Wednesday, August 28, 2019

पाँगाको गौतम बुद्ध बिहारको अस्तित्व संकटमा

पाँगाको गौतम बुद्ध बिहारको अस्तित्व संकटमा






—नजरराम महर्जन

मानिस यस धरतिमा जन्मेपछि मर्नु पर्छ । यो धु्रव सत्य हो । मानिस आमाको पेटबाट नांगै जन्मिन्छ । मर्ने बेला पनि नांगै जानु पर्छ । यो धरतिमा आपूmसँग जतिसुकै धनसम्पत्ति भए पनि मर्दा साथ लिएर जान पाउँदैन । सबै यहिं छाडेर जानु पर्छ । संगै लैजाने भनेको आपूmले गरेको सत्य कर्म र दुश्कर्म मात्र हो । जसले सत्कर्म गर्छ उसलाई युगौं युगसम्म सम्झिरहन्छ । जसले दुश्कर्म गर्छ उसलाई दागवत्ती दिएसँगै सबैले विर्सन्छ । यही कुरालाई बुझेर होला मरेर गएपछि पनि आफ्नो र पुर्खाको नाम राख्न हाम्रा पुर्खाहरुले आफ्नै खर्चमा पाटी पौवा, ढुङगे धारा, मठ, मन्दिर बनाएर तिन पुस्ता चारपुस्ताको नाम शिलापत्रमा राखेर अमर भएर जान्छन् । यसरी पुर्खाहरुले बनाएर गएको सम्पदाका कारण आज हामी गौरवान्वित छौं ।

कीर्तिपुर नगरपालिका वडा नं.५ पाँगा धुसिटोलका कृष्ण बहादुर महर्जनले पनि धुसिटोलमा आफ्नो पुर्खा र भावी पुस्ताको समेत नाम राख्न विभिन्न देवी देवताहरुको मूर्ति स्थापना गरी जानुभयो । पहिले धुसिमा सिंगो गणेश मन्दिर मात्र थियो । जुन पाँगाको मुख्य गणेश थियो । पाँगामा कुनै पनि जात्रा पर्व हुँदा त्यहींबाट सुरु हुन्छ । कृष्णवहादुर महर्जन बुद्ध धर्मप्रति आस्था भएका कारण उहाँले धुसिमा चीभाः राख्नु भयो । यतिले मात्र चित्त नबुझेर उहाँले भगवान बुद्धको मूर्ति बनाएर विहार स्थापना गर्ने सोच्नुभयो । उहाँ बुद्धधर्मप्रति आस्था भएको कारण हरेक महिना बुद्ध पूजाको अवसरमा जताततै जानु हुन्छ । आफ्नै घरमा पनि भिक्षु बोलाएर बुद्ध पूजा गर्नुहुन्थ्यो । उहाँले माछा मासु, जाँड रक्सी सबै छाड्नु भयो । उहाँको पहलमा पाँगामा बेला बेलामा बुद्ध पूजाको आयोजना हुन्थ्यो । भिक्षु भिक्षुनीहरुलाई बोलाउनु हुन्थ्यो । उहाँको उपनाम नै भन्ते कृष्णवहादुर भन्न थाल्यो । तर उहाँ भन्ते हुनुभएन ।

कीर्तिपुर क्षेत्रमा कहिं पनि बुद्धको मूर्ति या विहार थिएन । त्यसैले उहाँले २०१९ सालतिर महाप्रज्ञा भन्तेलाई बोलाएर आफनै घरमा राखी पद्म आशनमा विराजमान भगवान गौतम बुद्धको मूर्ति बनाउन लगाउनु भयो । मूर्ति स्थापना  गर्न विहारको आवश्यकता भयो । उहाँले विहार बनाउन त्यहिं नजिकै रहेको करेसा बारी पाँगा हेखाली टोलका जितलाल महर्जन र पूर्णवहादुर महर्जनको नाममा रहेको २ आना जग्गा माग्यो । जितलाल महर्जनले आफ्नो भागमा रहेको एक आना जग्गा दान दिनुभयो । उहाँको सन्तान थिएन । उहाँका भाई पूर्णवहादुरको सन्तान थियो । त्यसैले उहाँले १ आना जग्गा दान गर्न मान्नु भएन । उहाँलाई कृष्णवहादुरले १ आनाको बदला आफ्नो देक्वमा रहेको खेतको २ आना जग्गा दिने कबोल गर्नुभयो । कुनै लिखित कागज पत्र लेखेर होइन, भगवान साक्षी राखेर सत्य कबोल गरिएको थियो ।

