Sunday, April 26, 2020

नेपालका लागि एक महिना धान्ने खाद्यान्न आफूहरूसंग रहेको


नेपालका लागि एक महिना धान्ने खाद्यान्न आफूहरूसंग रहेको 

—केदारनाथ शर्मा अध्यक्ष शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको, कीर्तिपुरमा शाखा कार्यालय रहेका शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरसका कारण लकडाउनमा बसेका विपन्न वर्ग, मजदुर वर्ग र विद्यार्थीहरूको लागि कीर्तिपुर नगरपालिका मार्फत पटक पटक सहयोग गर्नु भएको छ ।

२०७६ चैत २३ गते जिरा मसिनो चामल १५०० के.जी., दाल १०० के.जी. र सनफ्लावर तेल १५० लि. कीर्तिपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गंगाराम महर्जनलाई प्रवन्धक लिलानाथ गौतमले हस्तान्तरण गरी सहयोग गर्नु भएको थियो । 
लकडाउनको अवधि थपिंदै गयो । त्रि.वि.मा पढ्ने विद्यार्थीहरूलाई पनि सहयोग गर्न मांग भएबमोजिम २०७७ बैशाख ६ गते ३०० जना विद्यार्थीहरूलाई चामल ४५०० के.जी., दाल ६०० के.जी. सनफ्लावर तेल ३०० लि. संस्थाका अध्यक्ष केदारनाथ शर्माले विद्यार्थी नेता ऐन महर र मंगल थापालाई की.न.पा. वडा नं.७ का अध्यक्ष राजकुमार माली र ९ का अध्यक्ष गंगाराम महर्जनको रोहबारमा सहयोग दिनुभयो । 

बैशाख ७ गते फेरि ६०० जना विद्यार्थीहरूको लागि चामल ३००० के.जी. र दाल ६०० के.जी सहयोग गरेका थिए । यसरी ३ पटक गरी जिरा मसिनो चामल ९००० के.जी., दाल १३०० के.जी. र सन्फ्लावर तेल ७५० लि. गरी ९ लाख जतिको सहयोग गर्नु भएको छ ।

बैशाख ६ गते राहत वितरण कार्यक्रममा सहभागिता जनाउँदै शिखरदीप सहकारीका अध्यक्ष केदारनाथ शर्माले कोही भोका नरहुन भनेर आपूmले सक्दो सहयोग गरेको बताउनु हुँदै नेपालका लागि एक महिना धान्ने खाद्यान्न आपूmहरूसँग रहेको बताउनु भयो । 

उनले देशले भोगीरहेको कोरोना भाइरसको विषम् परिस्थितिमा जनताको घरघरमा पुग्न सरकारसंग सहकार्य गर्न तयार रहेको पनि वताए । उनले अहिले चामल, दाल, मैदा, घिउ तेल, चिनी चियापत्ती, मह, जाम, अचार, जिरा, धनियाँ लगाएतका २५४ प्रकारका उपकार ब्राण्डमा उत्पादन भइरहेको बताएका छन् ।

उनले भने ‘सरकार छ महिनालाई पुग्ने खाद्यान्न छ भनिरहेको छ, हामीसंग एक महिना पुग्ने खाद्यान्न छ, हामी नेपाल सरकारसंग सहकार्य गर्न चाहन्छौं । अहिलेको अवस्थामा सदाको भन्दा पाँच प्रतिशत छुटमा हाम्रा उत्पादनहरु घरघरमा पु¥याइदिएका पनि छौं । देश कोरोना भाइरसको त्रासका कारण लकडाउन (बन्दाबन्दि) मा रहेको बेला हामीले होम डेलीभरी गरेर सदस्य तथा सर्वसाधारणकोमा खाद्यान्न पु¥याएका छौं ।


शिखरदिप बहुउद्देश्यीय सहकारीको काठमाडौं उपत्यकामा ७ वटा सेवा केन्द्र रहेको र सवै सेवा केन्द्र तथा कम्पनीको विक्री केन्द्र मार्फत उत्पादनहरू देश भरी पाँच प्रतिशत छुटमा विक्री गरीरहेको उनले बताए । 

हामी गल्लीगल्लीमा हाम्रा उत्पादनहरू पु¥याएर सेवा दिइरहेको र मूलुकलाई परेको यो संकटको घडीमा नेपाली जनता तथा सरकारलाई दिलो ज्यान लगाएर सहयोग गर्न तयार रहेको अध्यक्ष शर्माले बताए । उनले भने देशभर तीनहजार जना कर्मचारी मार्फत सेवा दिइरहेको छौं ।
सदस्यहरूलाई निशंकोच संस्थाका उत्पादन उपभोग गर्न र संस्थासंग वित्तिय कारोवार गर्न पनि अनुरोध गरे, उनले भने संस्थागतरुपमा हामी बलियो छौं । हामी सहकारी मोडलको नमूना ब्यवसाय गरेर देखाउन चाहन्छौं, सरोकारवालाहरूले यसका बाधाहरू फुकाइदिनु पर्छ । सहकारीलाई ब्यवसाय गर्न दिनु पर्छ सहकारी उत्पादनको आफ्नै ट्रेडमार्क हुनु पर्छ, ।

उनले अहिले सहकारी र निजीलाई समेटेर काम गरिहेको बताएका छन् । सहकारी मार्फत मात्र काम गर्न कानूनी अड्चन भएकोले बाध्य भएर कम्पनी मार्फत खाद्य सामाग्री उत्पादन गर्नु परेको र सहकारी मार्फत प्रवद्र्धन र वितरण भइरहेको छ । ‘देश ब्यापी रूपमा खाद्यान्न तथा कृषि सामाग्रीको बजारीकरण गरिरहेका छौं । सहकारी मार्फत ठूलो उद्योग संचालन गर्न विभिन्न कानुनी अड्चन छन् । सहकारी संस्थाहरू चाहेर पनि उत्पादनमा जान सकेका छैनन् ।

राज्यले सहकारीलाई बचत संकलन तथा ऋण लगानीमा मात्र सिमित नरहेर उत्पादनमा जानु पर्छ भनेको छ, उद्देश्य अनुसार ७० प्रतिशत काम गर्नु पर्छ भनेको छ, तर हामी चाहेर पनि जान सहकारी मार्फत जान सकिरहेका छैनौं । राज्यले सहकारीलाई उत्पादनमा जान सक्ने बाताबरण वा कानुन निर्माण गरि दिनु पर्छ । यसकालागि सरोकारवालाहरूले सहजीकरण गरिदिनु पर्छ । सहकारीका नेताहरूले सहकारीलाई अनुदान र कमिशन मिलाउने काम गर्नु भन्दा पनि सहकारीलाई ब्यवसायीक रूपमा अघी वढ्न बाधा बनेका कानूनी अड्चन हटाउने तर्फ पहल गर्नु पर्छ ।
अव सहकारीको उत्पादन निर्यात पनि हुनु पर्छ । बजार हामी संग छ, बजारको ग्यारेण्टी हामी लिन्छौं । हामी देश भरीका सहकारीका उत्पादनको जिम्मा लिन्छौ । तर राज्यले हामीलाई सहकारी मार्फत ब्यवसाय गर्न दिनु पर्छ । भाषणमा मात्र सहकारीलाई उत्पादनमा जानु पर्छ भनेर हुन्न । 

No comments:

Post a Comment