Monday, October 10, 2016

संस्कार

संस्कार




–इन्द्रवहादुर महर्जन

संस्कार भन्ने शब्द प्राचीन कालदेखि आफ्नो वंश परम्परा र धर्मअनुसार चलि आएको चलन हो । संस्कारबाट नै संस्कृत भन्ने शब्द उत्पति भएको मानिन्छ । संस्कारको विषयमा वैज्ञानिक धारणा ः आग्ने उत्पति सिद्धान्त अनुसार पश्चिमबाट पूर्व तिर भयानक आगोको डल्लो गुड्दै पूर्वतिर आइ त्यहिबाट विच्छेदन वा त्यसबाट आगोको कण छुट्टेर करौडौँ तारा बनेर गुडेर आएको चाप बढी भएर त्यसको कण छुटेर त्यसको ताप विच्छेदन भई अर्कोमा टाँसी त्यहि क्रमबाट भई कहिलै नष्ट नहुने भएको वा सूर्य ताराहरु कहिल्यै नष्ट नहुने भएको भनिन्छ । त्यसै आगोको डल्लोबाट छुटेर सूर्य बनेको र त्यसबाट छुटेर नौ ग्रह बनेको र हरेक ग्रहबाट छुटेर आ–आफ्नो चन्द्रमा बनेको र पृथ्वी सूर्य भन्दा दुई ग्रह पछाडि परेकोले ज्यादै तातो नभएर अन्य हावा (अक्सिजन, हाइड्रोजन, हिलियम, हरितकण आदिबाट पृथ्वीमा पानी सृष्टि भए पछि लाखौ वर्षपछि पानीमा एक कोषिय जीव सृष्टि क्रमश विकास हुँदै बहुकोषिय जीव र त्यसैक्रमले उभयचर (पानी जमिनमा बस्ने) जस्तै भ्यागुतो, सर्प, कछुवा आदिको विकाससँगै आज भन्दा २० करोड वर्ष अगाडी मात्र मानवको रुपमा विकाशको क्रम शुरु भई १० करोड देखि १ करोड वर्ष अगाडी सम्म भयानक जनावर, प्राणीको सृष्टी भएको जस्तै रेप्टाईल जाति पंक्षी, डाइनोसौरस, स्पाइनोसौरस, भिमकाय आदि सृष्टि भएको मानिन्छ । त्यो समयसम्म मानवको पुरा विकासक्रम शुरु भैसकेको भए पनि जंगली युगबाट जव एक दिन बनमा भयानक हुरी वतासबाट बासको एक आपसमा ठक्करबाट आगो निस्कियो र जंगल डडेलो लागे त्यसमा मरेका जनावर मानवले खादा काचो भन्दा वढी स्वाद पाए, बल्ल संस्कार परिवर्तन भई त्यसपछि समुहमा बस्ने, समुहमा हिड्ने, सिकारबाट पाएका आहारा खाने र मृत्यु भएका मानिस जमीनमा गाडेर त्यसमाथि ढुङ्गाको चाङ लगाई राख्ने संस्कार हालसम्म मुस्ताङ अन्य पहाडी जिल्लामा यसु (वाइबल) र अन्य धर्ममा पाइन्छ  । त्यो एक दिन भोकै बस्ने चलन थिए । एक करोड वर्ष अगाडि धुम्रकेटु लामपुच्छ्र्रे ताराले पृथ्वीलाई थक्कर दिएपछि भयानक जनावरहरु डाइनोसोरस, भिमकाय, स्पाइनोसौरस, डिप्लोडक्स जस्ता अन्य जनावर पुरेर मरे र पृथ्वीमा कुनै पहाड कुनै खाल्टो भई पृथ्वीको आकार गोलाईबाट सुन्तला आकार बनेको र पृथ्वी उथल पुथल भई नयाँ युग सुरु भएको भनी वैज्ञानिकहरुको धारणा छ । हुनत धार्मिक ग्रन्थमा जेसुकै बयान दिए पनि वैज्ञानिक आधारबाट सत्य असत्य छुट्याउन सक्नुपर्छ । हरेक विषयमा तर्कपूर्ण हुन्छ, जसबाट सत्य र असत्य छुट्याउन सकिन्छ । मानव समाजमा बस्न थालेपछि अत्यावश्यक खोजी गर्दै समाजबाट संस्कार, संस्कारबाट संस्कृतिको विकासक्रम सँगै सामाजिक चेतनाको विकास भयो । समाजमा बस्न थालेपछि समाजलाई न्यायदिन, हेरविचार गर्न नाइकीको आवश्यकता हुदै राजा, त्यसै क्रमबाट जमिनदार सर्वहाराको संस्कार शुरु भयो ।  गरीब, धनी वर्ग संस्कारलाई झेल्दै अन्य समस्यालाई हटाउन गुठी संस्कार, पर्माप्रथा, मृत्युसंस्कार अन्य धर्म, ग्रन्थ, समाज, ठाउँअनुसार संस्कारको विकास भएको पाइन्छ ।

