Tuesday, February 13, 2018

मूलवासीलाई सुकुमवासी बनाउने चाल

मूलवासीलाई सुकुमवासी बनाउने चाल

यो पाँगाको धुसिटोलमा लहरैले बनाइएका पुराना घरहरु हुन । जो पुस्तौं पुस्तादेखि बस्दै आइरहेका छन ।

कीर्तिपुर सन्देश ÷
कीर्तिपुर नगरपालिका वडा नं.५ तत्कालीन वडा नं.११ अवस्थित धुसिटोल, लाछि, द्वका, महाबो, लखुमा सदियौंदेखि बसोबास गर्दै आइरहेका मूलवासीहरुलाई धुसिटोलकै भिमदास कसाईंको नाती श्रीकृष्ण कसाईले मुद्धा हालेको छ ।

२०२१ सालको नापीमा घनावस्ती भएका कारण तत्कालीन प्रविधिबाट ती घरहरुको नापी नक्सा बनाउन नसक्ने र नापी गरेर लालपूर्जा दियो भने कर तिर्नु पर्ने भएकोले गढपर्खालभित्रको जग्गाको नापी नभएको भन्ने जानकारीमा आएको छ । सोही कारण विगत छ सात वर्षदेखि पाँगाको गढ पर्खाल भित्रको जग्गाको पनि नापी भएर धेरैजसो लालपूर्जा वितरण पनि भैसकेका छन । तर मालपोत कार्यालय कलंकीमा हाल साबित गर्न बाँकी रहेको छ ।

यही नापीको रिकर्ड लिएर कि.नं. ९५ जसको क्षेत्रफल १० रोपनी ३ आना रहेको छ । सो जमिन पाँगा धुसिटोलका स्व.भिमदास कसाईंको नाति श्रीकृष्ण कसाई र उसको आमाले संयुक्त रुपमा सो जग्गामा उनीहरुको हक लाग्ने भएकोले दिलाई पाउँ भनी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएका छन । निम्नलिखित सरकारी कार्यालय सहित व्यक्तिगत १०६ जनालाई प्रतिवादी बनाएका छन । सरकारी कार्यालयहरुमा १. १ नं. नापी टोली, कीनपा वडा नं. ११ पाँगा, २. कीर्तिपुर न.पा. ३. की.न.पा वडा नं.११ कार्यालय, ४.नापी कार्यालयय कलंकी ५.मालपोत कार्यालय कलंकी, ६. नेपाल सरकार नापी विभाग, मीनभवन काठमाडौं, ७.नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय सिंहदरवार, ८. मालपोत विभाग बबरमहल रहेका छन ।

मुद्दाको शिर्षक रहेको छ ः दुषित निर्णय दर्ता वदर

फिराद पत्रमा लेखिएका मुख्य अंश संक्षिप्त यसप्रकार छन् । १.भिमदास कसाई र छोरा ज्ञान वहादुर कसाईंको निधन भइसकेको हुँदा नाती श्रीकृष्ण कसाईंले पुर्खाैली सम्पति भए पनि जग्गा नाप जाँच ऐन लागु भएपछि जग्गा जमिन पहिलो नापी देखि नै नापजाँच गर्न छुट भई दर्ता गर्न बाँकी रहेको छ । २. २०२२ सालमा भएको पहिलो नापी हुँदाका बखत का.जि. पाँगा बालकुमारी वडा नं. १ ख को कि.न.९५ को क्षे.फ. १०–३–० कायम भई नाप नक्सा भएको जग्गा नापीमा उपस्थीत भई लेखाई देखाई गर्न नसक्दा गाउँ भनी उल्लेख भइ नापी भएको हो । यो जग्गा भिमदास कसाई धुसीटोल लाकुवारी खेत घरवारी जनिएको १०२ नं. किता साविक लगत नं.१३२ बाट भिडी दर्ता हुन बाँकी साविक लागतको जग्गा हो । ३. कि.नं.९५ को क्षे.फ.१०–३–० जग्गा पहिलेको नापीमा ज.ध. तथा मोही महल खाली जनिई गाउँ भनी उल्लेख भएको र हाम्रो उचित हेरचाह नपुग्दा हकै नपुग्ने केही व्यक्तिले नक्शा पास नगरी कानुन हातमा लिई अतिक्रमण गरी केही भागमा कच्ची बसोबास बनाई वसी आएका छन् । अधिकांश जग्गा खाली छ । यो जग्गा सरकारी तथा सार्वजनिक पनि होइन । फिल्डबुकमा पर्ति जनिएको पनि छैन । मिति २०२१÷९÷१८ मा भुमी सुधार ७ नं फाँटवारीमा बाजे भिमदाश कसाईंको नाउँमा जग्गाधनीको हैसियलतले फारम भरी प्रकाशित हुँदा कसैको दावी विरोध थिएन ।
यो पाँगाको धुसिटोलमा लहरैले बनाइएका पुराना घरहरु हुन । जो पुस्तौं पुस्तादेखि बस्दै आइरहेका छन । २०७२ सालको भूकम्पले भत्काएका हुन ।

यो बमोजिमको मुद्दाको बारेमा बुझीलिइसकेपछि पाँगाका सम्बन्धित १०६ जना भेला भएर संयुक्त रुपमा प्रतिवादी दिने निर्णय गरिएका छन । उक्त मुद्दा लड्नको लागि एउटा समिति पनि बनाइएको छ  ।
जसमा वैकुण्ठ महर्जनको संयोजकत्वमा १५ सदस्यीय समिति पनि बनाइएको छ । जसमा संयोजक बैकुण्ठ महर्जन, सदस्यहरुमा नरहरि महर्जन, रविन्द्र महर्जन, राधाकृष्ण महर्जन, इन्द्रमान महर्जन, ज्ञानवहादुर महर्जन, प्रशान्त महर्जन, नन्दवहादुर महर्जन, हिरावहादुर महर्जन, बद्रीलाल महर्जन, अर्जुन महर्जन, ओम शाही, विजय शाही, शिव पुत्र र हरिभक्त महर्जन रहेको छन । उक्त समितिले सबैसंग आपूmसंग भएको प्रमाणहरु संकलन गरी समितिमा बुझाउन अनुरोध गरिएको छ ।

आजकल पाँगाभरि यही कुराको चर्चा छ कि सदियौंदेखि बस्दै आइरहेको आफ्नो पुर्खौली घर जग्गा एक व्यक्तिले दावी गर्दैमा उसको हुन सक्छ र ? यदि कुनै आधार नभएको भए उसले मुद्दा हाल्ने थिएन होला । के नेपालको कानूनले यसरी स्ववासीहरुलाई सुकुमवासी बनाउन सक्छ ? यदि स्ववासीहरु यस मुद्दामा पराजित भए साँच्चै सुकुमवासी हुनु पर्ने भएको छ । यस कित्ता नं.मा बनेका ७५% प्रतिशत पुराना घरहरु भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको छ । भूकम्पको पीडाले छटपटाइरहेका पाँगालीहरु यसबाट अझ मानसिक तनावमा बाँच्न बाध्य पारिएको छ ।

No comments:

Post a Comment