Sunday, July 30, 2017

नेपालभाषा एकेदमीद्वारा कीर्तिपुर नगरपालिकाका मेयर, उपमेयरलाई सम्मान

नेपालभाषा एकेदमीद्वारा कीर्तिपुर नगरपालिकाका मेयर, उपमेयरलाई सम्मान




कीर्तिपुर सन्देश साप्ताहिक /

कीर्तिपुर वडा नं.२ मा अवस्थित नेपालभाषा एकेदमिको सत्रौं साधारण सभा सम्पन्न भएको छ ।
एकेदमीका चान्सलर चित्तरंजन ‘नेपाली’को सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नव निर्वाचित मेयर रमेश महर्जन, विशेष अतिथि उपमेयर सरस्वती खड्का र अतिथि वडा नं.२ का वडाध्यक्ष रमेश मान डंगोल हुनुहुन्थ्यो । विशिष्ट अतिथि एकेदमीका संरक्षक एवं शताब्दी पुरुष सत्यमोहन जोशी हुनुहुन्थ्यो ।

भाइस चान्सलर यज्ञरत्न धाख्वाःले स्वागत मन्तव्य दिनु भएको थियो । विशिष्ट अतिथि सत्यमोहन जोशीले एकेदमीको स्थापनादेखि हालसम्मको बारेमा जानकारी दिनु हुँदै नेपालभाषा एकेदमी नेवारहरुको मात्र नभै राष्ट्रकै गोरव भएको जानकारी दिनु भएको थियो । की.न.पा.का मेयर, उपमेयर र वडा नं.२ का वडाध्यक्षलाई खादा तथा पूmलको माला पहिराएर सम्मान गरिएको थियो ।

आफ्नो मन्तव्य दिनेक्रममा मेयर रमेश महर्जनले जनस्तरबाट स्थापित नेपालभाषा एकेदमी कीर्तिपुरमा रहनु भनेको कीर्तिपुरवासीको गौरवको विषय हो । आपूm पहिलेदेखि नै नेपाल भाषा आन्दोलनमा सरिक भएको आपूm हिलटाउनको प्रिन्सिपल हुँदा नेपालभाषा पढाएको आदि विवरण दिनुहुँदै नेपालभाषा एकेदमीलाई सहयोग गर्न आपूm संधै तयार रहेको बताउनुभयो । नेपालभाषा, संस्कृति, सम्पदा बारे नेपालभाषा एकेदमिले अनुसन्धानात्मक पुस्तक लेखेर प्रकाशित गर्ने हो भने नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेवाः पहिचान बचाउनको लागि कीर्तिपुरको गढपर्खालभित्र निर्माण हुने घरहरु नेवाः परम्परागत अनुसार निर्माण गराउने र त्यसको लागि नगरपालिकाले सहयोग गर्ने बताउने भयो ।

उपमेयर सरस्वती खड्काले आफ्नो मन्तव्यको क्रममा भाषा भनेको देशको गहना हो । बहुभाषिक भएको हाम्रो देशमा सबै भाषाको विकास हुन जरुरी छ । कीर्तिपुर नेवारहरुको बस्ती भएकोले नेपालभाषा यहाँको भाषा हो । नेपालभाषा भनेको राष्ट्रै भाषा हुनुपर्छ । त्यतिमात्र होइन, तामांग भाषा लगायत अरु भाषाहरुको पनि संरक्षण हुनुपर्छ भन्नुभयो ।

प्राज्ञ प्रेमशान्ति तुलाधरले धन्यवाद ज्ञापन गर्नु भएको थियो । पहिलो सत्र पछि भएको बन्द सत्रमा सदस्य सचिव मल्ल के. सुन्दरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आगामी दिनमा गरिने कामको बारेमा पनि जानकारी दिनु भयो ।

कोषाध्यक्ष पुष्पराज राजकर्णिकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जुन छलफल पछि सर्वसहमतिबाट पारित गरियो  ।


No comments:

Post a Comment