Sunday, August 27, 2017

जनसेवा मा.वि.मा बहुउद्देश्यीय सामुदायिक हल निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर

जनसेवा मा.वि.मा बहुउद्देश्यीय सामुदायिक हल निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर 





कीर्तिपुर सन्देश÷
 कीर्तिपुर क्षेत्रको नमूना विद्यालयको रुपमा रहेको पाँगा स्थित जनसेवा मा.वि.को ब्याडमिन्टन कोर्टमा कभर्ड हल निर्माण गर्ने भएको छ । उक्त हल निर्माण गर्न कूल लागत रु. २२,१८,२६३÷ लाग्ने भएको छ । उक्त रकम मध्ये वि लभ यू फाउण्डेशन We love you foundation ले रु.१५,००,०००÷ सहयोग गर्ने  भएको छ ।

गत भाद्र ४ गते जनसेवा मा.वि.मा एक कार्यक्रमका बीच बहुउद्देश्यीय सामुदायिक हल निर्माण गर्न आर्थिक सहयोग गर्ने सम्बन्धमा तीन पक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम राखिएको थियो । उक्त सम्झौता पत्रमा स्थानीय सरकारको तर्फबाट की.न.पा.का मेयर रमेश महर्जन, वि लव यु फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरे र जनसेवा वि.व्य. समितिका अध्यक्ष माधव लाल महर्जनले हस्ताक्षर गर्नु भएको थियो । साक्षीको रुपमा कीर्तिपुर नगरपालिकाका योजना तथा प्राविधिक शाखा प्रमुख बरिष्ठ इन्जिनियर बालकृष्ण महर्जन, प्राचार्य नन्दकुमारी महर्जन र वि लभ यू फाउण्डेशनका तर्फबाट नारायण श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

    उक्त हस्ताक्षर कार्यक्रममा जनसेवा मा.वि.का निर्माण समितिका संयोजक ई.दुर्कमान महर्जनले कभर्ड हल कसरी बनाउने र कस्तो किसिमको हुनेछ भन्ने विस्तृत जानकारी दिनु भएको थियो ।




फाउण्डेशनका तर्फबाट अध्यक्ष शोभाकर घिमिरेले संस्थाको परिचय दिनेक्रममा यो अन्तरर्राष्ट्रिय संस्था हो, यसले विभिन्न भूकम्प पिडित, बाढी पिडित लगायत दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्नुका साथै सरसफाई सम्बन्धी काम गर्दै आइरहेको बताउनु भयो । त्यस्तै सामुदायिक विद्यालयहरुको स्तरोन्नतिको लागि पनि काम गर्दै आइरहेको बताउँदै जनसेवा मा.वि. पनि सामुदायिक विद्यालय भएकोले हावा हुरी र पानीले पनि ब्याडमिन्टन खेलाडीहरुलाई असर नगरोस भन्ने हेतुले यो सामुदायिक हल निर्माण गर्न सहयोग गरेको बताउनु भयो ।

प्रमुख अतिथि मेयर रमेश महर्जनले ११ वटा नमूना विद्यालय मध्ये जनसेवा पनि नमूना विद्यालयमा पर्नु कीर्तिपुरकै गौरव हो । सामुदायिक विद्यालयहरुको जिम्मा नगरपालिकामा आइसकेको हुँदा छलफल गरेर आवश्यकता अनुसार सहयोग गर्दै जाने बचन दिनुभयो ।

No comments:

Post a Comment