Sunday, July 16, 2017

“ऊ को हो ?”


को हो ?”



उपन्यासकार नजरराम महर्जनको ने.सं.११३२ (वि.सं.२०६९)मा प्रकाशित नेपालभाषाको उपन्यास सु ?” को नेपाली रुपान्तरण को हो ?” को पहिलो खण्ड
यो उपन्यास पाँच खण्डमा पाउनु हुनेछ क्रमिक रुपमा पढ्नु होला ।
नेपालभाषाको व सु उपन्यासको नेपाली अनुवाद फेसबुकमा राखिरहेको छु । पुरा पढ्नुहोस अनि तपाईंलाई लागेको कुरा समिक्षा गर्नुहोस । मलाई सुझाव दिनुहोला । म आभारी हुनेछु ।

धेरै वर्षपछि वीरगंज पुगें /
वीरगंजका पुराना साथीहरू भेट्न खोजें /
मैले थाहा पाएँ /
एउटा कम्युनिष्ट पार्टीको जिल्ला कार्यकर्ता भेला /
एउटा स्कुलमा भइरहेको छ /
त्यहाँ पुराना साथीहरू भेट्न सक्छ /
पुगें म त्यहाँ /
स्कुलको सानो हलमा /
गर्न खोज्दै छ कार्यक्रम /
मञ्चमा हेरें /
मञ्चको डेकोरेशन साधारण छ /
हँसिया हथौडा अंकित झण्डा भन्दा /
पार्टीको चुनाव चिन्हको झण्डा बढी छ /
पहिले त्यही पार्टीको कार्यकर्ता भेला /
वीरगंजको नगर सभागृहमा हुन्थ्यो /
नगर सभागृहको हल /
विवाहको मण्डपझै सजिएको हुन्थ्यो /
कार्यकर्ताहरूले नगर सभागृहको हल भरिन्थ्यो /
आज के भयो /
खोई ती कार्यकर्ताहरू र नेताहरू /
पहिले जुनसुकै सभा या भेलामा देखिनेहरू /
कार्यकर्ता र नेताहरू थिएन त्यहाँ /
नेता नै नभइकन /
कहाँबाट आउँछन् कार्यकर्ताहरू /
पहिले त्यो पार्टीका /
नेता र कार्यकर्ताहरू पार्टीप्रति प्रतिवद्ध /
पार्टी नीति र सिद्धान्तमा अडिग /
पार्टीको एक आव्हानमा /
ज्यान दिन तयार हुनेहरू /
जस्तोसुकै कठिन परिस्थितिमा पनि /
तस मस नहुनेहरू /
आफू भोकै रहेर पनि /
पार्टीलाई लेबी बुझाउनेहरू /
नेताहरूलाई हरदम सहयोग गर्ने कार्यकर्ताहरू /
आज खोई देखिंदैन .
त्यस्ता एउटै कार्यकर्ताहरू /
आज त्यो भेलामा छन /
कस्ता कस्ता कार्यकर्ताहरू /
यस्तो गर्मीको समयमा पनि /
सूट लगाएर टाइ बाँधेका /
मोटा घाटा खाइलाग्दो जिउ /
 भएकाहरू नै थिए बढी /
थिएन त्यहाँ मैले चिनेका /
पुराना कार्यकर्ताहरू /
किन बस्ने अब म त्यहाँ /
निस्कें म त्यहाँको मेन गेटबाट /
पुगें म मूल सकडमा /
दौडाएँ आँखा चारैतिर /
पर पर एउटा घरको कौसीमा
देखें एक जना मान्छे /
तर मैले चिन्न सकिन /
त्यो मान्छे यही भनेर /
ऊ त्यो मान्छे को होला /
ऊ त्यो सर्त /
कालो सूट लगाएका /
उसको घाँटीमा /
पहेंलो टाई पनि बांधेको छ /
ऊ त्यहाँ /
हात हल्लाई हल्लाई कुरा गरिरहेका /