विभिन्न दाताहरु र टोलवासीको सहयोगमा विहार भवन बनाउन सुरु भयो । पहिलो तल्लाको छत ढलान गर्दा गर्दै खम्बा खुस्केर ढलान खस्न लागेको थियो । पछि सबैजना मिलेर खम्बा मिलाएर जेनतेन ढलान गरियो । त्यतिबेलै स्थानीयले यो ढलान कुनै पनि बेला खस्न सक्छ भनेका थिए । तर कृष्णबहादुरले मान्नु भएन । दोस्रो तल्लाको पनि ढलान भयो । विहार तयार भयो । कृष्णवहादुरको घरमा राखी राखेको बुद्धको मूर्ति विहारमा स्थापना गरियो । त्यसबेलादेखि उपासक उपासिकाहरु बढ्न थाले । समय समयमा काठमाडौंबाट भिक्षु भिक्षुनीहरु आई धर्म देसना पनि हुन थाल्यो । विहारको रेखदेख स्वामित्व कृष्णबहादुरकै परिवारले सम्हालिरहेका थिए ।
कृष्णबहादुरले काठमाडौं गणबहालमा जग्गा किनेर घर बनाउनुभयो । त्यसपछि उहाँहरु पाँगा छाडेर गणबहालमा बस्न थाल्नुभयो । चाड पर्वमा मात्र पाँगा आउनु हुन्थ्यो ।

२०४१ साल फागुण १९ गते उक्त गौतम बुद्ध विहार भिक्षु महासंघलाई दान गर्नु भयो । विहारको नाममा लालपूर्जा नभएका कारण भिक्षु महासंघले उक्त दान स्वीकार्नु भएन । जसोतसो बनाएको विहार त्यतिकै रहीरह्यो । पूर्णबहादुरलाई २ आना जग्गा दिन्छु भनेको  थियो दिएन । त्यसैले नापी हुँदा पूर्णवहादुरले आफ्नो नामको १ आना जग्गा आफ्नो नाममा लालपूर्जा लिनुभयो ।

२०७२ सालको भूकम्पले विहारलाई नराम्ररी क्षति पु¥यायो । भुई तल्लाको ढलान जुन बिग्रेको थियो । अहिले त्यो ढलान खस्ला जस्तो भइसक्यो । भुईतल्लामा ढोका राम्ररी बन्द गर्न पनि नमिल्ने भइसक्यो । पिलर हालेर बनाईराखेको होइन त्यसैले कुनै पनि बेला ढल्ने संभावना भयो । विहार बनाउन सहयोग माग्न जाँदा दातााहरुले लालपूर्जा खोज्न थाल्यो । त्यसपछि विहार संचालक समितिले लालपूर्जाको लागि पहल सुरु ग¥यो । कृष्ण वहादुर महर्जन र पूर्ण बहादुर महर्जन दुवैजनाको निधन भइसकेका कारण उहाँहरुका छोराहरुको नाममा लालपूर्जा गईसकेको थियो । विहार संचालन गरिरहेका धुसिटोलका बासिन्दाले बुबाले कबोल गरेको २ आना जग्गा दिएर विहारको नाममा लालपूर्जा दिनुहोस भन्दा उहाँहरुले हुँदैन कहिल्यै भनेन, लालपूर्जा पनि बनाई दिएन । यस बारेमा विहार संचालक समितिले की.न.पा. वडा नं.५ कार्यालयमा निवेदन हाली दुवै पक्षलाई राखेर छलफल गराउँदा २ आना होइन डेढ आना दिन कृष्ण वहादुरका छोरा कृष्णभक्त महर्जन र बुहारी रामप्यारी महर्जन माने । पूर्णवहादुरका छोरा प्रेम बहादुरले पनि माने । एक हप्ताभित्र जग्गा सट्टापट्टा गरी विहारको नाममा लालपूर्जा दिने कबुल गरेको थियो । सोही अनुसार विहारलाई पुरै भत्काएर कलात्मक ढंगले निर्माण गर्न सांसद राजेन्द्र कुमार के.सी.लाई विहार संचालक समितिले अनुरोध गर्दा हुन्छ आ.व. २०७६÷०७७ को बजेटमा
राखी दिन्छु भन्ने कबुल गर्नु भयो ।  जग्गा नामसारी गरिदिन वडाध्यक्ष राजेन्द्र कुमार महर्जनले पटक पटक ताकेता गर्दा पनि कृष्णवहादुरका छोरा बुहारीले जग्गा नामसारी  गरिदिएन । वडाध्यक्ष राजेन्द्र हैरान भएर प्रदेश सांसद पुकार महर्जनलाई जिम्मा दिइयो । पुकार महर्जनले पनि उनीहरुसँग सम्पर्क राख्दा हुन्छ दिन्छु भन्ने तर कहिल्यै नदिने । पछि पुकारले फोन गर्दा छोरा कृष्णभक्तले फोन नउठाई उहाँको श्रीमती रामप्यारीले उठाउने गर्न थाले । उनीहरु  अष्ट्रेलिया गयो ।

