Sunday, July 30, 2017

राराहिल स्कुलमा बधाई कार्यक्रम

राराहिल स्कुलमा बधाई कार्यक्रम





कीर्तिपुर सन्देश /

जनआन्दोलन २०४६÷०४७ सालमा कीर्तिपुरमा सहादत प्राप्त गर्नु भएका वीर सहिदहरुको नामबाट स्थापना गरिएको कीर्तिपुरको छुगाउँ अवस्थित राराहिल स्कुलले एसईई–२०७३ परीक्षामा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई दिनुको साथै सम्मान गरिएको छ ।

 गत असार १७ गते शनिवार आफ्नै हलमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  तुल्सीदास महर्जनले गर्नु भएको थियो । अन्य अतिथीहरुमा प्रधानाध्यपक जगत वहादुर महर्जन, राराहिल फाउण्डेसनका अध्यक्ष कृष्णवहादुर महर्जन, प्रमुख गुठीयार, राराहिल गुठी ध्रुब महर्जन, सहप्रमुख गुठीयार नारायण महर्जन, संस्थापक गुठीयार शम्भुराम महर्जन, प्रकाश तन्डुकार, लिला बहादुर शाही, सहिद परिवारका प्रतिनिधि र स्व.पलिष्थाका माता–पिता श्रीलक्ष्मी मानन्धर र प्रविन मानन्धर उपस्थित हुनुहुन्थ्यो ।

  कार्यक्रम सुरुहुनुभन्दा अगाडी यसै महिना बित्नु भएका विद्यालयका सहयोगी एवं गुठीयार नवीन महर्जनको सम्झना र सम्मानमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 सभापति लगायत अन्य अतिथीहरुले सहिदहरुको फोटोमा माल्यार्पण गर्नु भएको थियो । सभापति तुल्सीदास महर्जनले पानसमा बती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रिन्सिपल जगत वहादुर महर्जनले स्वागत मन्तव्य दिनेक्रममा विद्यालयको संक्षिप्त परिचय दिनुका साथै सबैको मेहेनत, विश्वासले गर्दा आज स्कुल यो स्थानसम्म आइपुगेको हो । यस्तै सहयोग सबैबाट पाइरहने विश्वास जनाउनु भयो ।
उहाँले यस वर्षदेखि आफ्नो विद्यालयमा पनि विज्ञान र व्यवस्थापन विषय पढाई हुने जानकारी दिंदै कक्षा ११ मा भर्ना हुन अनुरोध गर्नुभयो ।  पूर्व प्रिन्सिपल एवं सहप्रमुख गुठीयार नारायण महर्जनले  अहिलेको एसईई ब्याच पहिलेदेखिको भन्ने हो भने १४ औं ब्याच हो । एसईई नतिजा आएपछिको दोस्रो ब्याच हो । आफ्नो स्कुलका विद्यार्थीहरुको सफलतामा आपूलाई गर्व महसुस भएको बताउँदै आगामी दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । मन्तव्य दिने क्रममा राराहिल फाउण्डेशनका अध्यक्ष कृष्णवहादुर महर्जनले राराहिल स्कुल र राराहिल फाउण्डेशनमा के भिन्नता छ भन्ने कुराको जानकारी दिनुभयो । राराहिल स्कुलले विभिन्न सामाजि कार्यक्रमहरु गरिंदै आएकोमा स्कुलले त्यस्ता कार्यक्रम गर्न नपाउने भएपछि अलग्गै संस्था दर्ता गरेर राराहिल फाउण्डेशन संचालन ल्याएको हो । राराहिल फाउण्डेशन मार्फंत, शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक क्रियाकलाप गरिंंदै आएको बताउनुभयो । एसईई परीक्षामा पास भएका विद्यार्थीहरुलाई सभापति लगायत अन्य अतिथिहरुले टिका, खादा, माला लगाउँदै मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यस वर्ष राराहिल स्कुलबाट एसईई परीक्षा उतीर्ण गर्नेहरुमा ए प्लस १२ जना ए २० जना, बी प्लस १२ जना र बी ४ जना पास भएको जानकारी दिइएको थियो । सोही ब्याचको विद्यालय जीवनको संक्षिप्त भिडियो प्रदर्शन गरिएको थियो । त्यतिबेला हलमा ताली र खुसीले चिच्याएको थियो । राराहिल मेमोरियल स्कुलका शुभचिन्तक तथा सहयोगी संस्था फाउन्डाज्योने सेन्जा फउन्टेरे इटालीबाट पठाइएको प्रशंसा पत्र निशा सिजापतिले वाचन गरिएको थियो ।

  स्व.पलिस्था मानन्धरको सम्झनामा उनका बारेमा संक्षिप्त भिडियो प्रदर्शनी गरिएको थियो । विद्यालय टपर प्रतिक सुवेदीलाई स्व. पलिस्था मानन्धरका माता पिताको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै राराहिल स्कुलका भूतपुर्व विद्यार्थी हाल जापानमा रहि अध्ययन गरीरहनु भएका श्री सुरोज महर्जनबाट यस वर्षको एसईई मा ३.८५ जीपीए ल्याई सत्वोत्कृष्ट हुन सफल हुनुभएका प्रतिक सुवेदी विशेष सम्मान स्वरुप रु.१० हजार उहाँका बहिनी सृजना महर्जनले प्रदान गर्नुभयो । प्रतिक सुवेदीलाई स्कुलको तर्फबाट पनि रु.५ हजार प्रिन्सिपल जगत वहादुर महर्जनले प्रदान गर्नुभयो । पुरस्कार विजेता प्रतिक सुवेदीले आफ्नो मन्तव्य राख्नेक्रममा आपूmले यस विद्यालयमा १२ वर्ष पढिसकेको बताउँदै सुरुका दिनहरुमा भन्दा अहिले स्कुलले दिनपर दिन प्रगति गरिरहेको देख्दा आफ्नो मन प्रफुल्लित भएको बतायो । विद्यालयको भौतिक संरचना र शिक्षक शिक्षिकाहरुको सिकाई र व्यवहारले आपूmलाई अझ पढुं पढुं भन्ने प्रोत्साहन दिएको बताउनु भयो ।

कार्यक्रमको अन्तमा सभापति तुल्सीदास महर्जनले आफ्ना विद्यार्थीहरुको सफलतामा विद्यालय परिवार खुशी हुनु स्वाभाविकै हो । राराहिल स्कुल स्थापना भएको २५ वर्ष भैसक्यो । यस वर्ष रजत जयन्ती वर्ष मनाउन गैरहेको जानकारी दिंदै यो स्कुलको १४ औ ब्याच हो । एसईई परीक्षा अन्तर्गतका दोस्रो ब्याच हुन भन्नुभयो । उहाँले सबै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै बधाई दिंदै कार्यक्रमको पहिलो चरण समाप्त भएको घोषणा गर्नुभयो । त्यसपछि दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment