Wednesday, August 2, 2017

की.न.पा संरक्षक रहेको जन पोलिक्लिनिक रहेको भवन विवाद

की.न.पा संरक्षक रहेको जन पोलिक्लिनिक रहेको भवन विवाद



कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रद्वारा संचालित जनपोलिक्लिनिक भएको भवन । जहाँ ग्राउण्ड फलोरमा एउटा सटरमा की.न.पा. वडा नं.९ कायालय संचालित छ ।

कीर्तिपुर सन्देश साप्ताहिक/


वडा अध्यक्ष  भन्नु हुन्छः वडा कार्यालय संचालनका लागि खाली कोठा लिएको
जन पोलिक्लिनीकका अध्यक्ष भन्नुहुन्छः थेरापी गर्ने कोठा नै हस्तक्षेप ग¥यो

जन पोलिक्लिनीकका संचालकहरुको प्रश्नः 
कीर्तिपुर नगरपालिका आफैले भत्काउने भनिएको भवनमा वडा कार्यालयले थप कोठा लिनु र विना सूचना आकस्मिक रुपमा थेरापी गर्ने कोठामा हस्तक्षेप रहस्यपूर्ण 
जन पोलिक्लिनीक रहेको तःगःवपिको भवन जनताले दिएको सहयोगवाट पनि बनाएको कारण जनताको पनि  अधिकार हुदैन र ? 

           कीर्तिपुर नगरपालिका संरक्षक रहेको कीर्तिपुरको तःगःवपि स्थित कीर्तिपुर सामुदायीक स्वास्थ्य  केन्द्रद्धारा संचालित जन पोलिक्लिनीकको कार्यालय रहेको भवनको सवालमा वडा नम्बर ९ कार्यालय  र जन पोलिक्लिनीक वीच विवाद् बढेको छ । स्वास्थ्य जस्तो संवेदनशील सेवा संचालन गर्दै आएको भवनमा कीर्तिपुर नगरपालिकाको वडा नं. ९ कार्यालय र जन पोलिक्लिनीक वीच भएको विवादलाई कीर्तिपुरवासीले चासो लिनु स्वाभाविक नै हो ।

की.न.पा.ले कीर्तिपुर तःगःवपिस्थित विद्युत प्राधिकरणको पर्खाल भत्काउँदा यो भवनको अगाडि भाग जुन यस तस्वीरमा रातो पोस्ट देख्नु भएको छ यहाँ सम्म भत्काउने भनेर चिन्ह राखेको थियो । जनपोलिक्लिनिक भएकै कारण तत्काल नभत्काएको , अहिले यही ठाउँमा वडा नं.९ कार्यालय राख्न खाली गर्न न.पा.ले पत्राचार गरिएको हो ।

                 कीर्तिपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गंगाराम महर्जनले वडा कार्यालय संचालन गर्न कोठा नपुगेको कारण देखाई सो भवनको तेस्रो तल्लाको कोठा लिएपछि विवाद चर्किएको हो । वडा कार्यालय भूइ तल्लाको दुईता कोठामा संचालन गर्दै आइरहेकोमा वडा अध्यक्षले खाली भएको कोठा कार्यालय संचलानका लागि थप लिएको बताएका छन् । तर कीर्तिपुर सामुदायीक स्वास्थ केन्द्र जन पोलिक्लिनीकका अध्यक्ष हिराबहादुर महर्जनले भने आफूहरुले फिजियोथेरापी गर्ने कोठा वडा अध्यक्षले कब्जा गरेको भनी विरोध गरेको थियो । वडा अध्यक्षले सो कोठामा कार्यालय संचालन गरेपछि मंगलवार वडा अध्यक्ष र क्लिनीकका अध्यक्षवीच विवाद बढेको थियो । वडा अध्यक्ष गंगा बहादुर महर्जनले कीर्तिपुर सन्देश साप्ताहिकसंग कुरा गर्दै जन पोलिक्लिनीकका अध्यक्षलाई पटक पटक मौखिक रुपमा कोठा थप गर्नुपर्ने बताउदै आएको तर अप्ठयारो नै भएपछि खाली कोठा लिने काम गरेको बताउनु भएको छ । जन पोलिक्लिनीको आफ्नै भवन टाउन प्लानिङमा संचालन गर्न सकिने अवस्था रहेतापनि तःगःवपिमा नै बस्दै आएकोप्रति आपत्ति समेत जनाउनु भयो ।
उता क्लिनीकका अध्यक्ष हिराबहादुर महर्जनले भने आफूहरुलाई कुनै जानकारी नै नदिइकन हस्तपक्षेप गरि कोठा कब्जा गर्ने काम समेत गरेको छ भनी बताउनु भएको छ । क्लिनिकका अध्यक्ष महर्जनले कीर्तिपुर नगरपालिका आफैले भत्काउने भनिएको भवनमा थप कार्यालयका लागि कोठा विना सुचना अकस्मात रुपमा थेरापी गर्ने कोठामा हस्तपक्षेप गर्नु अर्थपूर्ण रहेको समेत बताउनु भएको छ ।                                                          
जनपोलिक्लिनिकको थेरापी गर्ने कोठा जुन कोठामा वडा नं.९का अध्यक्षले अफिस कोठा बनाएको थियो ।

