Saturday, August 5, 2017

मेगस स्कुलको बधाई तथा विदाई कार्यक्रम

मेगस स्कुलको बधाई तथा विदाई कार्यक्रम



कीर्तिपुर सन्देश साप्ताहिक /
        कीर्तिपुर नयाँबजारस्थित मेगस ईङ्गलीस स्कुलले एक कार्यक्रमका बीच एसईई २०७३मा उत्तीर्ण आफ्ना विद्यार्थीहरुलाई बधाई दिनुका साथै विदाई पनि गरियो ।

          स्कुलका निर्देशक राजकुमार नकर्मिको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि शहिद स्मारक कलेजका प्राचार्य मिलन मान महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
विद्यार्थी अभिन्न महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


      अतिथिहरु सुरेस श्रेष्ठ, रेणुलाल महर्जन र प्रमुख अतिथिले एसईई पास विद्यार्थीहरुलाई अभिभावकसहित मंचमा बोलाएर टिका, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सोही क्रममा सबभन्दा बढी जीपीए ल्याउने विविन मानन्धरर्ला प्रमुख अतिथि मिलन मान महर्जनले रु.५ हजार नगद प्रदान गर्नुभयो । त्यस्तै दोस्रा हुने विवेक महर्जनलाई रु.२५सय नगद प्रदान गर्नु भएको थियो ।
प्रिन्सिपल दिनेश महर्जनले आफ्नो मन्तव्यको क्रममा व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीहरुको मेहेनतले आज यो सफलता हासिल गर्न सकेको बताउनुभयो ।

सबै विद्यार्थीहरुको जीपीएलाई हेर्दा पढाई कमजोर नभएको अभिभावकहरुले बताउनु भएको छ । किनभने हाम्रो सबभन्दा कम जीपीए नै २.९५ रहेको छ । विद्यार्थीहरुको हरेक गतिविधिलाई नियालेर उसको मनोभावना बुझेर हामी पढाउँछौं भन्नुभयो । एसईई टपर विविन मानन्धरले पनि मन्तव्य राखेको थियो । उद्घाटन मन्तव्य दिनेक्रममा उहाँले एसईई पास हुने विद्यार्थीहरुलाई बधाई दिंदै आपूmले २५ वर्ष पहिले एसएलसी पास गर्दा र आज धेरै फरक भैसकेको छ । त्यतिबेला एसएलसी पास हुनु ठूलो कुरा हुन्थ्यो । तर आज एसईई भनेको केही होइन एउटा खुड्किला मात्र हो । अहिले नेपालमा एउटा चलन छ सबभन्दा राम्रो स्कोर ल्याउनेले साइन्स, त्यसपछि म्यानेजमेन्ट, ह्युमानिटि र सबभन्दा कम स्कोर ल्याउेनले इजुकेशन पढ्छ । पछि त्यही व्यक्ति स्कुलको शिक्षक बन्छ । अहिले जुनसुकै विषय पढे पनि त्यसलाई पुरा गर्नुपर्छ । हाम्रा अभिभावकहरुले आफ्नो बच्चाको पढाईमा प्लस टु सम्म निकै पैसा खर्च गरेर पढाइन्छ । जब ब्याचलरमा पुग्छ, विद्यार्थीले पनि आपूm ठूलो भएको महसुस गरी कमाएर पढुं भन्ने भावनाले काममा लाग्छन । अनि वीचमा पढाईनै छाडेको हामीले धेरै देखेका छौं । बाहिर जिल्लबाट आएर पढ्नेहरु प्लस टु सम्म थोरै पैसा खर्च गरेर पढाउँछ । प्लस टुदेखि मास्टर डिग्री पास नभएसम्म मेहेनत गरेर पढ्छ, पढाउँछ ।


प्रमुख अतिथी महर्जनले मेगस स्कुलको पढाईको बारेमा उदाहरणसहित भन्नुभयो, “एउटा स्कुलबाट पढाउन अयोग्य भनेर निकालेका आफ्ना भतिजालाई मेगस स्कुलमा भर्ना गर्न ल्याएको, अहिले उही भतिजाले ए ग्रेडमा पास गरेको छ ।

यसबाट के प्रमाणित गर्छ भने मेगस स्कुलको पढाई उत्कृष्ट छ । एउटा उखान छ शिक्षक उड्यो भने विद्यार्थी दोडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिंड्छ । शिक्षक हिंड्यो भने विद्यार्थी सुत्छ । मेगस स्कुलका शिक्षकहरु उडिरहेको आपूmले अनुभव गरेको बताउनुभयो । सभापति राजकुमार नकर्मिले आफ्नो मन्तव्यको साथै सभा विसर्जन गर्नु भएको थियो ।




No comments:

Post a Comment