Wednesday, December 21, 2016

पत्रकार महर्जनको छैठौं कीर्ति सात गाउँले जात्रा

पत्रकार महर्जनको छैठौं कीर्ति सात गाउँले जात्रा




कीर्तिपुर सन्देश÷
कीर्तिपुरका युवा पत्रकार श्रीकृष्ण महर्जनको छैठौं कीर्ति सात गाउँले जात्रा पुस्तक प्रकाशित भएको छ । लहना मिडियाले प्रकाशन गरेको नेपालभाषाको सो पुस्तकको नाम बखुमदः जात्रा (न्हय्गां जात्रा) हो ।
कीर्तिपुर, पांगा, नगाउँ, ब्वसिगां, मच्छेगां, ल्ह्वंखा र सतुंगःको जात्रा संग संगै पुरानो नैकाप र नयाँ नैकाप अर्थात सिंरको जात्रा पनि पुस्तकमा समावेश गरिएको छ । बखुमदः जात्रा भएतापनि कसरी सात गाउँले जात्राको नामवाट प्रचलित भयो ? जात्राको क्रममा हुने दलूद्यः जात्रा, भेलु जात्रा, लाखेपालो बस्ने, ह्वंकिला जाने, लैंमेय् स्याइगु जात्रा, द्वारे जात्रा, प्वंखः जात्रा, पोडे थकालि बनाई खुवाउने भोज लगायतका विषयहरु उल्लेख गरिएको छ । पुस्तकमा सात गाउँले जात्राले दिन खोजेको सन्देशको रुपमा समानता, विविधता वीचमा पनि एकता, समावेशीता रहेको कुरा लेखक पत्रकार महर्जनले उल्लेख गर्नु भएको छ ।

बखुमदः जात्रा अर्थात न्हय्गां जात्रा नामको सो पुस्तकमा जात्राका विभिन्न तस्वीरहरु समेत राखेको अवस्था छ । जम्मा मुल्य ३० रुपैंया राखेको सो पुस्तक बजारमा बखुमदः अष्टमीकै दिनवाट आउने लहना मिडियाले जनाएको छ । नेपालभाषामा प्रकाशित प्रचलित नेपाल लिपिको कथा संग्रह किपू देय्या परिवेशय्, मूर्त सम्पदा सम्वन्धी किपूया बाघभैरव, अमूर्त सम्पदा किपूया इन्द्रायणी जात्रा, अमूर्त सम्पदा मुकुण्डो नाच किपूया गथु प्याखं र उद्घोषण, भाषण र एफ एम संचालन सम्वन्धी कला नासः प्रकाशित भइसकेको अवस्था छ । लेखक महर्जनको यो छैठौं कृति हो । 

No comments:

Post a Comment