              जन पोलिक्लिनीकको भवन निर्माणका लागि कीर्तिपुरवासीले पनि श्रमदेखि आर्थिक रुपमा सहयोग गरको बताउदै कीर्तिपुर नगरपालिका मात्रै हैन कीर्तिपुरका जनताको पनि अधिकार रहने समेत बताउनु
भयो । उहाँले आफूहरुले टाउन प्लानिङमा भवन बनाएको भएतापनि फिनिसिङ गर्न बाकी रहेको र केहि समय अघि नेपाल विद्युत प्राधिकरणको पर्खाल नगरपालिकाले भत्काउने क्रममा जन पोलिक्लीनिक भवन भत्काउनका लागि वाटोतिरको करिव १० फिट एक कवल चिन्ह राखेतापनि अहिले आएर वडा कार्यालय आफैले कोठा समेत कब्जा गर्नु अर्थपूर्ण रहेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ के अब बाटो फराकिलो नगर्ने नै निर्णय भइसकेको हो ? कीर्तिपुर नगरपालिकाले २०६६ साल जेठ १९ गते कीर्तिपुरका जनताहरुलाई सरल तथा सुलभ तरिकाबाट समुदायमा आधारित स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यको लागि नगरपालिकाको स्वामित्वमा रहेको वडा नं.१६ र १७ वडा कार्यालय संचालन भईरहेको वडा कार्यालय भवनको बाँकी कोठाहरु सं्रचालन हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य केन्द्र संचालन प्रयोजनार्थ उपलब्ध गराइएको छ भनी भवन उपलब्ध गराइएको पत्र दिइएको थियो । पहिलो भूमिमा रहेको पसल कवलहरु हटाएर दोस्रो तल्लामा झयाल समेत नरहेको अवस्थामा जनपोलिक्लिनिकले झ्याल ढोका राम्ररी राखेर बनाइएको थियो । तेस्रो तल्ला जनपोलिक्लिनिकले नै बनाएको थियो । २०६६ साल फागुण ५ गते नगरपालिका र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको बीच सम्झौता भएको थियो । जसमा यस संस्थाको पूर्ण संरक्षकत्व कीर्तिपुर नगरपालिकाले ग्रहण गर्ने छ भनी उल्लेख छ । कथंकदाचित संस्था विघटन भएमा संस्थाको सम्पूर्ण चल, अचल सम्पत्ती कीर्तिपुर नगरपालिकामा हन्तान्तरण हुनेछ भनी उल्लेख गरिएको छ ।

जनपोलिक्लिनिकको थेरापी गर्ने कोठा जुन कोठामा वडा नं.९का अध्यक्षले अफिस कोठा बनाएको थियो ।


            यस समाचार तयार पार्दासम्म कीर्तिपुर नगरपालिकाले जनपोलिक्लिनिकलाई सात दिन भित्र भुई तल्ला सम्पुर्ण खाली गराई दिन र अन्य भाग यथाशिघ्र खाली गर्न अनुरोध गरिएको छ । यसबाट के देखिन्छ भने विद्युत प्राधिकरणको पर्खाल भत्काएर चर्चामा आउँदा बहुसंख्यक जनताले पोलिनिक्लिनिकको भवन के गर्ने भन्ने सवाल उठाएका थिए । अहिले आएर त्यहाँ संचालित जनपोलिक्लिनिकलाई हटाएर आफनै कार्यालय संचालन गर्न खोजि रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने त्यतिबेला चर्चामा आएजस्तो प्राधिकरणको पर्खाल भत्काउनु केवल चर्चामा आउनको लागि मात्र हो कि ?

No comments:

Post a Comment