त्यो मान्छे चिन्न मन लाग्यो मलाई /
मैले त्यो मान्छेलाई चिने चिनेजस्तो लाग्छ /
ऊ चार तल्लामाथि कौसीमा /
म बाटोको दोबाटोमा /
त्यसैले /
ऊ यही हो भन्न सकेको छैन /
आज उसको मुहारमा /
दाह्री जुँगा केही पनि छैन /
उसको टाउकोमा कपाल पनि छैन /
टालु खुइले जस्तो छ /
ऊ त्यही हो /
उसले यतै हेरिरहेको छ /
सायद मलाई नै हेरेको हो कि /
मैले उसलाई चिने चिनेजस्तो लाग्न थालेको छ /
तर /
मैले चिनेको मान्छे /
ऊ होइन जस्तो लाग्छ /
मैले अनुमान गरेको मान्छे /
होइन जस्तो लाग्छ ऊ /
मैले अनुमान गरेको मान्छेले /
सूट पोशाक लगाउँदै लगाउँदैन /
किनकी /
उसको विचारमा /
सूट पोशाक भनेको /
साम्राज्यवादीहरूले लगाउने पोशाक /
हो भन्छ उसले /
अनि टाई /
उसको विचारमा /
टाई भनेको पूजीपतिहरूले-साम्राज्यवादीहरूले /
गरीवहरूको हात-खुट्टा बाँध्ने डोरीको /
प्रतिक हो भन्छ उसले /
उ .......
उसको मुहारमा दाह्री-जुँगा केही पनि छैन /
मैले चिनेको मान्छे /
मैले अनुमान गरेको मान्छेको मुहारमा /
कहिल्यै खाली हुँदैन दाह्री-जुँगा /
बरु समय समयमा परिवर्तन भैरहन्छ /
उसको जुँगाको स्टाइल /
दाह्रीको स्टाइल /
कहिले कहिं राखी राख्छ /
मुखै छोप्ने गरी एक मुट्ठा जुँगा /
कहिले नाक मुनी मात्र /
अलिकति मात्र जुँगा /
उसको दाह्री-जुँगा समान रुपले राख्नुपर्छ /
अर्थात् दाह्री-जुँगा म्याय्च हुनुपर्छ /
जहिले उसको नाक मुनीमात्र जुँगा हुन्छ /
त्यसबेला उसको चिउँदोमा मात्र /
अलिकति दाह्री हुन्छ /
चिउँदोमा मात्र दाह्री हुन्छ /
अरू ठाउँमा सफाचट हुन्छ /
भनूं /
बोके दाह्री राखीराख्छ /
उसको त्यो स्टाइललाई /
बोके दाह्री भन्नु हँुदैन /
ऊ रिसाइ हाल्छ /
उसको भाषामा भन्ने हो भने /
उसलाई खुसि पार्ने हो भने /
उसको त्यो दाह्री स्टाइललाई /
लेनिन कट भन्नु पर्छ /
लेनिनको नाम त /
तपाईंले सुन्नु भएकै होला /
सोभियत रुसको एक जना नेता / 
महान क्रान्तिकारी नेता लेनिन /
रुसको जारशाही शासन ढाल्ने /
एकजना नेता /
कार्ल माक्र्सले दिएको कम्युनिज्म सिद्धान्तलाई /
सबभन्दा पहिले रुसमा प्रयोग गर्ने नेता /
लेनिनको अवसान भएको/
एक जुग भैसकेको छ /
उसले एकीकृत गरेको सोभियत संघ /
आज टुक्रा-टुक्रा भैसकेका छन /
तैपनि /
उसको दाह्रीको स्टाइल बचेको छ /
मैले चिन्न खोजेको मानिसको भनाई अनुसार /
लेनिन कट दाह्री-जुँगा रहुन्जेल /
लेनिनको सम्झना रहिरहन्छ /
लेनिनलाई सम्झनु भनेको /