मृत्यु संस्कार

मृत्यु संस्कार परम्परागत आ–आफ्नो धर्मअनुसार र ठाउँअनुसार फरक फरक पाइन्छ । तिब्बतको  (ल्हासा) संस्कारमा कोही मरेपछि मरेका लासका मासु गिद्धहरुलाई लासको टुक्राहरु गर्दै खुवाउने चलन छ । मलामीबाट फर्कदा गाईको पिसाबबाट चोख्याउने चलन पाइन्छ । पहाडका तामाङ जातिमा पनि मान्छे मरेपछि चिहानमा कसैको गाड्ने र पोल्ने र चोख्याउन गाइको पिसाबबाट चोख्याउने चलन छ ।  तिनीहरुको १३ दिनमा मासु, नुन चोख्याउँदछ । लामाहरुको १३ औ दिनमा लामो इन्द्रबाजा, डमरु, झ्याली, घण्टी बजाएर भए भरका नाताहरु बोलाइ भोज खुवाउने र चोख्याउँछ । त्यसपछि केही गर्नु नपर्ने चलन छ । नेवारहरु लास पोल्ने, नाताकुता नजिकका रोएर जाने फर्कदा नुुहाएर आउने आमालाई कान्छा छोरा जेठाले बाबुलाई दाह संस्कार गरिन्छ । क्षेत्री, बाहुनहरुको जेठो छोराले नै दाहसंस्कार गरिन्छ । नेवारमा चार दिनमा ल्वचा आउने र छोरीबाट खाजा खुवाउने ज्वाइहरुलाई माइतबाट (चिपंठीके) भनेर ४ थरी खाना लिएर बेलुका खुवाउने) चलन छ । ७ दिनमा (न्हेनमा) भात, रोटी, मासु, अन्य थरी खाना फलफूल रक्सी राखी न्हेनमा राख्दा कुकुरले जुन खाना पहिला खान्छ त्यही मृतकलाई मन परेको धारणा छ र बेलुका पाखजा राखी छोरी रोएर श्रीमानको घरमा जाने चलन छ र भोलि देखि ३ दिनसम्म लुगा, अन्य कपडा  धुने प्रचलन छ । दशौँ दिनमा कपाल काट्ने नुहाउने र आफ्नो निसानासम्म परिवारका महिलाहरु रोएर जाने र पीठोले चोख्याउने घरमा गाइको दुधले चोख्याउने चलन छ । १२ सौँ दिनमा घःसु गर्ने नातागोता सबैलाई भोज खुवाउने होम गरेका इट्टा सबै दोबाटोमा फाल्ने फ्याकी दैलोमा थोक्ने चलन छ । त्यसको भोली देखि जावा विगु भनेर हरेक हप्तामा ४३ दिनसम्म मृतकलाई दिने र ४५ दिनमा लत्या गर्ने भनेर महिलालाई तेल कपालमा राख्न लगाउने, भाँडाकुँडा, खाट, दस्ना, चाँदीको डुङ्गा आदि दान दिने चलन छ । ६ महिनामा छाता, जुत्ता, गाग्रो आदि दानदिने र भोज खुवाउने चलन छ । एक वर्षमा बर्खी फुकाउने आफन्तले लुगा, टोपी, फुकाइदिने र भोज गर्ने चलन छ । त्यस्तै अमेरिकनहरुमा मृत्यु भएका व्यक्तिले जिउँदो बेला बढी इच्छा गर्ने त्यो खाल्डो खनेर मृतकलाई पुरीदिने चलन छ । फलफूल भए फलपूmले मृतकलाई खाल्डो खनी पुरी पछि माटोले पुरिदिने चलन छ । त्यस्तै हरेक वर्ग, संस्कार र ठाउँ अनुसार आ–आफ्नो मृत्यु संस्कार चलेको छ । कसैैको नुन राखेर पुरीदिने चलन छ ।

