजिक दुरी कायम गर्न जरुरी देख्छु ।
४. नियमित रुपमा घर तथा बारम्वार छुने सामानहरुलाई  Clean and disinfect  गर्न जरुरी छ ।

३. कीर्तिपुरबाट सन् २००५ मा बेलायत पुगेकी दानमाया महर्जनको भोगाइः 



दानमाया महर्जन
कीर्तिपुर— ८, ढोकासी, पाँगा, कीर्तिपुर निवासी श्रीमती दानमाया महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा त्रि वि वि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत थिइन् । हाल बेलायतमा सपरिवार रहीरहनु भएको छ । हाल बेलायतको चाल्टन, साउथ इष्ट लण्डनमा रही  Lewisham and Greenwitch NHS Trust (Queen Elizabeth Hospital)  मा Critical Care Nurse को पदमा कार्यरत छिन् ।
Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः
म १४ बर्ष देखि बेलायतको नेसनल हेल्थ सर्भिसमा काम गर्दै आएको छु । अहिले कोभिड २०१९ वा कोरोना भाइरसको संक्रमणले विश्व नै त्रसित छन् । कोरोना भाइरस संक्रमणले गर्दा एकै दिनमा हजारौं हजार मानिसहरुले ज्यान गुमाइरहेका छन् । म एक जना नर्सको नाताले कोरोना भाइरसको संक्रमित बिरामीहरुको स्वास्थ्य उपचारमा सलंग्न हुँदै आइरहेकी छु । भाइरसको संक्रमणले संसार भरि नै अस्पतालमा संक्रमित बिरामीहरुको ओइरो लागेको र मरिरहेको समाचार सबैलाई अवगत नै छ ।

यस्तै गरी बेलायतमा म काम गर्ने अस्पतालमा मेरो विभाग (आसीयु) मा मात्र एक महिनामा (१८ मार्च–१७ अप्रिल २०२०) १०० जना बिरामी उपचारका लागि भर्ना भएको छ । जस्मा ८१ जना कोभिड भाइरसबाट संक्रमित थिए । त्यसमा २५–८६ बर्ष सम्मको थिए भने ६१ जना पुरुष र २० जना महिला थिए । प्रायःजसो बिरामीहरुमा पहिला देखि नै डायबेटीज, उच्च रक्तचाप र स्वास प्रस्वास समस्या पाइएको छ । यसवाट के भएको पाइन्छ भने कोरोना भाइरसबाट जो कोहीलाई पनि संक्रमण हुन सक्छ तर माथि उल्लेखित स्वास्थ्य समस्या भएका मानिसहरुलाई छिटै संक्रमण भएको मैले देखें । म अस्पतालमा एएभ् लगाएर सेवा गरिरहेको छु । यो पनि लगाउने र फुकाल्ने निश्चित नियम हुन्छ । लकडाउनको ३ हप्ता पछि नै विरामीको चाप कम भएको महशुस गरिरहेको छु ।

घर आएपछि सबैभन्दा पहिला आउने बितिकै नुहाइ धुवाई गरी अस्पताल जाँदा लगाएको लुगा फेरेर छुट्टै राख्छु । खाने बस्ने काम अलग्गेै गरिरहेको छु । परिवारसंग अलग बसिरहेको छु । अहिलेसम्म हामी सबै परिवार स्वस्थ नै छौं ।
सुझाबहरुः
१. धेरै मानिसहरुसंग भेटघाट नगर्दा राम्रो
२. सरकारले टोकिएको लकडाउनको नियम पालना गर्नु राम्रो
३. सामाजिक दुरी कायम गर्नुपर्ने
४. घरबाट बाहिर गएर आएपछि हातखुट्टा सफासंग धुनु पर्ने
५. लक्षण देखापरेको शंका लागेमा तुरुन्तै अस्पतालमा जाने ।

४.कीर्तिपुरबाट सन् २००७ मा अष्टे«लिया पुगेका हर्षमान शाक्यको भोगाइः 



हर्षमान शाक्य
कीर्तिपुर—१०, नयाँबजार, कीर्तिपुर निवासी हर्षमान शाक्य, विदेश प्रस्थान गर्नु अघि नेपालमा बन अधिकृतको रुपमा Nepal Agricultural Foundation  मा कार्यरत थिए । हाल अष्टे«लियामा सपरिवार रहीरहनु भएको छ । हाल अष्टे«लियाको सिड्नीमा रही Blacktown ospital, Sydney  मा Registered Nurse को पदमा कार्यरत छ ।
Covid -19  विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
म अस्पतालमा कार्य गर्ने ब्यक्ति भएकोले घरमा बस्न पाउदिन् । हामी हाम्रो काममा लाग्नु अघि हरेक दिन तापक्रम जाँच्छौं । मैले covid विरामीसंग काम गर्नु पर्दैन। ती विरामीहरुलाई  अलग्गै वार्डमा राखिएको छ । म उकथअजष्बतचष्अ धबचम मा काम गर्छु ।
कुनै पनि विरामी आउँदा पहिले नै screening गरेर त्यस covid वार्डमा पठाइन्छ । विरामी भेट्ने समय बिहान ८ः०० बजे देखि राती ८ः०० थियो, covid विरामीको कारणले गर्दा यसलाई घटाएर बिहान ९ः०० बजे देखि दिउँसो १२ः०० बजे सम्म appointment लिएर मात्र भेट्न पाउँछ ।
केटाकटीहरु लिएर कहीं बाहिर जान पाइरहेका छैनौं । हामी हामीलाई चाहिने अति आवश्यक सामानहरु खरिद गर्नका लागि बाहिर मात्र जान्छौं । सपरिवार अहिले सम्मका लागि स्वस्थ नै छ ।
सुझावहरुः
१. हात नधोइकन नाक, मुख र आँखामा नछुनुहोस् ।
२. सामाजिक दुरी कायम गर्नुहोस् । 
समाप्त
बिदेशमा रही अन्य पेशामा
कार्यरत कीर्तिपुर बासिन्दाको अनुभब अर्को अंकमा प्रकाशित गर्नेछु ।

No comments:

Post a Comment