Friday, February 10, 2017

रेडक्रस सोसाइटी कीर्तिपुर शाखाको साधारण सभा सम्पन्न

रेडक्रस सोसाइटी कीर्तिपुर शाखाको साधारण सभा सम्पन्न




कीर्तिपुर सन्देश साप्ताहिक
“मानविय सेवा नै जीवनको सर्वमुखी धर्म हो” भन्ने महान वाणीलाई आत्मसात गर्दै विश्व छरिएका रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको साधारणसभा गत माघ १५ गते नयाँबजारस्थित कृष्ण क्याटरिंगको हलमा सम्पन्न भयो ।

    कीर्तिपुर उपशाखाको सभापति राजेन्द्र बानियाँको सभापतित्वमा भएको उक्त सभाको प्रमुख अतिथि समाजसेवी दुर्कमान महर्जन, अन्य अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लाका मन्त्री नविन मानन्धर, एनआरएन क्यालिफोर्नियाका अध्यक्ष पूर्ण चन्द्र बाँनिया, निवर्तमान सभापति हर्षमान महर्जन र बरिष्ठ सल्लाहकार आकर्षण प्रधान हुनुहुन्थ्यो । रीना शाहीद्वारा संचालित उक्त सभाको उद्घाटन प्रमुख अतिथि दुर्कमान महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।



      सहसचिव दिलिप महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखामा यशस्कर सदस्य १, आजीवन सदस्य २६६, साधारण सदस्य १०३, जुनियर रेडक्रस सर्कल १०, युवा रेडक्रस सर्कल १ रहेका छन । त्यस्तै संस्थाको काम व्यवस्थित रुपले गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरी एक एकजनालाई जिम्मेवारी दिइएको छ । जुन यसप्रकार छन । १.विपद व्यवस्थापन समिति—अनिल महर्जन २.जुनियर तथा युवा रेडक्रस सर्कल समिति —सन्तोष महर्जन ३.आर्थिक तथा स्रोत परिचालन समिति — जनकलाल महर्जन ४.सामुदायिक महिला विकास समिति — रिना शाही ५.स्वास्थ्य तथा सेवा समिति— दिलिप कुमार महर्जन ६.कार्यालय व्यवस्थापन समिति —रिडी भन्सारी ७.प्रशिक्षण तथा विकास समिति— रुपेन्द्र महर्जन रहनु भएको छ ।

     कोषाध्यक्ष जनकलाल महर्जनले आ.व.२०७२/०७३को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार सहयोग र सदस्य शुल्क गरी यस आर्थिक वर्षमा रु.८४,१९० आम्दानी भएको छ भने खर्च रु.८२,४०५÷ भएको बताउनुभयो । उहाँले आगामी वर्ष गरिने कार्यक्रमको लागि २४ लाखको बजेट प्रस्तुत गर्नुभयो। एनआरएन क्यालिफोर्नियाका अध्यक्ष पूर्ण चन्द्र बाँनियाले गत वर्ष उक्त संस्थाले भूकम्प पिडितहरुको लागि ५ लाख रुपैया रेडक्रस कीर्तिपुर उपशाखाले दिएको जानकारी दिनुुहुँदै पछि पनि सहयोग गरिरहने बचन दिनुभयो । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका मन्त्री नविन मानन्धरले कीर्तिपुर उपशाखाको भवन छ तर संचालन गर्न सकेको छैन । यदि उक्त भवन संचालन गर्ने हो भने काठमाडौं जिल्ला १ लाख सहयोग गर्न तयार रहेको बताउनु भयो ।

       प्रमुख अतिथि समाजसेवी र्दुकमान महर्जनले रेडक्रस कीर्तिपुर उपशाखाले रक्तसंचार व्यवस्थापन कोष बनाउनु पर्ने र दमकल नजाने कोर एरियामा आगो निभाउने संयन्त्र राख्नु पर्ने सुझाव दिनुभयो । रक्त संचार व्यवस्थापन कोष बनाउनको लागि आपूmले रु.१० हजार सहयोग गर्ने वचन दिनुभयो । उहाँको समर्थन गर्दै पूर्ण चन्द्र बानियाँ र नविन मानन्धरले पनि रु.१० हजार सहयोग गर्ने वचन दिनुभयो । सभाको अन्तमा सभापति राजेन्द्र वानियाँले पनि कोषको लागि रु.१० हजार सहयोग गर्ने वचन दिंदै आर्थिक पारदर्शिता गर्ने भन्दै कीर्तिपुरवासीको शिर निहुरिने कुनै पनि काम आपूmबाट नहुने बचन पनि दिनु भयो ।

No comments:

Post a Comment