Monday, September 2, 2019

“इन्टरनेटले भत्काएको हाम्रो समाज”

“इन्टरनेटले भत्काएको हाम्रो समाज”




सचिन्द्र श्रेष्ठ, कुस्मा

   आजको बिश्व बजारमा तिब्र गतिमा दौडि़रहेको इन्टरनेट, सामाजिक सञ्जाल जस्ता सुबिधाले मानिसलाई नजिक गर्नु या फाइदा दिनुको साथ साथै बिभिन्न हानि, नोकसानि पनि उतिकै दिइरहेको छ । यस्को पछिल्लो उदाहरण ‘परी तामाङ, जापान काण्ड’ लाई लिन सकिन्छ ।

  नेपालमा पोर्न भिडियो बन्नू या बाहिरी रुपमा लिक हुनु यो मात्र घटना पक्कै पनि नौलो होइन । अमेरिकी किम कार्दशाइ, पप गाइका माइली साइरस होस् या पाकिस्तानी अभिनेत्री मीराको किन नहोस् या बलिऊड की राखी सावंत, करीना र साहिद, सन्नी लियोनी जस्ता कलाकारको समेत भिडियो बनेर बाहिरी बजारमा छ्यापछ्याप्ती पाइनु कुनै ठुलो कुरा भएन । बि.स.२०४२ सालदेखि नेपालमा ब्लू फिल्म बनेको इतिहास छ जुन आजसम्म नेपाली कलाकार, मोडल, सेलिब्रटी होस् या सामान्य महिलाहरुको समेत बनेको पाइन्छ ।

     श्रीषा कार्कीको नग्न फोटो बाहिरिनु (जन आस्था साप्ताहिक) र आत्महत्याको शिकारमा पर्नु , नम्रता श्रेष्ठको डी जे तांत्रिक सँग (ब्वाइ फ्रेंड) को पोर्न भिडियो होस् या पूजा लामा, जेनिशा मोक्तानहरुको पनि भिडियो लिक हुनुले अझै पनि हाम्रो समाज कतातिर धकेली रहेको छ भन्ने प्रष्ट हुन्छ ।

   इन्टरनेटले परम्परागत सामाजिक संरचना भत्काउन संगठित हुँदै गैरहेका साँस्कृतिक समूहलाई बलियो बनाउँदै लगिरहेको छ । करिब करिब हरेकको हातमा स्मार्टफोन, घर घरमा इन्टरनेटको पहुँच र विकसित देशसँग प्रत्यक्ष र भर्चुअल संवाद गरिरहेको नेपाली समाज पनि यो अभियानमा प्रत्यक्ष परोक्ष संलग्न हुन थालेको छ । जसको नतिजा हामीले एक अर्काका कामोतेजक भिडियो, फोटो, एम एम एस आदान प्रदान गरेर मनोरंजन लिनुका साथै त्यसैको गलत शिकार बन्न थालेका छौ ।

   समाज बदल्नु आफैमा गाह्रो बिषय हो, बिभिन्न खालका मानिसहरुको झुण्डमा यस्ता खालका प्रबृति हुनु जायज वा नाजायज के हो भनेर भन्नुभन्दा हामी कस्तो खालको सस्कृति, समाजसँग हुर्कदै आएका छौ भन्ने ठुलो कुरा रहेछ । एक छिनको आनंद, यौन कुण्ठाले मानिसलाई म सही या गलत दिशा तर्फ छु भन्ने पनि बिर्सने रहेछ जसको उदाहरण हामीले देखिसकेका छौ । कुनै बाध्यता त कुनै मनोरंजन मानेर पनि यस्ता खालका घटनाको शिकार बनिरहेका छौ । नेपालमा अहिले यौन ब्यबसायी होस् या सामान्य मानिस पैसाको प्रलोभनमा फसेर पनि पोर्न भिडियो बनाउनु, प्रसारण गर्नु सामान्य भएको छ ।

      कोही यस्ता जमात पनि छ जसले आर्थिक पार्जनका लागी यौन ब्यबसाय अपनाउने त कतिले ब्लैक मेंल्लिङ् गरेर उल्टै केटालाई फसाउने खालको धन्दा चलाएर पनि आफ्नो प्रभुत्व जमाएको देख्न पाइन्छ । पहिले राम्रो रिलेशन बनाउने, आपसी समझदारीमा यौन क्रियाकलाप पनि गर्ने अनि आफैले भने जस्तो नहुने वा चित्त नबुझे फसाउने खालको प्रबृति छ । धनि केटा पाए मुर्गा बनाउने सोच कति को हुन्छ त कति आफै केटाको ब्लैक मेंल्लिङ्ग भएर पोलीस थाना धाउनु र अपरधीलाई पक्रनका लागी हारगुहार मागेको पनी देख्न सकिन्छ ।

   अन्त्यमा कस्ले फसायो, किन फसायो वा किन फसियो भनेर आत्मालोचना गर्नुभन्दा आफैमा जनचेतनाको कमी, सामजिक सञ्जालको गलत दुरुपयोग, कु संस्कारको बिकास, अज्ञानता, अशिक्षा जस्तो हाम्रो मानबिय सोचका कारण यो खालको दुर्घटनाको चेपूवामा परेको हो । घटना हुनुभन्दा नहुने कसरी भनेर सोच्ने बानीको बिकास गर्न सके अबका दिनहरूमा पक्कै पनि नयाँ समाज रूपांतरण भएको छिट्टै पाउने छौ ।

No comments:

Post a Comment