Sunday, February 12, 2017

कीर्तिपुर जेसिसको १९ औं पदस्थापन समारोह सम्पन्न

कीर्तिपुर जेसिसको १९ औं पदस्थापन समारोह सम्पन्न


विधिको शासनमा विश्वास गर्ने मूल नारा बोकेको प्रजातन्त्रमा विश्वास गर्ने जेसीआई कीर्तिपुर शाखाको १९ औं पदस्थापन समारोह गत माघ २१ गते शुक्रवार कीर्तिपुर हिलसाइड होटलमा सम्पन्न भयो ।

जेसी नरेन्द्र महर्जनले संचालन गरेको उक्त पदस्थापन समारोहको सभापतित्व नेपाल जेसिसका केन्द्रिय उपाध्यक्ष विकास महर्जनले ग्रहण गर्नु भएको थियो ।

 प्रमुख अतिथि काठमाडौं क्षेत्र नंं.१० का सांसद राजेन्द्र कुमार के.सी (राजन) हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा जेसी सुविन महर्जन प्रसिडेन्ट–२०१६, जेसी देबेन्द्र राज सिंह प्रेसिडेन्ट–२०१७, मदर च्याप्टर प्रेसिडेन्ट (पाटन लेडी जेसीस—प्रेसिडेन्ट २०१७ जेसी सुमित्रा शर्मा, नेपाल जेसिस उपाध्यक्ष अटुल शर्मा, कार्यकारी उपाध्यक्ष विनोद सुवेदी, विकास महर्जन–उपसभापति सुमेरु ग्रुप अफ अर्गनाइजेशन, जेसीआई सिनेटर सुशिल बाबु श्रेष्ठ पूर्व राष्ट्रिय अध्यक्ष) जेसीआई सिनेटर राजेश न्याछ्यों पूर्व राष्ट्रिय अध्यक्ष लगायत हुनुहुन्थ्यो । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष २०१६ सुविन महर्जनले वर्तमान अध्यक्ष देबेन्द्र राज सिंहलाई पदको सपथ ग्रहण गराउनु भयो । त्यसपछि वर्तमान अध्यक्षले कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो । निवर्तमान अध्यक्ष र प्रमुख अतिथिले जेसीज सिक्री वर्तमान अध्यक्षको गलामा पहिराउनुभयो ।


कीर्तिपुर जेसिसको बोर्ड अफ डाइरेक्टर–२०१७ यस प्रकार रहेका छन । १.देवेन्द्र राज सिंह–प्रसिडेन्ट २. सुविन महर्जन–आइपिपि, ३.सुरेन्द्र महर्जन– जिएलसि, ४.नरेन्द्र महर्जन– एस जि, ५. नागेन्द्र सिंह–कोषाध्यक्ष, ६.जेसि विकल महर्जन– ईभिपि, ७.जेसि रबिन्द्र महर्जन–ईभिपि, ८.सुनिल कपाली–भिपि, ९.संजिव शाह–भिपि १०. अजित महर्जन—भिपि, ११.निवेश महर्जन–भिपि रहनु भएको छ ।

No comments:

Post a Comment