Thursday, February 9, 2017

क्रिएटिभ एकेडेमीको अभिभावक दिवस

क्रिएटिभ एकेडेमीको अभिभावक दिवस



कीर्तिपुर सन्देश/

छोटो समयमै आफ्नो नाम र प्रतिष्ठा कमाउन सफल कीर्तिपुर नगाउँस्थित नीजि विद्यालय क्रिएटिभ एकेडेमीले गत माघ १४ गते शुक्रवार अभिभावक दिवस–२०७३ धुमधामका साथ मनाईयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जिमान सिंको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. रामकृष्ण महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

 शिक्षिका रिना शाहीले संचालन गर्नु भएको उक्त कार्यक्रमा प्रिन्सिपल बि.एन. पौडेलले विद्यालयको संक्षिप्त परिचय दिनुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । उहाँका अनुसार विद्यालयले वर्षको दुईचोटि अभिभावक दिवस मनाउने गरिएको छ । प्ले ग्रुपदेखि कक्षा २ सम्म चैत महिनामा र कक्षा ३ देखि माथि अहिले गरिरहेको जानकारी दिनुभयो । गत वर्ष महाभुकम्पका कारण अभिभावक दिवस मनाउन नसकेको कारण यसपाली दुई वर्षको एकैचोटि गरिरहेको जानकारी दिनुभयो । शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधिहरुले पनि बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा जनसेवा उच्च मा.वि.का प्राचार्य नन्द कुमारी महर्जनले आफ्ना स्व. दाजु हेमबहादुर महर्जनको नाममा स्थापना गरिएको तह उत्कृष्ट विद्यार्थीलाई दिइने पुरस्कार वितरण गरिएको थियो । जसमा शैक्षिक सत्र २०७१ प्राथमिक तहमा रिपब्लिका गौतम, निमावि तहमा कृष्ण कुमार राम, माध्यमिक तहमा रोजाश्री ढकाल, त्यस्तै शैक्षिक सत्र २०७२ प्राथमिक तहमा रिपब्लिका गौतम, निमावि तहमा रक्षा बस्नेत र वर्षा अधिकारीले पुरस्कार पाएका थिए ।

प्रमुख अतिथि प्रा.डा. रामकृष्ण महर्जनले क्रिएटिभ एकेडेमीको शिक्षण सिकाई विधि राम्रो भएको कारण विद्यार्थीहरुको सिक्ने क्षमता बृद्धि भएको बताउनु भयो । सभापतित्व ग्रहण गरिरहनु भएका मर्जिमान सिंहले आफ्नो विद्यालयको बारेमा बताउँदै भन्नुभयो — सन् २०१६ मा ब्रिटिस काउन्सिलले संसारभरि आयोजना गर्ने International School Award (ISA) जित्न सफल भएको, जसको फलस्वरुप Creativity, Problem solving, Critical thinking, Digital literacy, International collaboration, Project best Learning साथै Private Public Partnership जस्ता शिक्षण कार्यकलापलाई दैनिक शिकाइ प्रक्रियामा अनुसरण गर्न सहयोग पुगेको छ । २०७१ देखि प्लेग्रुप देखि यूकेजीसम्म Bद्यभकत ःयलतभककयचष् सँग सहकार्य गरी ःयलतभककयचष् शिक्षण पद्धतिमा आधारित भएर शिक्षण कार्य भैरहेको पनि अवगत गराउनु भयो । औपचारिक कार्यक्रम पछि विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

No comments:

Post a Comment