Friday, September 1, 2017

पांगाका एक सय जना जेष्ठ नागरिकद्धारा प्राकृतिक विज्ञान संग्रहालय अवलोकन

पांगाका एक सय जना जेष्ठ नागरिकद्धारा प्राकृतिक विज्ञान संग्रहालय अवलोकन


कीर्तिपुर सन्देश साप्ताहिक

२०७३ साल जेठ ४ गते स्थापना भएको ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाले निरन्तर रुपमा पाँगा लाछिको नासः भवनमा दिवा सेवा संचालन गरी करिब १०० जना ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आइरहनु भएको छ । विहान १० बजेदेखि साँझ ४ बजेसम्म भजन किर्तन, योगाभ्यास, प्रवचन दिएर मन प्रफुल्लित बनाईराखेका छन । दिवा सेवा खुल्नु अगाडि भन्दा अहिले ज्येष्ठ नागरिकहरु दैनिक योगाभ्यास र मन शान्तिले गर्दा निरोगी र स्वस्थ देखिन्छ ।


    महिनाको एकचोटि विभिन्न धार्मिक स्थल र प्राकृतिक सम्पदाहरुको भ्रमण पनि गराउँदै आइरहेका छन । हरेक महिना एक एक जनाले जिम्मा लिई सो कार्यक्रम सफल बनाई रहेका छन । आफ्नो जन्म दिन विवाह वार्षिकोत्सव या कुनै शुभ कार्यको अवसरमा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आई ज्येष्ठ नागरिकहरुलाई जलपान, भोजन गराई आशिर्वाद लिने चलन बढ्दै गईरहेको छ ।

    यसै सन्दर्भमा पाँगाको प्रा।डा।धर्मराज डंगोलले पांगाको जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई प्राकृतिक विज्ञान संग्रहालय अवलोकन गराएका छन् ।


    गत भदौ ११ गते आइतवार पांगाको जेष्ठ नागरिक सेवा केन्द्रका ६५ जना महिला र ३५ जना पुरुष गरि एक सय जना जेष्ठ नागरिक तथा स्वयम सेवकहरुले स्वयम्भुस्थित त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालय अवलोकन भ्रमण गर्नु भयो ।

प्राकृतिक विज्ञान संग्रहालयको नमूनाहरु अवलोकन पछि संग्रहालयका प्रमुख प्रा. डा. धर्मराज डंगोल, उहाँका पिता काजि बहादुर डंगोल र धर्म पत्नी कमला लगायत संग्रहालयका प्राचार्य डा. निर्मला प्रधान, सेनिड संस्थाका अध्यक्ष डा. अनिता मानन्धर लगायत संग्रहालयका कर्मचारीहरु लाई माला र खादा ओढाई सम्मान गरिएको थियो । प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन पछि उक्त संग्रहालयको विकास र प्रगति होस भनी ज्येष्ठ नागरिकहरुले मंगल गीत गाएर शुभकामना दिनु भएको थियो ।

ज्येष्ठ नागरिक सेवा केन्द्रको गतिविधि बारे केन्द्रका आजिवन सदस्य अर्जुन महर्जनले प्रकाश पार्नु भएको थियो ।उक्त कार्यक्रममा डा.अनिता मानन्धरले ज्येष्ठ नागरिकहरुबाट समूह गत रुपमा संग्रहालय अवलोकन गर्न आउनु भएकोमा आपूm धेरै खुशी भएको र आपूmले पनि ज्येष्ठ नागरिकहरुलाई जलपान गराउन पांगा जाने भन्नुभयो । साथै प्रा.डा. निर्मला प्रधानबाट ज्येष्ठ नागरिकहरुलाई संग्रहालयमा स्वागत गर्न पाउँदा खुशी लागेको र अर्को सालमा पनि गर्ने इच्छा भएको मन्तव्य दिनुभयो ।

संग्रहालयको प्रमुख प्रा.डा. धर्म राज डंगोलले ज्येष्ठ नागरिकलाई निमन्त्रणा दिई संग्रहालय अवलोकन गराउन पाएकोमा खुशी व्यक्त गर्नु हुँदै ज्येष्ठ नागरिकहरुबाट धेरै सिक्न बाँकी रहेकोले सो सिकाई दिन अनुरोध पनि गर्नुभयो । पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्रसंग मिली सिकाई कार्यक्रम गर्ने इच्छा भएको मन्तव्य दिनुभयो ।

    ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनले ज्येष्ठ नागरिकलाई प्राकृतिक संग्रहायल घुम्न निमन्त्रण दिनु भएकोमा प्राध्यापक डक्टर धर्मराज डंगोल लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुको साथै केन्द्र अवलोकन गर्न निमन्त्रणा दिनु भयो । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्रका सचिव हरिदेवी महर्जनले स्वागत भाषण दिनु भएको थियो । कार्यक्रम संचालन केन्द्रका कोषाध्यक्ष दुर्गा महर्जनले गर्नु भएको थियो ।ज्येष्ठ नागरिकहरुको प्राकृतिक संग्रहालय भ्रमणको लागि यातायात,  ३ वटा बस, भोजन लगायत सम्पूर्ण खर्च प्रा.डा. धर्मराज डंगोलले व्यक्तिगत खर्चमा लैजानु भएको थियो ।

No comments:

Post a Comment