विवाह संस्कार 

विवाह संस्कारमा प्राचीनकालदेखि चलिआएकोमा जंगली युगमा आफ्नै परिवार भित्र बहिनीलाई दाइले दिदीलाई भाइले विवाह गर्थे । जव परिवारबाट समूह समूहमा बस्न थाले अनि एउटा परिवारबाट अर्को परिवारसँग गर्न थाले यस्तै क्रममा मानव विकास सोही क्रमदेखि विवाह संस्कार समय, ठाउँ र जाति अुनसार फरक फरक पाइन्छ । एकल विवाह, बहुपति विवाह, बहुपन्नी विवाह, वहिर्विवाह (गोत्र, धर्म, जाती भन्दा बाहिर गर्ने विवाह) अन्तर विवाह (जाति, गोत्र, धर्म समुह भित्र गर्ने) अधिमान्य विवाहमा (मामाचेली फूपुचेली सँग गर्ने) यो तामाङ मगर जातीमा अहिले पनि पाइन्छ र देवर भाउजु विवाह मुस्लिम जातीमा पाइन्छ । परिविच्छे विवाह (केटाकेटी एउटै कोठामा राखी पछि विवाह गर्ने ) हरण विवाह, परीक्षण विवाह प्राचिन समयमा बढी पाइन्छ । केही वर्ष अगाडी सम्म पहाडतिर क्रय विवाह मूल्य चुकाउन गरिन्छ र सेवा विवाह केटीले केटाको घरमा सेवा गरे वाफत पैसा दिनुको सट्टा विवाह गर्ने चलन छ । विनिमय विवाह वा साटो विवाह आफ्नो केटी अरु परिवारलाई दिएर त्यो परिवारको केटी आफ्नो परिवारलाई विवाह गर्ने चलन पनि पाइन्छ । सह–पलायन विवाह केटाकेटी भागेर हिडेपछि आफन्तले फर्काएर विवाह गराउने चलन पनि पाइन्छ । दृढ विवाह केटी केटाको घरमा काम सघाइ दिएर केटाको परिवारले बुहारीको रुपमा स्वीकार गरेपछि  विवाह गराउने चलन पनि पाइन्छ । दत्तक विवाह केटीको परिवारले केटालाई धर्मपुत्र बनाइ पछि आफ्नो छोरी विवाह गराउने चलन पनि पाइन्छ र विधुवा र विधुर विवाह हाल व्यापक रुपमा विवाह गर्ने चलन छ । अनुलोम विवाह उच्च वर्गको केटाले तल्लो वर्गका जातीका केटीसँग गर्ने र प्रतिलोम विवाह उच्च वर्ग र जाती केटीले तल्लो वर्ग र जाती केटासँग विवाह गर्ने चलन पनि पाइन्छ । बालविवाह आजभोली कमै मात्र पाइन्छ । ब्रह्म विवाह केटीको बुवाले चरित्रदान, विद्वान छानी आभुषणले श्रृङगार गरी आफ्नो छोरी दिने पहिले समाजमा धनी वर्गले गर्दथे हाल कतै कतै पाइन्छ । दैवविवाह आफ्नो घरमा धर्म यज्ञ गरेर दानको रुपमा पुरोहितलाई आफ्नो छोरी दिने सत्य युगदेखि द्वापर युगसम्म बढी पाइन्थे । आर्ष विवाह धार्मिक विधी अनुसार एकजोर गाइगोरु केटीको साथमा पढाउने चलन पनि पहाडतिर अहिले पनि पाइन्छ । प्रजापत्य विवाह केटीको हजुरबाले धर्म र कर्तव्यअनुसार जीवन निर्वाह गर भनि आर्शिवाद दिएर कन्यादान दिने चलन धेरै पाइन्छ । आसुर विवाह केटीको परिवारलाई यथासक्य धन प्रदान गरी स्वच्छन्दता पूर्वक विवाह गर्ने चलन पाइन्छ । गान्दर्व विवाह केटीको इच्छाअनुसार दुवैले निश्चय गरेर एक अर्कोले गमन गरी विवाह गर्ने चलन छ । राक्षस विवाह प्राचिन समयमा बढी
पाइन्छ । युद्धमा कन्या पक्षको नातेदारहरुलाई मारेर रोइरहेकी केटीलाई बलपूर्वक हरण गरेर लगि विवाह गर्ने चलन थियो । पैशाच विवाह कन्यालाई बेहोर बनाइ सहवास गरी विवाह गर्ने चलन आदिम समयमा बढी पाइन्थे र अहिले पनि कसै कसैले गर्छन । प्रेम विवाह आजभोली केटा र केटीको परिवारले लमी मार्फत सम्झौता गरी विवाह गर्ने वढी पाइन्छ । आजकल दर्ता विवाह वढी पाइन्छ । केटा र केटी अदालत वा सम्बन्धित निकायमा गई दर्ता विवाह गर्ने चलन बढी पाइन्छ । विदेशी नक्कल गरी हाल नेपालमा पनि समलिंग विवाह गर्ने चलन भएर आएको छ । केटी केटीसँग र केटा केटासँग विवाह गर्ने चलन विदेशी नक्कल हो । यसरी विवाह संस्कारको जाति, स्थान, समय अनुसार वैवाहिक संस्कारको क्रमिक विकास भएको पाइन्छ । भारतको गोरा जाति र कतै देशमा केटीले केटालाई विवाह गरी केटीको घरमा लग्ने चलन छ । यो पितृसतात्मक नभई मातृसत्तात्क संस्कृतिमा पाइन्छ । यसरी समाजशास्त्री र मानवशास्त्रीहरुले अनुसन्धान गरी बैवाहिक सस्कारको उल्लेख गरेको पाइन्छ ।

