Monday, April 27, 2020

सहयोगी हातहरू निरन्तर बढ्दै

सहयोगी हातहरू निरन्तर बढ्दै

कीर्तिपुर सन्देश साप्ताहिक बैशाख १० गते प्रकाशित


मानिस ठूलो दिलले हुन्छ । पैसा हुँदैमा मानिस धनी हुँदैन । मनको धनी पो धनी हुन्छ । जसले आपूm पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने भावना राख्छ । आपत विपतको बेला सहयोग गर्ने पो असली सहयोगी हुन्छ ।


विश्वव्यापी कोरोना भाइरसबाट संक्रमित भएपछि नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरियो । जसले गर्दा दैनिक कमाएर खानुपर्ने असंगठित मजदुर र विपन्न वर्गलाई हात मुख जोड्न धौ धौ हुन थाल्यो । यस्तो अप्ठ्यारो अवस्था देखेर कीर्तिपुर नयाँबजारका मनकारी समाजसेवी पाँच जना युवाहरू विनोद महर्जन, रबिन्द्र महर्जन, सकेश महर्जन, नवीन श्रेष्ठ र कृष्ण श्रेष्ठले “निःशुल्क खाना केन्द्र” फ्लेक्स राखी तःगःवपि (नगाउँ दोबाटो) र अमल्सि (लोकतान्त्रिक चोक)मा गरी दुई ठाउँमा तयारी खाना प्याकेट वितरण गर्न थाले । 

उनीहरूको कामबाट प्रभावित भएर त्यही दिन साँझको खाना वितरण गर्ने बेलासम्म शिव कुमार श्रेष्ठ र नयन तामाङ दुई जना सहयोगी हात लिएर उनीहरूको समूहमा आए । यसरी ५ जनाबाट ७ जना भयो । उनीहरूले निःशुल्क खाना खुवाउने क्रम जारी राख्दा फेरि महेश डंगोल र संगम महर्जन पनि साथ दिन आए । उनीहरू ९ जना मिलेर २०७६ चैत २३ देखि २०७७ बैशाख ३ गतेसम्म खाना बाँडे ।


पेप्सीकोलास्थित सनसीटी आवास गृहमा एकै दिन ३ जनामा कोरोना संक्रमण देखिए पछि आफ्नो सुरक्षाको लागि बैशाख ४ र ५ गते दुई दिनको लागि खाना बाँड्ने काम स्थगित गरियो । दुई दिन खाना नबाँड्दा भोका पेटहरूले उहाँहरूसँग खानाको लागि मांग गर्न थाले । उहाँहरूलाई सहयोग गर्न नयाँबजारका दिनेश महर्जन, रमेश महर्जन, त्रीचन्द्र महर्जन र नयाँबजार परिवार अगाडि आएपछि उहाँहरूले फेरि ६ गतेबाट निशुल्क खाना वितरण सुरु गरियो । कीर्तिपुरमा मात्र होइन अन्त पनि खाना वितरण गर्न मांग आएपछि बैशाख ८ गतेबाट पाँगाको धोकासीमा पनि निःशुल्क खाना वितरण सुरु गरिएको छ । यसरी अहिले ३ ठाउँमा गरेर दिनको एक हजार भन्दा बढी खाना प्याकेट वितरण गरिरहेका छन ।

लकडाउनभन्दा पहिले विभिन्न होटलहरुको भरमा रहेका सडक कुकुरहरू हाल होटल र पसलहरू बन्द हुँदा खान नपाएर मर्नु न बाँच्नु भएका थिए । ती सडक कुकुरहरूलाई पनि बाल्टिनमा खाना राखेर बसिरहेकै ठाउँमा गइ खाना खुवाउन थालेका छन । मानिसलाई मात्र होइन जनावरहरूलाई पनि सेवा गरेका कारण मानिसहरूले उहाँहरूको मनकारी समाजसेवाको प्रशंसा गर्न थालेका छन । 
मिति २०७७ बैशाख १० गते कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित समाचार

तर बैशाख १५ गतेको एउटा राष्ट्रिय दैनिक पत्रिकामा उपमेयर सरस्वती खडका र वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जनको भनाई उदधृत गर्र्दै यी निःशुल्क खाना केन्द्र मारवाडी सेवा समाज, एभरेष्ट चिल्ड्रेन र स्थानीय व्यवसायीको पहलमा नगरपालिकामा निःशुल्क खाना वितरण गरिरहेको भन्ने समाचार प्रकाशित भए पछि मनकारी समाजसेवीहरुले चित्त दुखाएका छन । ती युवामध्ये एक जना रबिन्द्र महर्जनकाअनुसार आपूmहरु प्रचारमा आउन नचाहेको कारण फेसबुक, अनलाईन, यू ट्युव केहीमा नराखिएको अहिले यस्तो झुटा प्रचार गरिएको छ । 


  रबिन्द्र महर्जन भन्नुहुन्छ मारवाडी सेवा समाज, एभरेष्ट चिल्ड्रेन भन्ने कुन संस्था हो थाहा छैन । उनीहरुबाट हामीले एक पैसा सहयोग लिएको छैन । हामीले कसैसँग सहयोग माग्न गएको पनि छैन । हाम्रो कामबाट प्रभावित भएर कसैले तरकारी, कसैले मासु, कसैले चामल सहयोग गर्नु भएको छ । त्यो लेखाजोखा हामी अन्तमा प्रकाशित गर्नेछौं र हामीलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद पनि दिन चाहन्छु । अहिले हामीले वडा नं.१० को लोकतान्त्रिक चोकमा विहान वेलुका गरेर ४०० प्याकेट, वडा नं.९ नगाउँ दोबाटोमा विहान बेल्ुका गरेर करीव ४००, वडा नं ८ मा विहान बेलुका गरेर ४५०, बैशाख १४ गते वडा नं.५ को कन्याम चौरमा पनि विहान बेलुका गरेर दिनको ४५०, कीर्तिपुर अस्पतालमा पनि विरामी र विरामी कुरुवाहरुको लागि दिनको ४० देखि ६० प्याकेट खाना वितरण गर्दै आइरहेको थिएँ । काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भयो ।

No comments:

Post a Comment