Monday, July 17, 2017

“ऊ को हो ?” को दोस्रो खण्ड 2

ऊ को हो ?” को दोस्रो खण्ड --2






उपन्यासकार नजरराम महर्जनको ने.सं.११३२ (वि.सं.२०६९)मा प्रकाशित 
नेपालभाषाको उपन्यास व सु ?” को नेपाली रुपान्तरण ऊ को हो ?” को दोस्रो खण्ड- 2



मैले यत्रो लामो बखान / 
कसको गरिरहेको होला /
ऊ मेरो को ? भन्ने लाग्यो होला /
नआँटिनुस् /
त्यही मानिसको बारेमा /
बताउन गैरहेको छु /
न हतारिनुस् ढिलै भए पनि /
छोरै जन्मन्छ /
भन्ने जमाना रहेन अब /
अहिले यस्तो भनें भने /
महिलावादीहरूले महिलाको /
अपमान गर्‍यो भनेर /
मेरो विरोध गर्न सक्छन् /
महिलावादीहरूले मेरो /
घेराउ गर्न सक्छन् /
मेरो विरुद्ध मानहानि मुद्दा /
राख्न सक्छन् /
लौ त उसको बारेमा /
म बताउन चाहन्छु /
राम्ररी सुन्नुस् /
मान्छे चिन्नुस् /
अनि भन्नुस् /
त्यो मान्छे को हो /
अँ.... पहिले नै भनेको छु /
ऊ मेरो दाजु /
या /
भाइ कोही पनि होइन /
मेरो नातेदार पनि होइन /
तैपनि /
उसको र मेरो /
गहिरो सम्बन्ध छ /
हो /
गहिरो सम्बन्ध छ /
उसँग मेरो /
विचारको सम्बन्ध /
पार्टीगत सम्बन्ध /
उसलाई मैले सबभन्दा पहिले /
त्यो दिन देखें /
केवल देखेको मात्र थिएँ / 
उसलाई त्यो दिन देखेको थिएँ /
जुन दिन /
नेपालमा बहुदलिय व्यवस्था /
घोषणा भएको थियो /
तीस बर्षे पञ्चायती तानाशाही व्यवस्था /
ढलेको दिन /
अर्थात् २०४६ साल चैत २७ /
गतेको दिन /
हो /
त्यही दिन /
मैले उसलाई /
पहिलो चोटि देखेको थिएँ /
नेपाली कांग्रेस र वाम मोर्चाको /
संयुक्त संघर्षले /
पंचायत व्यवस्था ढलेको दिन /
त्यही खुशीयालीमा निस्केको
जुलुसमा देखेको मैले उसलाई /
हो त्यो दिनमा वीरगंजको /
टोल टोलबाट /
बस्ती बस्तीबाट /
विजय जुलुस निस्केको दिन /
जनआन्दोलन प्रतिकार समितिको /
नाईको घरमा /
आन्दोलनकारीहरूले आगो /
लगाएको दिन /
जुलुसले वीरगंज बजार परिक्रमा पछि /
माइस्थान मन्दिर अगाडि आमसभामा /
देखेको थिएँ /
पहिलो पटक उसलाई /
सुनेको थिएँ /
उसको क्रान्तिकारी भाषण /
प्रभावित भएको थिएँ /
उसको भाषणबाट म /
धेरै धेरै नेताहरूले /
त्यहाँ भाषण दिए /
त्यसमध्ये एउटी महिला /
विद्यार्थी नेताले पनि बोलेकी /
महिला भए पनि धेरै /
वजन थियो उनको भाषणमा /
उनको कपाल निख्खर कालो /
कम्मरभन्दा मुनिसम्म लटरेको /
कालो कपाल /
उनले भाषण दिइन् /
महिला अधिकारको बारे /
उनले भाषणमा भनिन् /
सबै पार्टीहरू मिल्नु पर्ने /
वर्गिय शबु नाश गर्ने कुरामा /
त्यसपछि त्यो व्यक्तिले भाषण गरे /
उसको भाषणले प्रभावित भएँ म /
माईस्थान मन्दिर अगाडि /
भाषण सुनिरहेकाहरू /
पाईला राख्ने थिएन ठाउँ /
घुईंचो घुईंचो, ठेलम ठेल /
उसको भाषण सुनेर /
बज्यो तालिको करतल ध्वनि /
वीरगंज बजारनै थर्कने गरी /
त्यतिबेला /
लगाइएको थियो उसले /
सेतो हाफ बाहुला सर्ट /
खुइलिएको खैरो जिन्स पाइन्ट /
काँधमा गम्छा पनि/
उसले चस्मा पनि लगाएको छ /
पावरवाल सेतो चस्मा /
प्लास्टिक फ्रेमको सस्तो चस्मा /
टाउको खैरो छ /
कपालनै खैरो होइन /
धुलोले खैरो बनाएको /
उसको खुट्टामा /
गम बुथ होइन /
हात्ती छाप चप्पल /
भाषण दिने अरूहरू /
सुकिला मुकिला /
ऊमात्र दुब्लो पातलो /
मधिसे मुहारको /
उसले जनताको लागि /
ठोक्यो जनपक्षिय क्रान्तिकारी भाषण /
दर्शकहरूले बजायो ताली /
तारारा .... तारारा /
तालीको गडगडाहटको सुरमा /
उसको स्वर गुंजियो /
मेघ गर्जेझै /
देशमा तुरुन्तै परिवर्तन /
आउँछ झै /
भाषणमा क्रान्तिकारीता /
बढ्दै गयो /
थाहा पाएँ मैले /
ऊ जिल्ला नेता /
एउटा ठूलो वाम पार्टीको /
पर्सा जिल्लाको गाउँ गाउँ घुमेर /
संयुक्त जनआन्दोलनको /
नेतृत्व गरिरहेका नेता /
आज /
आफ्ना समर्थक र कार्यकर्ताको साथ /
वीरगंजमा विजय जुलुस /
मनाउन आएका /
सभाको विसर्जनसंगै /
ऊ हुलमलमा विलायो /

