Monday, October 10, 2016

तेस्रो किपू कप ब्याडमिन्टन सम्पन्न

तेस्रो किपू कप ब्याडमिन्टन सम्पन्न




—नविन महर्जन

कीर्तिपुर नगरपालिका वडा नं. २ देबढोकास्थित इन्द्रायणी परिवार क्लब र देबढोका ब्याडमिन्टन समुहको संयुक्त आयोजनामा संचाललित तेस्रो किपू कप ब्याडमिन्टन प्रतियोगिता गत असोज १५ गते सम्पन्न भएको छ ।

उपत्यका भित्रका कुल ३२ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा यसपाली फाइनल खेल कीर्तिपुर नगरपालिका भित्रकै खेलाडीहरु बीच सम्पन्न भएको छ । नियमित अभ्यास र प्रतियोगितामा समावेश भैरहेको कारणले कीर्तिपुरका यी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न कायम रहेको छ ।
फाइनल खेल सुरोज मालाकार र दिनेश महर्जनको जोडी तथा दयाराम डंगोल र राजु महर्जनको जोडी बीच सम्पन्न भएको थियो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको त्यस फाइनल खेलमा सुरोज मालाकार र दिनेश महर्जनको जोडीले दयाराम डंगोल र राजु महर्जनको जोडीलाई २१—१९ र २१—१९ को सेटले पराजित गर्दै तेस्रो किपू कप ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको थियो । त्यसैगरी सेमिफाइनलमा पराजित नविन महर्जन÷श्याम महर्जर्नको जोडी तथा अमर कुमार लावती ÷शिबु महतको जोडीलाई संयुक्त रुपमा तेस्रो स्थानको लागि घोषित गरेका थिए । यस प्रतियोगिताको क्वाटर फाइनल असोज १२ गते राजु महर्जन ÷दयाराम डंगोलको जोडीले शंकर महर्जन÷ लक्ष्मी भक्त महर्जनको जोडीलाई त्यसैगरी नविन महर्जन÷ श्याम महर्जनको जोडीले काजी कार्की ÷सन्तोष श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । क्वाटर फाइनल खेल अन्तर्गत नै अमरकुमार लावती ÷शिबु महतको जोडीले देबेन्द्र राणा/ आत्माराम बखतीको जोडीलाई पराजित गरेको थियो भने सुरोज/ दिनेशको जोडीले वाकओभर पाएर सेमि फाइनलमा पुग्न सफल भएको थियो ।

गत विहिवार सम्पन्न पहिलो सेमिफाइनल सम्पन्न खेलमा राजु महर्जन/दयाराम डंगोलले जोडीले नविन महर्जन/श्याम महर्जनको जोडीलाई २१—१६ र २१—१५ को सोझो सेटले परािजत गर्दै फाइनल पुग्न सफल भएको थियो । त्यसैगरी सुरोज मालाकार÷ दिनेश महर्जनको जोडीले अमर कुमार लावती/ शिबु महतको जोडीलाई ११—२१, २१—१७ र २५—२३ को सेटले निकै प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको थियो ।
यो प्रतियोगिता गत असोज ५ गते उद्घाटन हुँदै प्रारम्भ भएको थियो । फाइनल खेल पछि एक समारोहका बीच पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलार्य ट्रफि, प्रमाण पत्र लगायत नगद रु.१० हजार, ७ हजार र ४/४ हजार प्रदान गरी सम्मान गरेको थियो । त्यस पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता देबढोका ब्याडमिन्टन समूहका अध्यक्ष विनोद महर्जनले गर्नु भएको थियो । प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका अधिकृत उद्धव प्रसाद रिजाल अतिथीहरुमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, कीर्तिपुर खेलकूद विकास समाजका अध्यक्ष प्रदिप महर्जन, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, कीर्तिपुर न.पा.मा दलिय प्रतिनिधित्व गर्ने राजकुमार नकर्मी, रमेश महर्जन, शम्भुराम महर्जन लगायत एवं गत केही हप्ता अघीमात्र महिला फिटनेश तर्फ प्रथम हुन सफल ननिता महर्जनको उपस्थिति थियो ।

No comments:

Post a Comment