Thursday, April 9, 2020

कीर्तिपुर सहकारी संजालले सामाजिक उत्तरदायित्व निभायो

कीर्तिपुर सहकारी संजालले सामाजिक उत्तरदायित्व निभायो 
कीर्तिपुरमा लगभग ८० वटा सहकारीहरू रहेकामा ६५ वटा सहकारीहरू सक्रिय रुपमा क्रियाशील छन । त्यसमध्ये ३२ वटा सहकारीहरू मिलेर सहकारी संजाल कीर्तिपुर गठन गरेका छन । ती सहकारी संजालले आज चैत २७ गते विहिवार  रु.१,६५,०००/ मूल्य बराबरको ३ लेयरको १५ हजार थान मेडिकल मास्क र रु.१,४२,५००/ बराबरको २५ के.जी.को सोना मन्सुली चामल १०० बोरा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई हस्तान्तरण गरिएको छ ।
                                         सञ्जालका राममान सिंह विज्ञप्ती वाचन गर्दै
सहकारी संजालको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस(COVID-19)  रोगले महामारी लिएको अवस्थामा हाम्रो देशमा पनि उक्त रोगले असर पारी खाद्यान्न तथा मास्कको अभाव भएको अवस्थालाई मध्यनजर राखि यस कीर्तिपुर सहकारी सञ्जालले सामाजिक उत्तरदायित्व वहन तथा जिम्मेवारीलाई ध्यानमा राखी तपलिका सामानहरु राहत सहयोग स्वरुप हस्तान्तरण गरेका छौं ।
दिल बहादुर महर्जन संयोजकले हस्ताक्षर गर्नु भएको छ ।
               सञ्जालका संयोजक दिलबहादुर महर्जन मेयर रमेश महर्जनलाई सहयोग पत्र हस्तान्तरण गरिंदै
सो सामान र सो पत्र बुझने क्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले आजबाट की.न.पा.को १० वटै वडामा पहिलो चरणको राहत सामाग्री वितरण गरिएको छ । जसमा रु.४८ लाख खर्च भएको छ । यो आउने बैशाख ३ सम्मको लागि हो । यो भन्दा थप लकडाउन लम्बियो भने समस्या अझ विकराल हुनेछ । आपतको बेला सबैले सहयोग गर्न अपिल गर्नुभयो । अहिले व्यक्तिगत सामाजिक संघ संस्थाहरूले पनि सहयोग गरिरहेको बताउनु भयो ।
मास्क र चामलको बोरा नमूनाको रुपमा हस्तान्तरण गरिंदै
उक्त अवसरमा उपमेयर सरस्वती खडका, वडा नं.८ का वडाध्यक्ष विनोद महर्जन र संञ्जालका तर्फबाट राममान सिंह, हिराबहादुर महर्जन, ज्ञानरत्न महर्जन, राजेश महर्जन लगायतको उपस्थिति रहेका छन ।
सामान हस्तान्तरण कार्यक्रम नगरपालिकाको नयाँ भवनमा भएको हो ।


No comments:

Post a Comment