Thursday, September 7, 2017

नयाँबजार क्लबको बधाई तथा शुभकामना

नयाँबजार क्लबको बधाई तथा शुभकामना



कीर्तिपर सन्देश ÷
     कीर्तिपुरमा पहिलो पल्ट एम्बुलेन्स सेवा संचालन गर्दैं हाल शब वाहन गाडी समेत संचालन गरेको लामो समयदेखि निरन्तर रुपमा संचालन हुँदै आइरहेको कीर्तिपुरको प्रतिस्थित क्लब नयाँबजार क्लबले नवनिर्वाचित कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएको छ ।


         गत भाद्र १७ गते शनिवार बाघभैरवस्थानमा चापुजा आयोजना गरी की.न.पा.का नगरप्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खडका, वडा नं.१० का वडाध्यक्ष अमन महर्जन र विभिन्न वडाहरूमा निर्वाचित हुन सफल क्लबका सदस्यहरूलाई पनि बधाई तथा शुभकामना दिइएको थियो । जसमा वडा नं.७ का सदस्य राजकुमार महर्जन, वडा नं.७ कै सदस्य प्रकाश महर्जन, वडा न.८ का राजेश महर्जन, वडा नं.१० का चिनियाकाजी श्रेष्ठ हुुनुहुन्थ्यो ।


     नगरपालिकाका निर्वाचित पदाधिकारीहरूलाई क्लबका अध्यक्ष ईश्वरमुनि बज्राचार्यले नेवाः परम्परा अनुसार रातो टिका, कोखा र पूmल दिएर बधाई  दिनुका साथै कार्यकाल सफलताको लागि शुभकामना पनि दिनुभयो ।


   संक्षिप्त रुपमा भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा नगरप्रमुख रमेश महर्जनले कीर्तिपुरको सबभन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्नको लागि राउटे भीरमा ३ इञ्चको पानी संकलन गर्ने कार्य सुरु ैसकेको तर यता ल्याउन व्यावहारिक कठिनाई भैरहेको बताउनु भयो ।


   त्यस्तै मेयर रमेश महर्जनले सुन्दरीघाटको पानी बल्खु, ट्यांग्ला, सानेपामा पठाउँदा खान हुने कीर्तिपुरमा पठाउँदा खान नहुने भनी विरोध गरेको हुँदा सहयोगको लागि नयाँबजार क्लबसंग अनुरोध गर्नुभयो ।
   फोहरमैला व्यवस्थापन सम्बन्धि समस्या समाधान गर्न नयाँबजार टाँल्चास्थित नगरपालिकाले पहिले नै बनाई राखेको दुईवटा टहरालाई सदुपयोग गर्ने विचार रहेको, त्यसमा पनि क्लवको सहयोगको लागि  मेयर रमेश महर्जनले अपिल गर्नुभयो ।
  त्यस्तै उहाँले कीर्तिपुरको प्रवेशद्वारको रुपमा रहेको नयाँबजारलाई व्यापारीक हवको रुपमा विकास गर्ने योजना रहेको बताउँदै पाँगा दोबाटोदेखि नगाउँ दोबाटोसम्म लेट नाईट बजारको रुपमा विकास गर्ने योजना रहेको । त्यसको लागि नगरपालिकाले सडक बती र पेटीको सर्भेक्षण गरी सकेको बताउनुभयो ।

अध्यक्ष ईश्वरमुनि बज्राचार्यले आपूmहरुको निमन्त्रणा लाई स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिंदै सभा विसर्जन गर्नुभयो । 

No comments:

Post a Comment