गुठी संस्कार

गुठी संस्कार धेरै जसो नेपाल र भारतमा वढी पाइन्छ । नेपालमा पनि अन्य गुठीहरु पाइन्छ । जस्तै कालमोचन गुठी, पशुपति गुठी, मच्छेन्द्रनाथ गुठी, बाघभैरब गुठी, भजन खलहरुको गुठी, आदित्यनाथ गुठी यस्तै गरेर हरेक ठाउँमा आ–आफ्नो क्षेत्रअनुसार गुठीहरुको संस्कार पाइन्छ र संस्कारको राम्रो विकास गर्दै लगेको पाइन्थो । लिच्छविकालमा मानदेव, अंशुवर्मा  जनताको सार्वभौमिकता हितका लागि गुठी संस्कारको विकास गर्ने शुरु गरेको पाइन्थे । जनताहरुमध्ये कसैलाई विपत परे गुठीबाट ऋण  लिइ चलाउने र मृत्यु समयमा गुठीबाट लास उठाउने चलन पाइन्थ्यो । जयस्थिति मल्लले गुठी संस्कारको क्रमिक विकास गर्ने प्रकृया अपनाएको पाइन्थ्यो । पुरानो सती जाने प्रथा र दास प्रथा राणा चन्द्र शमशेरले बन्द गरेको पाइन्छ । उसको आमालाई सती जान रोकेको र सम्पूर्ण जनताले सती जाने र दासप्रथा पूर्ण रुपमा रोकेको पाइन्छ । गुठी संस्कारलाई र मृत्यु संस्कारलाई परिवर्तन गरेको छ । हाल जनता र समाजको मर्कालाई ध्यानमा राखी विचाः गुठी पनि ठाउँ ठाउँमा चलन हुदै आएको पाइएको छ । जसबाट मृतकको परिवालाई विचाः गुठीबाट केही रकम संस्कार गर्न दिने चलन छ । तराई क्षेत्रमा पर्मा प्रथा पनि चलन छ । एक्लै खेती काम गर्न गाह्रो हुने भएकोले समुहमा पालो पालो गरी खेती काम गर्ने र साँझ फर्कदा समुहमध्ये कसलाई के समस्या छ त्यो समाधान गर्ने चलन छ । नेवारहरुको बोलाप्रथा पनि यसरी नै गर्ने चलन छ । यसरी गुठी संस्कारको विकास हुँदै आएको छ । गुठी संस्कारमा किराती राजा यलम्बरले पनि केही कदम चालेको इतिहासमा पाइन्छ । महेन्द्र मल्लले
व्यापारी र सिपमूलक उद्योग विकास गर्न बढी जोड दिए पनि गुठी संस्कारको पनि विकास गर्दै लगेको उल्लेख छ । सिद्धिनरसिंह मल्लले पनि गुठी संस्कारको राम्रो विकास गर्दै लगेको पाइन्छ । नेपालमा मुलुकी ऐन लागू गरेदेखि गुठी संस्कार सुचारु रुपले विकास हुँदै आएको देखिन्छ । कीर्तिपुरको बाघ भैरव १२ वर्षे नाच (मालीनाच) संस्कार सिद्धिनरसिंह मल्लले शुरु गरेको उल्लेख छ भने चोभारको आदित्यनाथ मन्दिर भाजंगलका विष्णुदेवी मन्दिर र चोभार गणेश (क्वेना) मन्दिर सदासिव मल्लले संस्कारको रुपमा स्थापना गरेको पाइन्छ ।

