Wednesday, April 8, 2020

बागमति प्रदेश सांसद पुकार महर्जनको संयोजकत्वमा कीर्तिपुरमा सर्वदलिय बैठक

बागमति प्रदेश सांसद पुकार महर्जनको संयोजकत्वमा कीर्तिपुरमा सर्वदलिय बैठक




विश्वव्यापी संक्रमित कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा राहत वितरण सम्बन्धमा कीर्तिपुर नगरपालिकाभित्र प्रदेश स्तरी बजेट परिचालन सम्बन्धी वैठक बागमती प्रदेश सभा सदस्य पुकार महर्जनको संयोजकत्वमा तपसिलका राजनैतिक दलहरुको प्रतिनिधिहरु बीच छलफल गरियो । उक्त अवसरमा संघीय सांसद राजेन्द्र कुमार के.सी. र मेयर रमेश महर्जनको विशेष उपस्थिति रहेका थिए ।

१.प्रदेश सांसद पुकार महर्जन संयोजक
२.विशेष उपस्थिति संघीय सांसद राजेन्द्र कुमार के.सी.
३.विशेष उपस्थिति मेयर रमेश महर्जन
४.नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव राजकुमार नकर्मि
५.ने.क.पा.काठमाडौं जिल्ला सदस्य शम्भुराम महर्जन
६.ने.कपा.काठमाडौं जिल्ला सदस्य हिराबहादुर महर्जन
७.ने.का.नगरसभापति कृष्णमान डंगोल
८.ने.क.पा. नगर अध्यक्ष विकास महर्जन
९.रा.प्र.पा. क्षेत्रिय अध्यक्ष जित वहादुर विष्ट
१०.ने.म.कि.पा केन्द्रिय सदस्य नारायण महर्जन
११.समाजवादी पार्टी नेपाल जिल्ला सदस्य नजरराम महर्जन
१२.प्रहरी नायव उपरिक्षक छेदीलाल कामती को उपस्थिति रहेका थिए ।

संयोजक पुकार महर्जनले बागमती प्रदेश सरकारले प्रत्येक नगरपालिकालाई राहत वितरणको लागि रु.१२ लाख उपलब्ध गराएको छ । सो रकमको दुरुपयोग नहोस भनी अनुगमन गर्न निर्देशन आए बमोजिम के कसो गर्ने हो सो बारे छलफल गर्न यो बैठक बोलाएको बताउनु भयो ।
संघीय सांसद राजेन्द्र कुमार के.सी.ले विश्वव्यापी संक्रमित कोरोना भाइरसको विरुद्ध लड्न हामी सबै एकजुट हुनुपर्छ । यसको लागि बन्दा बन्दीको पूर्ण पालना गर्नुपर्छ । काम नगरी खान नपाउनेहरुको लागि यो राहत सामाग्री वितरण गर्न लागेको हो । यसमा कोही नछुटोस भन्ने राम्ररी ख्याल राख्नु पर्छ ।

राहत वितरण र कोष परिचालन सम्बन्धी निकैबेर छलफल गरी प्रदेश, केन्द्र या स्थानीय तह जहाँबाट आए पनि एक द्वार प्रणाली अन्तर्गत कीर्तिपुर नगरपालिका मार्फत राहत सामाग्री वितरण गर्ने निर्णय गरियो । नगरस्तरीय अनुगमन समिति बनाई प्रदेश सांसद र संघीय सांसदलाई सल्लाहकारको रुपमा राखिने निर्णय भयो ।

मेयर रमेश महर्जनका अनुसार प्रत्येक वडाबाट लागत संकलन भई आएको अनुसार १० वटा वडामा गरी ४ हजार परिवारको प्रति परिवार ४ जनाको दरले १६ हजार जना पुगेको बताउनु भयो ।
घरपतिहरुलाई सहयोग नगर्ने भन्ने जुन हल्ला चलाईयो यो गलत हो । आवश्यक परेका सबैलाई दिने बताउनु भयो ।


अहिलेलाई एक हप्ताको लागि राहत वितरण गर्न लागेको छ । जसमा एक जना व्यक्तिलाई दिनको ४०० ग्राम चामलका दरले ७ दिनको २८०० ग्राम हुने हो सो मा २०० ग्राम थप गरी ३ किलो चामल त्यस्तै परिवारमा सदस्य संख्या अनुसार दाल, चिनी, तेल र नून दिने बताउनु भयो ।
सो राहत वितरण प्रत्येक वडाले भोलि २७ गते विहिवारदेखि गर्ने बताउनु भयो ।

No comments:

Post a Comment