Thursday, August 3, 2017

युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.लाई सम्मान गरियो

युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.लाई सम्मान गरियो


कीर्तिपुर सन्देश /
नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.१० समितिको आयोजनामा कीर्तिपुर न.पा. वडा नं. ५ र ८ ईकाइ समितिको संयोजनमा गत साउन १४ गते शनिवार पाँगा लाछीमा युवा तथा खेलकुद मन्त्रीमा नव नियुक्त सांसद राजन के.सी.लाई एक कार्यक्रमका गरी बधाई तथा सम्मान गरियो ।


क्षेत्रीय सभापति पुकार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाले पनि नेवाः परम्परा अनुसार राजन के.सी. लाई सगून दिई बधाईको साथै सम्मान गरिएको थियो ।

वडा नं.५ ईकाई समितिका सभापति विश्वजीत महर्जनले स्वागत मन्तव्य दिनेक्रममा पाँगाको ज्वलन्त समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न मांग गर्नु भयो । नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव राजकुमार नकर्मिले मन्तव्यको क्रममा सांसद राजन के.सी.लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेर नेपाली कांग्रेसले सम्पूर्ण कीर्तिपुरवासी अर्थात क्षेत्र नं.१० लाई सम्मान गरेको बताउनु भयो ।



उक्त अवसरमा ज्येष्ठ नागरिकहरुलाई राजन के.सी.को सांसद कोषबाट पोशाक सिलाई दिएको थियो । पानी परिरहेको र समयाभावको कारण ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनलाई हस्तान्तरण गर्नुभयो ।

ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनले सम्पूर्ण ज्येष्ठ नागरिकहरुको तर्फबाट मन्त्री राजन के.सी.लाई बधाई दिनुको साथै कार्यकाल सफलताको कामना गर्नुभयो । साथै उहाँले ज्येष्ठ नागरिकहरुलाई एक्सरसाईज गर्नको लागि केही सामान पनि मांग गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा मन्त्री राजन के.सी.ले पाँगाको खानेपानी समस्या समाधान गर्न आफ्नो सभासद कोषबाट पाँगाको ढोकासीमा डिप बोरिंङ्ग गरेको र सोबाट पानी पनि निस्कि सकेको कारण छिट्टै केही मात्रामा भए पनि पानीको समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो । त्यस्तै पांगामा लाल पूर्जा नपाएकाहरु धेरै जना छन । क्याबिनेटबाट पास गराएर छिट्टै अधुरो काम पूरा गर्ने वचन दिनुभयो । मन्तव्यको क्रममा उहाँले भन्नुभयो, “युवा तथा खेलकुद मन्त्रीको काम भनेको देशका युवाहरुको भलाईंको लागि काम गर्नु हो । त्यसको लागि मैले केही योजनाहरु बनाएका छौं । एक हप्तााभित्र त्यो सार्वजनिक गर्नेछु ।”
आपूmले कुनै किसिमको अनैतिक काम गरेर कीर्तिपुरवासीको शिर झुक्न नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सभाको अन्तमा सभापति पुकार महर्जनले पानीको बाबजुद पनि उपस्थित भएर कार्यक्रम सफल बनाउनु भएकोमा सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले पाँगाको दुईटै वडा वडा नं ५ र ८मा नेपाली कांग्रेसलाई जिताएको मा पाँगावासी प्रति आभार व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment