Thursday, September 7, 2017

जनसेवा मा.वि.मा सरसफाई सम्मेलन

जनसेवा मा.वि.मा सरसफाई सम्मेलन



कीर्तिपुर सन्देश÷
कीर्तिपुरको पाँगास्थित नमूना विद्यालय घोषणा गराउन सफल जनसेवा मा.वि.ले यस भेगमै पहिलो पल्ट कसैको सहयोग नलिईकन आफ्नै प्रयासबाट सात झण्डे पूर्ण सरसफाई कार्यक्रम गत भाद्र १६ गते शुक्रवार स्कूलको प्रांगणमा सम्पन्न गरिएको छ । विद्यालयको प्रथम सरसफाई सम्मेलन नाम दिइएको उक्त कार्यक्रम शिक्षक देवराज महर्जनको संचालनमा, वि.व्य.स.का सल्लाहकार हिरावहादुर महर्जनको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व विज्ञान तथा वातावरण मन्त्री ईं गणेश शाहले गमलामा पानी खन्याएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त सम्मेलनस्थलमा सातवटा झण्डाहरु राखिएका थिए ।



जसमाः
१.गाढा निलो रंगको झन्डा जसको अर्थ हो —सफा चर्पी,
२.सेतो रंगको झन्डा जसको अर्थ हो —सावुन पानीले हात धुने,
३.रातो रंगको झन्डा जसको अर्थ हो —महिनावारी
४.पहेंलो रंगको झन्डा जसको अर्थ हो —खानेपानी सरसफाईमा पहुँच
५.आकाशे रंगको झन्डा जसको अर्थ हो —सुरक्षित पानी
६.सुन्तला रंगको झन्डा जसको अर्थ हो —सुरक्षित खाजा
७.हरियो रंगको झन्डा जसको अर्थ हो —सफा वातावरण


   प्रमुख अतिथि ईं गणेश शाहले सरसफाई सम्मेलनले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने धारणा राख्दै विद्यार्थीहरुले बुझने भाषामा सात झण्डे कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।
   अर्का अतिथि विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेशनल अफिसर डा. सुदनराज पन्थी विद्यालयले आफ्नै सक्रियतामा सञ्चालित खानेपानी ता सरसफाई कार्यक्रमबाट प्रभावित भएर रु.५० हजार सरसफाई कार्यक्रमको लागि विद्यालयलाई प्रदान गर्नुभयो । यो रकम उहाँलाई बुबाको मुख हेर्ने दिन उहाँको छोरीले उपहार दिएका थिए ।
   त्यस्तै प्राचार्य नन्दकुमारी महर्जनले आफ्नो १०४ वर्षिय आमा ज्ञानी महर्जनको नाममा रु.१०हजार
संयोजक देवराज महर्जनले जन्म दिनको अवसरमा रु.५ हजार,
ई.पद्मलाल महर्जनले रु.५ हजार नगद सरसफाई कोषका लागि हस्तान्तरण गरेका थिए ।

No comments:

Post a Comment