चकित छु म /
यो वीरगंज बजारको मानिसहरू देखेर /
अनि नेताहरू देखेर त झनै चकित छु /
देखिन मैले आन्दोलनभरि नेताहरूलाई /
देखिन्थ्यो पचास सय जना /
विद्यार्थीहरू मात्र /
निर्वासित भइदियो कति नेताहरू /
भारतको रक्सौलमा /
कति नेताहरू /
गिरफ्तार भएर गए /
सि.डि.ओ.लाई फोन गरेर /
कोही गाउँमा लुक्न गए /
आज उनीहरू नै क्रान्तिकारी भए /
आन्दोलनको बेला /
त्यो मान्छेलाई पनि देखिनँ /
जसलाई मैले चिन्न खोजेको थिएँ /
तर चैत २७ गते /
देखिन थाले हूलका हूल /
नेताहरू सडकमा /
त्यस्तै /
वर्ग शत्रु नास गर्न चाहने /
जनताहरू पनि /
थुप्रै सडकमा देखिएको थियो /
संयुक्त जनआन्दोलन भइरहेको बेला /
वीरगंज नगर प्रधानपञ्चको नेतृत्वमा /
प्रतिकार जुलुस निकालेको बेला पनि /
यस्तै हूलका हूल मानिसहरू /
देखिएका थिए /
आन्दोलनकारी भन्दा /
प्रतिकार समितिका मान्छे बढी थिए /
त्यतिबेला आन्दोलन सफल हुन्छ /
भनेको थिएन कसैले /
अँ ......./
हो मैले कुरा गरिरहेको छु /
संयुक्त जनआन्दोलन बेलाको /
त्यतिबेला सम्म म /
कुनै पार्टीको सदस्य थिइन /
एकजना वामपंथी समर्थक मात्र थिएँ /
व्यवस्था विरोधीको आरोप लागेको म /
खाइरहेको जागिर छाडेर /
उपत्यकाबाट बाहिरिएको /
तानाशाही व्यवस्थाको विरोधी /
त्यो व्यवस्था ढलेको हेर्न /
चाहने मान्छे म /
त्यसैले........
सकेको सहयोग गर्दै आइरहेको /
भारतमा निर्वासित नेता /
कार्यकर्ताहरूलाई खुवाउन /
बोरा का बोरा चामल दिएको थिएँ /
पार्टीको झण्डा बनाउन /
थान का थान कपडा /
दिएको थिएँ /
आन्दोलनकारी विद्यार्थी नेताहरूलाई /
लुकाएको थिएँ /
मेरो घरमा /
पुलिसको हातबाट /
बचाएको थिएँ उनीहरूलाई /
म एक जना व्यापारी /
अंचलाधीश, सि.डि.यो., डि.एस.पी.सँग /
राम्रो सम्बन्ध भएको /
मान्छे म /
भारतले गरेको /
नाकावन्दीको विरोधी /
भारतबाट चोरी बाटोबाट /
सामान ल्याउने /
मैले मात्र ल्याएको होइन /
वीरगंजका सम्पूर्ण व्यापारीहरूले /
सामान ल्याउँथ्यो /
भारतले नाकाबन्दी गरे पनि /
नेपाली जनतालाई दुःख नदिन /
चैत २४ गते विद्यार्थीहरूले /
निकाल्यो सरकार विरोधी जुलुस /
नेविसंघ र अखिलको संयुक्त जुलुस /
सय जनाभन्दा बढी थियो जुलुसमा /
सबैको हातमा दुईटा दुईटा झण्डाहरू थिए / 
नेपाली कांग्रेसको चार तारा झण्डा /
