Thursday, April 9, 2020

की.न.पा. वडा नं.८ मा घर घरमा गई ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण शुरु

की.न.पा. वडा नं.८ मा घर घरमा गई ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण शुरु

बागमती प्रदेश सांसद पुकार महर्जन स्वास्थ्यकर्मि जितेन्द्र महर्जनलाई दुई थान पीपीई हस्तान्तरण गर्नुहुँदै ।

विश्वव्यापी संक्रमित कोरोना भाइरसका कारण नेपाल सरकारले दुई हप्ता पहिलेदेखि लक डाउन गरिएका कारण ज्येष्ठ नागरिकहरू घरबाट निस्कन पाएका छैनन् । बराबर ब्लड सुगर टेष्ट गरी औषधी खानुपर्ने ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको ख्याल राखी कीर्तिपुर नगरपालिका वडा नं.८ का वडाध्यक्ष विनोद महर्जनले बालकुमारी प्याथोलोजी धोकासी पाँगासँग सम्झौता गरी उक्त प्याथोलोजीका स्वास्थ्य कर्मिहरू जितेन्द्र महर्जन र देवकी कार्कीलाई ज्येष्ठ नागरिकहरुको घर घरमा गई सेवा प्रदान गर्ने जिम्मेवारी दिनु भएको छ । 
                      की.न.पा. वडा नं.८ का वडाध्यक्ष विनोद महर्जन स्वास्थ्यकर्मि जितेन्द्र महर्जनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुहुँदै ।

उक्त सेवा अन्तर्गत १.फास्टिंग ब्लड सुगर २.युरिक एसिड ३.लिपिड प्रोफाईल (कोलस्टोर) को परिक्षण गरिने छ ।

                             वडासदस्यहरु नरेन्द्र श्रेष्ठ र राजेश महर्जन स्वास्थ्यकर्मि जितेन्द्र महर्जनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुहुँदै ।

स्वास्थ्यकर्मिहरूको लागि दुई थान पीपीई बागमती प्रदेश सांसद पुकार महर्जनले उपलब्ध गराउनु भएको हो । 
                           पीपीई लगाएर  बरिष्ठ पत्रकार नजरराम महर्जनको ब्लड सुगर टेष्टको लागि रगत संकलन गर्दै उद्घाटन गरियो ।

२७ गते विहान पत्रकार नजरराम महर्जनको सुगर टेष्टबाट कार्यक्रमको सुरुवात गरिएको छ ।
पीपीई लगाएर वडाध्यक्ष विनोद महर्जनको ब्लड सुगर टेष्ट लिंदै ।

1 comment:

  1. हाम्रा वडा अध्यक्षलाइ त कसैले डाेड्याएर लगिदिएमात्र हाे अाफै त जाँदैनन् । स्वास्थ्य जाँच के हाेला र ?

    ReplyDelete