Thursday, October 27, 2016

राराहिल मेमोरियल स्कुलमा प्रा. डा. धर्मराज डंगोलको प्रस्तुति सम्बन्धि अन्र्तक्रिया

राराहिल मेमोरियल स्कुलमा अन्र्तक्रिया


राराहिल मेमोरियल स्कुलमा  प्रा. डा. धर्मराज डंगोलको प्रस्तुति सम्बन्धि अन्र्तक्रिया


राराहिल मेमोरीयल स्कुलको आयोजनामा मिति २०७३ कार्तिक ६ गते शनिबारका दिन "Do Schools need to integrate Local Innovation in their School Curricula/Activities"  विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कीर्तिपुरका शिक्षासंग सम्बन्धीत व्यक्तिहरूको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा विभिन्न विद्यालयका प्राधानाध्यापक, व्यवस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतका शिक्षाप्रेमिहरूको सहभागिता रहेको थियो । प्रो. डा. धर्मराज डंगोलबाट उक्त कार्यक्रमको विषयमा प्रस्तुती भएको थियो भने बहांले प्रस्तुत गर्नुभएको उक्त विषयमा केन्द्रित भएर प्रा. डा. रामकृष्ण महर्जन र प्रा. डा. शिवशरण महर्जनले आफ्ना विचारहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रा. डा. धर्मराज डंगोलबाट नेपाल लगायत विभिन्न देशहरूका ग्रामीण तथा शहरी भेगका साना किसानहरूले खेती गर्ने बेलामा भोगेका स्थानिय समस्या र त्यसको समाधानका लागि किसानहरूले अपनाएका स्थानिय Innovative Solutions को बारेका कार्यक्षेत्रको फोटोहरू सहित हाम्रो दैनिक जीवनमा उपयोगी जानकारीहरूको बारेमा विस्तृत रुपमा प्रकाश पार्नु भयो । साथै Innovation  को परिभाषा र यसको प्रक्रियाको बारेमा पार्नुका साथै यस विषयमा विभिन्न स्कुल, क्याम्पस र विश्वविद्यालयहरू नियमित पाठयक्रममै समावेश गरी अध्ययन अध्यापन हुदै आएको सन्दर्भ जोड्नु हुँदै वातावरणको अध्ययन अनुषन्धान गर्ने अगुवाहरू तयार पारी विभिन्न क्षेत्रमा पेशागत रुपमा योगदान दिन सक्ने मानवश्रोत तयार पार्न विभिन्न शिक्षकहरूले पढाउने क्रममा किताबी शिक्षा मात्र प्रदान नगरी किताबले दिन खोजेको कुरालाई आफ्नो समुदायमा रहेका विषयवस्तुसंग तुलना गरी नयाँ नयाँ कुराको बारेमा अनुसन्धान गर्न लगाउने र व्यावहारिक जीवन उपयोगी हुने नयाँ ष्ललयखबतष्यल गर्ने वातावरण सृजना गर्नु पर्छ भन्ने कुरामा  जोड दिनुभयो । यसलाई यस राराहिल मेमोरियल स्कुलबाट पहिलो थालनी गर्न उहाँले सुझाव दिनु भयो । उहाँले आफुले प्रस्तुत गरेको विषयमा सहभागिहरूको जिज्ञासाहरूको बारेमा सम्बोधन गर्नु हुँदै थप प्रष्ट पार्नु भयो । यही कुरालाई थप जोड दिंदै प्रा. डा. रामकृष्ण महर्जन र प्रा. डा. शिवशरण महर्जनले सहभागिहरूको जिज्ञासाहरूलाई समेत सम्बोधन हुने गरी स्कुलको लागि तयार पारेका सरकारी पाठ्यक्रममै २० प्रतिशत स्थानिय ज्ञान शीपमा आधारित विषयवस्तुहरू समाबेश गरी अध्ययन अध्यापन गर्न प्रावधान रहेको जानकारी गराउनु भयो । विद्यार्थीहरूको सिकाईको प्रमुख जिम्मेवारी शिक्षकहरूको हुने भएकोले पाठ्यक्रमको बारेमा जानकारी नै नराखिकन सिधै पुस्तक भएको पाठहरू पढाउने र कण्ठ गर्न लगाई परीक्षा पास गराउने आम प्रचलनबाट शिक्षकहरू माथि उठेर अध्ययन अध्यापन कार्यलाई विद्यार्थीहरूलाई सृजनशील र अध्ययन अनुसन्धान गरी नयां नयां ष्ललयखबतष्यलक गर्ने सिकाई प्रवृती विकास गर्नेतिर दोहो¥याउनु पर्नेमा विशेष जोड दिनु भयो । साथै नियमित पाठ्यक्रममा समाबेश गरी स्कुलका विद्यार्थीहरूमा स्थानिय उपयोगी ज्ञान शीप, अभ्यासहरू र सृजनाको अध्ययन अनुसन्धान, अभिलेख गर्ने र त्यसको प्रचार प्रसार गर्ने शीपको विकास गर्न शिक्षकहरूले पहल गर्नुपर्ने कुरामा पनि उहाँहरूले जोड दिनुभएको थियो । यस कार्यक्रममा राराहिल मेमोरियल स्कुलका प्रिन्सिपल जगत बहादुर महर्जनले कार्यक्रमको उद्देश्य तथा औचित्यको जानकारी सहित स्वागत मन्तब्य दिनुभयो । सभापतित्व ग्रहण गर्नु भएका राराहिल मेमोरियल स्कुलका व्यवस्थापन अध्यक्ष तुलसीदास महर्जनले आफ्नो मन्तव्य सहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन रिडी भन्सारीले गर्नु भएको थियो ।

No comments:

Post a Comment