कुसंस्कार

नेपालमा कुसंस्कार कहिलेदेखि विकास हुँदै आएको हो भनी थाहा पाउन सबैलाई उत्सुकता हुन्छ । हुनतः कुसंस्कार विकास भएको थिएन । त्यो समयमा सत्ययुग, त्रितायुगमा दानवले मानव देवगणहरुलाई  सिधै आक्रमन गरेर मारकाट गर्थे र होमकुण्डमा रगत, पानी हाली बाधा पार्थे । ठूलो ठूलो दानवहरुले कुसंंस्कार विकास गर्न खोजे पनि पूर्णसफल गर्न सकेन । हाल आएर भारत, पाकिस्तान, वंगलादेश भन्दा पनि नेपालमा कुसंस्कारको ज्यादै विकास भएको पाइन्छ । नेपालमा कुसंस्कारमा सबैभन्दा विकास भएको घुसखोरी, बलात्कारी, वेस्यावृत्ति, चेलीवेटी बेचविखनकारी, लागुपदार्थ बेच्ने, कालो बजारी, तस्कर, हत्यााहरु हुन् । यी कुसंस्कार तत्वहरुले सोझो सीधा मानिसहरु हिड्ने ज्यान जोगाउन मुस्किल भैरहेको छ । आफ्नो स्वार्थ पूरा गर्न मान्छेले जे गर्न पनि तयार गर्छन । यस्ता कुसंस्कारलाई निर्मूल गर्न सरकारले ज्यादै कडा कदम चाल्नुपर्छ । नत्र नेपाल जंगली युगमा परिणत भएर जान्छ । भारतमा ब्रिटिस सरकार चलाएको समयमा नेपालमा नालापानी लगाएत अन्य स्थानमा लडाई हुँदा भक्ति थापा, दामोदर पाण्डे, अमर सिंह थापा जस्ता नेपालका बहादुर ब्रिटिस सरकारलाई पराजित गरेको समयमा पनि एक जना घुस्याहाहरुले व्रिटिससँग घुसलीई नेपालको गोप्य कुराहरु र काठमाडौँ आउने बाटो, नेपालीहरुले कुन कुन ठाउँमा लुकेर लडाई खेल्छ भन्ने बारे ब्रिटिसलाई पोल खुलाएको कारण भक्ति थापाले वीरगती प्राप्त गर्नु परेको भनी इतिहासकार भन्छन् । तर हाल कुसंस्कार ज्यादै विकास भएको कारण नेपाल दुर्दशा भएको देखिन्छ । घुसखोरी नेपालमा वडा कार्यालयदेखि नगरपालिका, मालपोत कार्यालय, कर विभागहरु त घुसखोरीको केन्द्रिय कार्यालयहरु हुन् । अड्डा अदालत, घुसखोरी वकीलहरुको दोस्रो केन्द्रिय कार्यालयहरु । यिनीहरुले जमिन्दारीहरुलाई समेत सडकको भिखारी बनाउँदछ भने सारा जनता चिच्याएका छन् । राणाकालमा घुसखोरीहरुलाई फाँसी दिने कारण
घुसखोरीहरु निर्मूल नै देखिन्थे । पञ्चायतकालमा लुकीछुपी घुस खान्थे । हाल यति ल्याउ उती ल्याउ नदिने भए फर्केर जाउँ भनी सोझासाझा जनतालाई भिखारी बनाई आफू मोटाउने गर्छन । यस्ता घुस्याहरुलाई आजीवन कैद गरी सर्वोस्वहरण गर्नुपर्दछ । नेपालका धेरै जस्तो मानिसहरु टि.