Wednesday, December 21, 2016

भुकम्प पिडित पांगालीहरु नापी विभाग पुगे

भुकम्प पिडित पांगालीहरु नापी विभाग पुगे



Kirtipur Sandesh Issue 274
भुकम्प पिडितहरुलाई सरकारले घर पुनर्निमाण गर्न दिन लागेको राहत रकम लालपुर्जा नभएका भुकम्प पिडितहरुलाई नदिने भनेपछि भुकम्प पिडितहरु आन्दोलित भएका छन ।

पहिले त कीर्तिपुर नगरपालिकामा डेलिगेशन गए । सरकारको अनुदान सहयोग नियमावलीमा लालपुर्जा नभएका घरधनीहरुलाई राहत रकम नदिने नियम रहेकाले नगरपालिकाले त्यो नियम विपरित कसैलाई पनि राहत रकम दिन नसकिने बताएका थिए । सयौं वर्षदेखि बस्दै आएको गढ पर्खाल भित्रका घरहरु भत्किंदा लालपुर्जा चाहिने अतो थापेर पिडितहरुको पिडामाथि नूनचुक डली दिएको छ । सेवाग्राहीहरुले नगरपालिकालाई भने, ती घरहरुमा विजुली बत्ती र धारा जडान गर्न चार किल्लाको रोहवरमा दिने, सोही घरको घर कर लिन मिल्ने तर अनुदान सहयोग मात्र किन दिन नमिल्ने भन्ने प्रश्न उठाएका थिए ।

नगरपालिकाले लालपुर्जा नभएकाहरुलाई कुनै हालतमा पनि अनुदान सहयोग दिन नसकिने बताए पछि पांगावासीहरु लाल पुर्जा लिनतिर लागे । यसैक्रममा पांगामा कृयाशील राजनैतिक दलका प्रतिनिधिहरु सहित भुकम्प पिडितहरु नापी विभाग केन्द्रीय कार्यालय बानेश्वरमा गत मंसिर १७ गते शुक्रवार ज्ञापन पत्र बुझाउन गए ।

उक्त ज्ञापन पत्रमा भनिएको छ सदियौंदेखि बसोबास गर्दै आइरहेको घरको नापी नहुनुमा सेवाग्राहीको के दोष ? यो त नापी विभागको काम हो । त्यसैले यथाशिघ्र पांगामा आई नापी गराई लालपुर्जा दिन अनुरोध गरिएको छ । ज्ञापन पत्र बुझ्ने क्रममा नापी विभागका महानिर्देशक कृष्णराज वि.सी.ले सार्वजनिक जग्गा अतिक्रमण नहोस भनेर सरकारले लालपुर्जा मागेका हुन । पिडितहरुको समस्या समाधान गर्न छिट्टै नापी टोली खटाएर नापी गर्ने आश्वासन दिनुभयो ।

उहाँले दिनु भएको वचन कहिलेसम्म पुरा हुने हेर्न बाँकि नै छ । छिटो कार्यान्वयन भएन भने जस्तोसुकै कदम चाल्न पनि पाँगावासी पछि नहट्ने पिडित पक्षले जानकारी दिएका छन ।

No comments:

Post a Comment