हँसिया हथौडा अंकित /
कम्युनिष्ट पार्टीको रातो झण्डा /
जनता उत्साहित भए /
संयुक्त आन्दोलनबाट /
आन्दोलनकारी वीच सडकमा /
दर्शकहरू सडकको /
दायाँ बायाँ हजारौं संख्यामा /
विद्यार्थीहरूको पछि पछि /
प्रहरीहरूको हूल /
गएँ म पनि /
जुलुसको पछि पछि /
थाहा पाउन के हुन्छ अब /
कालो झण्डा गाडे जुलुसले /
जिल्ला पञ्चायत भवनमा /
गाडे कालो झण्डा विद्यार्थीले /
जिल्ला अदालतमा /
केही पनि गरेन प्रहरीले / 
सायद माथिबाट आदेश /
आएको थिएन होला /
जुलुस बजारतिर फर्के /
श्रीपुर बजारमा पुग्ने बित्तिक्कै /
आयो भ्यानमा एक बथान प्रहरी /
हुसिल बजाउँदै बर्साउन /
थाले लाठी /
तितर बितर भए /
विद्यार्थीको जुलुस /
लखेट्न थाले प्रहरीले /
छानी छानी विद्यार्थी नेताहरूलाई /
लखेट्न थाले प्रहरीले /
आठजना केटीहरूलाई पनि /
आए उनीहरू हामी भएको ठाउँमा /
पसाएँ उनीहरूलाई /
एउटा घरको छिडीमा /
रोकी दिएँ मैले /
प्रहरीलाई छिडीमा पस्न /
प्रहरीसँग भयो कच कच / 
प्रतिकार गरिरहें मैले /
गिरफ्तार गर्न खोजे /
मलाई प्रहरीले /
तयार भए जनता /
प्रहरीको प्रतिकार गर्न /
प्रहरी फर्के लुरु लुुरु / 
हिम्मत गर्न सकेन /
मलाई गिरफ्तार गर्न /
लगें मेरो घरमा /
ती केटीहरूलाई /
खाजा खुवाइ राखें /
मेरो घरमा साँझसम्म /
ती केटीहरू /
ठाकुर राम क्याम्पसमा अध्ययन गर्छन् /
बस्थे उनीहरू क्याम्पस होस्टेलमा /
सबैजना वीरगंजका होइनन् /
बाहिर जिल्लाबाट आएर पढिरहेकाहरू /
बचाई दिएँ मैले उनीहरूलाई प्रहरीबाट /
बेलुका पुर्‍याउन गएँ होस्टेलसम्म /
त्यसो भनेर /
म कुनै पार्टीको नेता /
या कार्यकर्ता होइन /
म त एक जना /
सचेत नेपाली हुँ /
तानाशाही पञ्चायत व्यवस्थाको विरोधी /
समाजमा विद्यमान धनी-गरीव /
उँच-नीचको विरोधी / 
समाजमा विद्यमान /
असमानताको विरोधी / 
अनि माटाको भाँडा /
फुटेजस्तो फुटेका /
कम्युनिष्ट पार्टीदेखि रिसाएको /
त्यसैले........
वामपंथी विचारधाराका /
समर्थक भएर पनि /
कुनै पनि पार्टीको /
सदस्य नबनेका म /
२०४७ साल बैशाख १ गते /
सरकारले मान्दै आएको /
नयाँ वर्षको नयाँ दिन /
नेपालको मौलिक सम्बत नभए पनि /
राज्यले मान्यता दिदै आएको /
सम्वतको नयाँ दिन /
नेपालमा बहुदलिय व्यवस्था /
आएको खुशीयालीमा /