उसको आदर्श सिद्धान्तलाई सम्झनु हो /
मैले चिनेको मानिस /
मैले चिन्न खोजेको मानिस /
नेपालमा समाजवाद, साम्यवाद / 
अर्थात /
कम्युनिज्म व्यवस्था ल्याउन/
चाहने मानिस हो /
त्यसको लागि /
कम्युनिष्ट पार्टीको कार्यकर्ता बनेका /
उसले आफूलाई कम्युनिष्ट /
विचारधाराको ब्याख्याता ठान्छ /
माक्र्स-एंगेल्सका संकलित रचना /
सबै पढीसकेको बताउँछ /
अनि ...
माओत्से तुङको रेड बुक/
सबै पढीसकेको बताउँछ /
जुनबेला उसको चिउँदोमा मात्र /
लेनिन कट दाह्री हुन्छ /
उसले आफूलाई लेनिन नै ठान्छ /
जब उसको जुँगा पूरा हुन्छ /
त्यतिबेला उसले आफूलाई /
कार्ल माक्र्स- प|mेडरिक एंगेल्स नै ठान्छ /
अनि/
उसले कम्युनिष्ट सिद्धान्तको धाराप्रवाह ब्याख्या गर्छ /
उ ......./
अझै पनि उसले हात/
हल्लाइ हल्लाई कुरा गरिरहेको छ /
अय् ...../
उसको दायाँ हातको औंलामा /
पहेंलो सुनको औंठी पनि छ /
उसको हातमा औंठी भएर के भयो /
पैसा भयो भने /
जसको हातमा पनि औंठी हुनसक्छ /
सुनको औंठी लगाउनु /
कुनै आश्चर्यको कुरा होइन /
हो /
तपाईं, म र अरू /
कसैले सुनको औंठी लगाएको भए /
सुनको सिक्री लगाएको भए /
मान्नु पर्दैनथ्यो आश्चर्य /
मैले चिन्न खोजेको मानिसले /
सुनको औंठी लगाइराखेको /
देखेर म आश्चर्यमा परें /
किनभने /
ऊ सुनको कट्टर विरोधि हुन /
सुनलाई सा¥है घृणा गर्ने मानिस ऊ /
उसको विचारमा /
सुन सामन्तीहरूको गहना हो /
पूँजिपतिहरुको हतियार हो /
त्यही सुनको गहना लगाएर /
सामन्तीपुँजीहरूले /
गरीवको अगाडि धाँक देखाउँछ /
त्यही पहेंलो सुनको गहना देखाएर /
गरीव महिलाहरूको अस्मिता लुट्छ /
कमजोर मनस्थितिका /
मानिसहरूको इमान किन्छ /
त्यसैले /
त्यो पहेंलो सुन गरीवहरूको शत्रु हो /
पहेंलो त पीतल पनि पहेंलो छ /
तर...../
त्यसलाई किन महत्व दिएन ?
पूँजीपतिहरूले त्यही पहेंलो पितलको अंगुठी /
लगाए पनि सुननै ठान्छ /
गरीवले /
सुनको गहना लगाए पनि /
पितलनै ठान्छन /
यही सुनको लोभले /
मानिसहरूले अनैतिक काम गर्छन /
भ्रष्टाचार गर्छन /
घुस खान्छन /
त्यसैले /
मैले चिनेका मानिसले /
विरोध गर्छ सुनको /
ऊ सुनको विरोधी हो /
जिन्दगीको आधा उमेर /
जसको विरोध गर्दै हिडे /
आज /
उसले त्यही गहना कसरी लगाउँछ /
त्यो पनि /
रुसी क्रान्तिका नायक /
भ्लादिमिर लेनिनको अनुयायी /
विश्वका कम्यूनिष्ट विचारधाराका प्रवर्तक  /

कार्लमाक्सफ्रेडरिक एगेल्सका विचारका समर्थक /

No comments:

Post a Comment