Sunday, December 25, 2016

नगां ज्ञानमाला भजन खलःले जग्गा दान पाए

नगां ज्ञानमाला भजन खलःले जग्गा दान पाए


उन्नाइस वर्षदेखि नगाउँमा ज्ञानमाला भजनको माध्यमबाट समाजमा बुद्ध वचन, बुद्ध धर्मको प्रचार प्रसार र सामाजिक सेवा गर्दै आइरहेको नगां ज्ञानमाला भजन खलःले जग्गा दान पाएको छ ।

नगां ज्ञानमाला भजन खलःका उपाध्यक्ष नगाउँ निवासी रामदास महर्जन र उहाँकी श्रीमती नानी महर्जनले नगां ज्ञानमाला भजन खलःलाई नगाउँ खाःस्थित जग्गा दान गर्ने एक कार्यक्रमका बीच घोषणा गरेका हुन ।
कीर्तिपुर, पाँगामा विहार बनिसकेका छन । तर नगाउँमा अहिलेसम्म एउटा पनि बिहार छैन । बिहार बनाउने र ज्ञानमाला भजन गर्ने एउटा ठाउँ भए हुन्थ्यो भन्ने विचार विमर्श हुँदा रामदास महर्जनले आपूmसँग रहेको करीव साढे दुई आना जग्गा दान गर्ने इच्छा जाहेर गर्नुभयो । नगां ज्ञानमाला भजन खलःले एक कार्यक्रमको आयोजना गरी उहाँबाट बचनबद्धता र संकल्प लिनु भयो । खलःका पदाधिकारी, सल्लाहकार र ज्येष्ठ नागरिकहरुले उहाँको यो सदासयतालाई सम्मान गर्दै सम्मान गर्नु भएको थियो । यो जग्गामा बिहार बनाएमा सहयोग गर्ने बचन पनि थुप्रैले दिइसकेका छन । यसबाट भजन र बुद्ध ज्ञानमा मात्र सहयोग हुने नभई खलःले स्थापना गरेको ज्येष्ठ नागरिक सेवा समाजलाई पनि ज्येष्ठ नागरिकको दिवा सेवा संचालन गरी सेवा गर्ने अवसर प्राप्त हुने ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष हिरा डंगोलले बताउनु भयो ।

No comments:

Post a Comment