अष्ट्रेलियाबाट फर्केपछि दिन्छु भने । अब अष्ट्रेलियाबाट फर्किसक्यो । अब एक हप्ताभित्र लालपूर्जा दिलाई दिने भनेको छ । दिने हो कि होइन हेर्न बाँकी छ । पहिलेजस्तै आलटाल मात्र गर्ने हो कि ? यदि यो भाद्र महिनाभित्रमा लालपूर्जा भएन भने सांसद कोषबाट विहार बनाउन बजेट दिने भनेको पाउँदैन । अनि यो विहार निर्माण कसरी हुन्छ ? यदि कृष्णभक्तले तपाईंलाई जग्गा सोधभर्ना दिएन भने तपाईं के गर्नु हुन्छ भन्ने सवालको जवाफमा प्रेमबहादुर भन्नुहुन्छ, “सबैको सामुन्ने आएर उनीहरुले जग्गा सोधभर्ना दिन्न भन्यो भने त्यो विहार पनि उठाएर लैजान भन्नुहोला । विहार पुरै भत्काएर नयाँ बनाउने उनीहरुले बनाईराखेको बुद्ध मूर्ति पनि जहाँ लैजानु पर्ने हो लैजाउ, बुद्ध मूर्ति बनाउन २, ४ लाख रुपैया म आफै राख्छु । शिलापत्र पनि हटाउने, मेरो पुर्खाको नाममा शिलापत्र राख्ने ।”
स्मरणीय छ अहिले विहारमा भएको शिलापत्रमा लेखिएको छ, “बुद्ध जन्मजूगु नेपाः देया कान्तिपुर नगरसमिप पाङ्गा धुसी त्वालय् दिवंगतपिं बाज्या लालसिं व कुलबहादुर, मां भुयु माया, किजा लनबहादुर देशव्यापी सकलपिनि निर्वाण कामना याना जि कृष्णवहादुर महर्जन जहान मोतिमाया,केहेँ अष्टमाया व मिश्रीमाया काय् कृष्णभक्त भौ रामप्यारी म्ह्याय् बेखामाया व कृष्णकुमारी छय् बुद्धभक्त, कमल भक्त व कपिल भक्त व बौद्ध धर्मालम्बि भक्तजन उपासक उपासिका सकलया धर्म चित्त कथं पद्म आसनसं बिज्याम्ह बुद्ध विक्रम सम्वत २०१९ सालं बुद्ध स्थापना जुगु नेपाल सम्वत ११०५ सिल्लागा विक्रम सम्वत २०४१ साल फागुण १९ गते दशमी खुनु भिक्षु महासंघयात विहार प्रदान यानागु जुल ।
दकले क्वय् जग्गादाताया बारे थथे च्वयातःगु दु । जितलाल हेरामाया हेकालि अबु जुद्धवीर व मां झ्यापुया निर्वाण कामनाय् जग्गा बच्छि प्रदान”

कृष्णवहादुर महर्जन पाँगाकै हुने खाने परिवारको हुुनुहुन्थ्यो । उहाँको थुप्रै जग्गा जमिन थियो । अहिले उहाँका छोराले पाँगाको सबै जग्गा जमिन बेचेर सिद्धाइसकेको छ । त्यो जग्गा बेचेर आएको पैसाले गणवहालको पुरानो घर भत्काएर नौतल्ले बनाउनु भयो । अहिले फेरि गोदावरीमा नयाँ घर किनेर बस्न जानुभयो । उहाँको जेठो छोरा कमल भक्त अष्टे«यामा बस्नुहुन्छ । कान्छो छोरा कपिल भक्त परिवारसहित अमेरिकामा बस्नुहुन्छ । माहिलो कमल मान ख्याती प्राप्त गायक हुनुहुन्छ । यसरी सबैतिरबाट सम्पन्न हुनुहुन्छ ।
अब पाँगाको देक्वमा विहारलाई दिने भनेर बाँकी राखेको ३ आना जमिन र भूकम्पले घर भत्काएर पाताल बनेको एक टुक्रा जमिन मात्र पाँगामा बाँकी छ ।
विहारलाई छुट्याई राखेको जग्गा पनि दिन किन कन्जुस्याई गरिरहेको होला । बुझ्न सकेको छैन । आफ्ना ६ पुस्ताको नाम राखी निर्वाण कामना गरेर बनाई राखेको विहारको लालपुर्जा भएन भने गौतम बुद्ध बिहारको अस्तित्व समाप्त हुने खतरा बढ्दै गइरहेको छ ।
देढ आना जग्गा दुबैको जुंगाको लडाई हो कि ? नत्र पूर्णवहादुरको छोरा प्रेमवहादुरको पनि २ वटा घर छन । अझै थुप्रै खेत छन । उहाँ पनि सम्पन्न परिवारकै हुनुहुन्छ । यसमा कसलाई के भन्ने ? टोलवासी चकित छन ।





No comments:

Post a Comment