Sunday, August 6, 2017

कीर्तिपुर खेलकुद मैदान संरक्षणको पर्खाइमा

कीर्तिपुर खेलकुद मैदान संरक्षणको पर्खाइमा


-प्रदिप महर्जन
       त्रिभुवन विश्वविद्यालयले त्यहाँ स्थित पूmटबल मैदानलाई क्रिकेट मैदानमा परिणत र ठूलठूला भवनहरु निर्माण गरे पश्चात कीर्तिपुरका खेलाडीहरु खेलमैदान बिहिनको अवस्थामा पुगेको थियो । यसले गर्दा कीर्तिपुमा खेलकुद गतिविधिहरु पनि ज्यादै न्यून हुँदै गएको पाइन्छ ।



      खेलकुद मैदान अभावलाई केही हद सम्म भए पनि पूर्ति गर्न कीर्तिपुर खेलकुद विकास समाजको अगुवाइमा यहाँका खेलाडीहरु, खेल प्रेमीहरु, समाज सेवीहरु, राजनीति कर्मीहरु, शिक्षाविद्हरु एवं चन्दादाताहरुको सक्रिय सहयोगले वि. सं. २०६६ साल माघ महिनामा कीर्तिपुर नगरपालिका वडा नं. १० (पहिले वडा नं. ३) नयाँ बजार अर्थात कीर्तिपुरको प्रवेश द्वारमा करिव रु. २५ लाखको लागतमा बास्केटबल मैदान निर्माण कार्य थालनी भई २०६७ सालमा सम्पन्न भएको थियो । त्यस पछि यस ठाउँमा अहिले एक वृहत खेलकुद परिसर को रुपमा विकास भएको छ ।  नयाँ बजार स्थित यस खेलकुद मैदान परिसरमा केही समय अघि पूर्ण रुपमा बास्केट बल, भलिबल, पूmटबल, खो खो  जस्ता खेलहरु खेल्न योग्य भै प्रतियोगिताहरु र तालिमहरु समेत सञ्चालन भैसकेको थियो । तर २०७० साल देखि चरण बद्ध रुपमा कीर्तिपुर नगरपालिकाले सडक पर्खाल निर्माण र यसको लगतै सोही पर्खाल भत्केर थुप्रिएको माटो र निर्माणका क्रममा ल्याएको सामाग्रीहरु पूर्णरुपमा नपन्छाउनाले मैदान खेल्न नहुने अवस्थामा पुगेका छ । यति मात्रै होइन यस पछि २०७२ सालमा आएको विनाशकारी भूकम्पको बेला शेल्टरको लागि आउनेहरुले पनि जथाभावी खाल्डाखुल्डी खनेको र दुईपटक सम्म सञ्चालनमा ल्याएको दशैं मेलाको कारण त मैदानको स्वरुप झनै विग्रिएको अवस्था रह्यो जस्ले गर्दा मैदान खेल खेल्न नमिल्ने अवस्थामा पुगेको छ ।


      त्यसैले हालमा आएर मैदान आफैले पनि आप्mनो स्वरुप यथा स्थितिमा ल्याइदेओस् र आप्mनो आगनमा खेलाडीहरु आई खेलिदेओस् भनी व्यवस्थित संरक्षणको पर्खाइमा रहेको छ । भनिन्छ सार्वजनिक सम्पत्ति सवैको हो तर कसैको पनि होइन । प्रयोग सवैले गर्छन् संरक्षणमा सवै पछि हट्छन् । यस खेल मैदानको स्थिति पनि यस्तै भएको देखिन्छ । हाल सडक पर्खाल निर्माणको क्रममा जग खन्दा थुपारेको माटोको कारण बास्केटबल मैदानको उत्तरतीरको भाग केही केही भासिएको अवस्था रह्यो भने पानीको ढल त्यतै तिर झार्नाले मैदान हिलाम्मे भएकोले गर्दा खेल्न समस्या भएको छ । यहाँ निर्माणको क्रममा थुपारेको माटो र बाटोबाट आउने पानीको डे«न पन्छाई मिलाउन सकेमा पुनः पूर्ववत स्थितिमा आउन सक्ने भएकोले सम्बन्धित निकाय पक्षले ध्यान जाओस भन्ने चर्चा चलिरहेको छ ।

हाल सम्म यहाँ भएका प्रतियोगिताहरु ः
१. अन्तर विद्यालय पूmटबल प्रतियोगिता– २पटक
२ं अन्तर विद्यालय पूmट्सल प्रतियोगिता— १ पटक
३. अन्तर विद्यालय खो खो प्रतियोगिता — २ पटक
४ भलिवल प्रतियोगिताहरु — २ पटक
५. राष्ट्रपति रनिङ शिल्ड क्षेत्र नं. १० छनोट प्रतियोगिता
६. अन्तर नगर बास्केटबल प्रतियोगिता — ३ पटक
७. राष्ट्रिय लिग बास्केटवल प्रतियोगिता— १ पटक
८. ३ x ३ बास्कटबल प्रतियोगिता—    ५ पटक
कीर्तिपुर सन्देश साप्ताहिक अंक ३०६ मा प्रकाशित


No comments:

Post a Comment