Thursday, December 22, 2016

तेह्रौं ज्यापु दिवस भव्यताका साथ सम्पन्न

तेह्रौं ज्यापु दिवस भव्यताका साथ सम्पन्न
                               Nanita Maharjan

कीर्तिपुर सन्देश साप्ताहिक

यःमरि पुन्हिको दिन नेवाः जातिमध्य प्रमुख जाती ज्यापु जातीले ज्यापु दिवस मनाएको छ । हिजो मंगलवार तेह्रौं ज्यापु दिवस धुमधामले सम्पन्न गरेको छ । ज्यापु संस्कृति विकास कोषको आयोजनामा कमलादी जमः त्वाःले कमलादी गणेस्थानमा विभिन्न सांस्कृतिक टोली जम्मा भई सांस्कृति ¥यालीद्वारा काठमाडौंको परम्परागत टोलहरु परिक्रमा गरी बसन्तपुरमा पुगी समापन गरिएको थियो ।

तेह्रौं ज्यापु दिवस समारोह समितिका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्ज्वलन गरी समारोहको उद्रघाटन गर्नु भएको थियो । उहाँले पन्नारत्न महर्जनद्वारा लिखित नेपालभाषाको “अन्धविश्वासय् लिकुनाच्वंगु विज्ञान निगूगु ब्व” पुस्तक, ज्यापु संस्कृति विकास कोषको विशेष अंक संस्कृति र आयोजक टोलको लुमन्ति पौ र चाँदीको सिक्काको विमोचन गर्नु भएको थियो ।

उक्त समारोहमा प्रधानमन्त्रीले सांस्कृतिक विकास कोषको अक्षयकोषमा १५ लाख रुपैया जम्मा गरिदिने, लेडिज फिटनेश च्याम्पियनशीप–२०१६ र हालै थाईल्याण्डमा भएको डब्लुविपिएफ वल्र्ड च्याम्पियनशीपमा काँस्य पदक जित्न सफल कीर्तिपुरकी चेली ननिता महर्जन (बज्राचार्य) लाई राज्यबाट सम्मान दिने घोषणा गर्नुभयो । उक्त समारोहमा कीर्तिपुरका पाँच जना व्यक्तित्वहरु सम्मानीत हुनु भएका थिए ।

                                                         Deepa Maharjan

१.युवा प्रतिभा पुरस्कार तर्फ शिक्षा— पाँगा, कीर्तिपुरका दिपा महर्जनलाई नेपालभाषा एमए ने.सं.११३५मा प्रथम भएकीले रु.१० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
२.युवा प्रतिभा पुरस्कार खेलकुद तर्फ ः ननिता महर्जन नयाँ बजार, कीर्तिपुरलाई लेडिज फिटनेश च्याम्पियनशीप–२०१६ र डब्लुबीपिएफ वल्र्ड च्याम्पियनशीप– २०१६ मा काँस्य पदक जिते वापत रु.१० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
३.युवा प्रतिभा सांस्कृतिक तर्फ—पाँगा, कीर्तिपुरका सन्देश डंगोल संगीत (गिटार) लाई रु.१० हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

Upesh Maharjan

४.युवा प्रतिभा पुरस्कार पत्रकारिता तर्फ ः इटागोल कीर्तिपुरका उपेश महर्जन (पत्रकार गोरखापत्र) लाई रु.१० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
Gobinda Maharjan

५. सांस्कृतिक गूरु तर्फ दिख्यः, पाँगा कीर्तिपुरका गोविन्द महर्जनलाई सम्मान गरिएको थियो ।
६. सांस्कृतिक बाजा दक्षिण भेग तर्फ —दथु दापा खलः, चोभाः कीर्तिपुर
७. अन्यमा ग्वाननी धिमे खलः चोभाः कीर्तिपुरलाई पनि सम्मान गरिएको छ ।
अन्य पुरस्कार तथा सम्मान पाउनेहरु यस प्रकार छन् ।
ज्यापु प्रज्ञा ः पदमरत्न तुलाधर, लाजिम्पात,
ज्यापु रत्न ः राजेश्वर मान सिंह भोटेबहाल,
ज्यापु सरस्वती पदक ः पुरुषोतम महर्जन, टंकेश्वर मार्ग,
ज्यापु उद्यमी पदकः बाबुराजा महर्जन, ग्वार्को, यल
बाल प्रतिभा पुरस्कार ः यजु महर्जन, समाखुसी–चित्रकला
शिक्षाः श्रृजना महर्जन मयलवारी, टेकू
खेलकुद ः इन्द्र डंगोल (महर्जन) यंगाल, जुडो
कलाः बुकेश महर्जन, त्यौड, कमलाक्षी,
क्षेत्रगत प्रतिनिधिमुलक संस्थाहरु ः भिमसोती पुरस्कार ः
ज्यापु महागुथिको सिफारिसको आधारमा
१.उत्तर भेग — ग्वँगबुँ नेवाःपुचः ग्वँगबुँ व्यक्तिः भाइलाल महर्जन, गुरु बाँसुरी र धिमय्, धर्मस्थली
२.दक्षिण भेग ः दथु दापा खलः चोभाः, व्यक्ति ः गोविन्द महर्जन, दापा गुरु, पाँगा,
३.पश्चिम भेग ः बनथोक बाँसुरी पुचः बनथोक, व्यक्तिः बसन्तलाल महर्जन, तिनथाना
४.ललितपुर भेग ः थेचो बाजं संरक्षण समिति थेचो, व्यक्ति ः ज्ञानकुमार महर्जन, यल
५.भक्तपुर भेग ः मुँ धिमे खलः, नगदेश, व्यक्ति ः ज्ञानकृष्ण बाडे नगदेश
त्यस्तै गैर ज्यापु र नेपाल बाहिरका व्यक्तित्वहरुलाई पनि ज्यापु विशेष सम्मान प्रदान गरिएको थियो जसमा १. शरदवीर कंसाकार, थायमदु, २. पुष्कर माथेमा, किलागः ३.राजकुमार शाक्य, ग्वार्को, यल ४. श्रीजन महर्जन, चोबुननी, यल, ५. धुर्मुस सुन्तली फाउण्डेशन, सिन्धुपाल्चोक ६. खगेन्द्र प्रधान, श्रेष्ठाचार्य, सिक्किम, भारत ७. बादशाहा प्रधान, दार्जिलिङ्ग, भारत रहेका छन ।
अन्यमा ः १. झी ज्यापु मिसा पुचः, येँ २.थचो बाजं खलः, टिष्टुङ, मकवानपुर ३.ग्वाननी धिमे खलः, चोभाः, कीर्तिपुर ४. चमती नेवाः खलः, चमती रहेका छन ।

No comments:

Post a Comment