भि., फिल्म, अन्य पत्रिका हेरे पनि राम्रो कुरालाई वास्ता नगरी नराम्रा कुरालाई नक्कल गर्न खोज्दछन् । महाभारत फिल्म हेर्दा कृष्णको, युधिष्ठिरको ज्ञान मिल्काएर सकुनीको चाल सिक्न खोज्छन् । घुसखोरीहरुलाई समातेर जेलचलान गरे पनि ठूलो नेताहरुले चौकीमा ठान्दारहरुलाई त्यो व्यक्ति हाम्रो पार्टीका मान्छे हो । तुरुन्तै छोड्नु प¥यो भनी फोन गरेर डोड्न लगाउछन् । घुुसखोरीहरु अति बाठो र चलाख हुन्छन् । सोझो सिधा जनताहरुलाई काँचै निली हाल्छ । अतः यस्ता घुसखोरीहरु कुसंस्कारका प्रतिक हुन् । चेलीबेटी बेचविखन गर्ने पनि कुसंस्कारका जघन्य अपराधी हुन् । रोजगारीको लोभ देखाई भारतको बम्बईदेखि लिएर दुबई, अरब, कटार, फ्रान्स, अफ्रिका, अमेरिकासम्म चेलीबेटी बेचविखन भइरहेका समाचार छ । सरकारले रोजगारीे दिन नसकेकोले यस्तो कुसंस्कार विगीविगी भएको पाइएको हो । यस्तो अपराधीलाई जेलमा राखे पनि मन्त्रिस्तरको नेताहरुले हाम्रो पार्टीका मान्छेलाई तुरुन्तै छाड्ने प¥यो भनि धम्की आएपछि प्रहरीले छोड्नु पर्ने बाध्यताले गर्दा यस्ता कुसंस्कार सरकारले रोक्न सकेको छैन । प्रेट्रोल, ग्यास, बन्द भएर, पछि आउँदा कालोबजारीलाई पैसा कमाउन चिठ्ठा नै परेको छ । त्यस्ता कुसंस्कार अपराधिले गर्दा सोझा सिधा सारा नेपालीहरुले ज्यादै दुःख पाइरहेका छन् । त्यस्तालाई आजिवन कैद गर्नुपर्छ । तस्करी, कालोबजारी, चेलिबेटी बेचबिखन गर्ने घुुसखोरीहरु राणाशासन कालमा फाँसी दिने डरले त्यस्ता अपराधि इतिहासमा उल्लेख छैन । लागु पदार्थ बेचलबिखन गर्ने, सेवन गर्ने, मध्ये तमाखु, हुक्का, सुर्ती खाने कुसंस्कारमा गन्दैनन् तर चरेस त्याप खाने, स्म्याक खाने, हिरोइन, कोकीन, गाजा, आदि कुसंस्कारको जघन्य अपराधी हुन् । त्यस्ता मानिसले सेवन गर्न नपाउँदा मारकाट गर्ने, चोरी डकैती गर्ने, अरु जघन्य अपराध सम्म गर्दछन् । अतः त्यस्ता कुसंस्कारका अपराधिलाई आजिवन कैद गर्नु पर्दछ । नत्र देशको अस्तित्व नै खरानी हुन्छ । देश त्रासको वातावरण भै सारा नेपाली खरानीमा परिणत हुन्छन् । नेपालमा दुई प्रकारका चोरी डकैती लुटेरा, ठगि अपराधिहरु छन् । एक प्रकारको सिधै चोर्ने, डकैत गर्ने, लुट्ने ठग्ने हुन्छ भने अर्को घुमाएर लुट्ने, चोर्ने, डकैति गर्ने, ठग्ने कुसंस्कारका जघन्य अपराधीहरु पाइएको छ । त्यस्ता कुसंस्कारहरु पूर्ण रुपमा निर्मूल गर्न रोजगारीको राम्रो व्यवस्था, कानुन अति कडा नै हुनुपर्छ ।  फाँसी दिने र कानुन निष्पक्ष छानविन सत्यमा आधारित हुनु पर्छ । नेपालमा भएको ६०२१ नदिनालालाई सदुपयोग गर्ने, ¥याफ्टिङ्कोे पूरा व्यवस्था, विद्युत उत्पादन पर्याप्त गर्ने नेपालका पुँजी पतिलाई साथ दिइ उद्योगहरु खानीहरुको अत्यधिक उत्पादन गरी नेपालका सबै जनतालाई स्वावलम्बन बनाउन सके त्यस्ता कुसंस्कार
अपराधी कम हुदै जाने मेरो विश्वास छ ।

No comments:

Post a Comment