विद्यार्थीहरूले संयुक्त 'शुभकामना जुलुस' /
निकालेको दिन /
हो संयुक्त शुभकामना /
जुलुस निकालेको /
नेविसंघ र अखिल मिलेर /
लगे मलाई पनि जुलुसमा /
वीरगंजको उत्तर क्षेत्र /
श्रीपुरमा भेला भएर /
गरे परिक्रमा वीरगंज बजार /
वीरगज बजार परिक्रमा पछि /
सभा भयो माइस्थानमा /
बोल्न थाले विद्यार्थी नेताहरूले /
पालैपालो /
अखिलका नेताहरूले /
मलाई दिए धन्यवाद /
चैत २४ गते आठ जना /
छात्राहरूलाई बचाएकोमा /
उनीहरू अखिलका विद्यार्थीहरू भनेर /
त्यहीबेला मात्र थाहा पाएँ /
धन्यवाद दियो मलाई /
आन्दोलनकारीलाई सहयोग गरेकोमा /
आन्दोलनको पछिल्लो /
ब्लैक आउटको दिन /
मैले गरेको सहयोगको लागि /
दिए धन्यवाद मलाई /
हो /
त्यो दिन /
सबभन्दा पहिले निस्केको थिएँ म /
आन्दोलनको समर्थनमा /
सडकमा निस्केको दिन /
त्यतिबेलासम्म /
संयुक्त जनआन्दोलन खुकुलो /
भैसकेको थियो वीरगंजमा /
त्योभन्दा अगाडिको /
ब्लैक आउट कार्यक्रममा /
कहिं बत्ती निभेन वीरगंजमा /
कहिं कहिं बत्ती निभाउनेको /
फोडि दिए झ्याल मण्डलेहरूले /
कति उल्टो /
बत्ती निभाएन भनेर आन्दोलनकारीले /
बत्ती बाल्नेको घरमा /
झ्याल फोड्नुको बदला /
मण्डलेहरूले बत्ती निभायो /
भनेर झ्याल फोडि दिए /
पहिलो ब्लैक आउट /
असफल भयो भनेर /
खुशीयाली मनाए मण्डलेहरूले /
सकिन सहन मैले /
असफल हुने भयो /
संयुक्त जनआन्दोलन /
नेपाली जनता गुलामको गुलामै हुने भयो /
यो आन्दोलन /
होइन नेता कार्यकर्ताको मात्र /
हामी सबैको हो यो आन्दोलन /
त्यसैले होमिनु पर्‍यो /
हामी सबै आन्दोलनमा /
भेला गरें टोलका युवाहरूलाई /
सर सल्लाह गरें युवाहरूसँग /
ब्लैक आउट सफल बनाउन /
चीनिको एउटा जुट बोरा /
भिजाएँ पानीले /
गएँ एउटा घरको छतमा /
भिजेको जुटको बोरा /
नांगा करेन्टको तारमा /
फालिदिएँ विजुलीको मेन लाईनमा /
आवाज आयो भ्याट्ट /
फ्यूज गयो ट्रान्सफरमरमा /
निभ्यो बत्ती सबै ठाउँमा /
बाँसले बोरा तानेर तल झारें /
हत्तपत्त भिजेको बोरा /
राख्न ल्याएँ छिडीमा /
घरमा आएर हेरें छतबाट /
डुबेको थियो आधा वीरगंज अन्धकारमा /
फुटाउन सकेन मण्डलेहरूले /
जनताको शिसाको झ्याल /
हल्ला भयो भोलिपल्ट /
वीरगंजको उत्तरी भेगका जनताले /
समर्थन गरे 'जनआन्दोलन'को /


No comments:

Post a Comment