Friday, September 1, 2017

तेस्रो कीर्तिपुर साइक्लिङ—२०७४ सम्पन्न

तेस्रो कीर्तिपुर साइक्लिङ—२०७४ सम्पन्न


कीर्तिपुर सन्देश
‘भवन निर्माण आचारसंहिता पालना गरौं, विपद् जोखिम न्यूनीकरण गरी सुरक्षित रहौं’ भन्ने नाराका साथ कीर्तिपुर द्यःध्वाखास्थित ईन्द्रायणी परिवार क्लबले तेस्रो कीर्तिपुर साइक्लिङ —२०७४ कार्यक्रम भाद्र १० गते शनिवार सम्पन्न गरेको छ ।



इन्द्रायणी परिवार क्लबका सचिव राज कमल महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी., विशेष अतिथी की.न.पा.का नगरप्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा वडा नं.२ का वडाध्यक्ष रमेश मान डंगोल, नेपाली कांग्रेसका प्रतिनिधी राजकुमार नकर्मि, नेकपा एमालेका प्रतिनिधी लक्ष्मीकुमार महर्जन, माओवादी केन्द्रका शम्भुराम महर्जन, नेमकिपाका हरिकुमार महर्जन लगायत हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का र वडाध्यक्ष रमेश मान महर्जनलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.ले सम्मान गरिएको थियो । मन्त्री राजेन्द्र कुमार के.सी.लाई सम्मान पत्रसहित क्लबका अध्यक्ष मीम कुमार महर्जन र सचिव राजकमल महर्जनले सम्मान पत्रसहित सम्मान गरिएको थियो ।


उक्त कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष रमेशमान डंगोलले मन्तव्य दिनु भएको थियो ।


मेयर रमेश महर्जनले मन्तव्यको क्रममा साइक्लिङले मानिसलाई स्वस्थ बनाउँछ, साइक्लिङले मानिसको स्वास्थ्य मात्र स्वस्थ गर्ने होइन, वातावरण प्रदुषण हुनबाट बचाउँछ । साइक्लिङको माध्यमबाट आन्तरिक पर्यटन विकास गर्नमा टेवा पु¥याउँछ भन्दै कीर्तिपुर नगरपालिकाले पनि सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
प्रमुख अतिथी राजेन्द्र कुमार के.सी.ले कीर्तिपुरलाई खेलकुद नगरीमा रुपान्तरण गर्ने आफ्नो प्रयास रहेको बताउनु हुँदै त्रि.वि.हातामा अन्तरर्राष्ट्रिय स्तरको कभर्ड बन्दै गरेको बताउनु भयो । इन्द्रायणी परिवार क्लबले बनाउँदै गरेको कभर्ड हल बनाउन चाहिने पैसा आपूmले उपलब्ध गराउन कोशिस गर्ने पनि बताउनु भयो ।
क्लबका सचिव राजकमल महर्जनले साइक्लिङको प्रमुख उद्देश्य भनेको स्वस्थ हुनुको साथै कीर्तिपुरको आन्तरिक पर्यटन क्षेत्रको परिचय दिन यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

कार्यक्रम पछि प्रमुख अतिथी राजेन्द्र कुमार के.सी. र विशेष अतिथी रमेश महर्जनले संयुक्त रुपमा रीबन काटेर साइक्लिङ यात्रा सुरु गर्नु भएको थियो । देवढोकाबाट सुरु भएको साइक्लिङ नगाउँ दोबाटो, राराहिल स्कुल, लनगोल, टौडह, चोभार गणेशस्थान, चोभार मन्दिर, विष्णुदेवी मन्दिर, उज्ज्वल स्कुल, पाँगा दन, पाँगा जनसेवा स्कुल, दथल, लाछि, पाँगा दोबाटो नयाँबजार, मंगल स्कुल, तःननि, तःजाफः, बाघभैरवस्थान, थाहाँबहाल, समल हुँदै देवढोकामा समापन गरिएको थियो ।

No comments:

Post a Comment