Sunday, October 9, 2016

मोहनी र दशैं वीचको भिन्नता




स्वराज महर्जन

मोहनीः

आफै देवता हुने तान्त्रिक पूजा संग सम्वन्धित, अष्टमीको दिनमा जीवनमा प्रयोग हुने सबै खाले सामानदेखि हतियार तयारी अवस्थामा राख्ने स्थापना गर्ने । स्थापना गर्नेलाई थापं यायेगु भनिन्छ । सो दिनमा नै कुलका सबैजना बसी भोज खाने गरिन्छ । उक्त भोजलाई कूछि भ्वय् भनिन्छ ।
नवःमिको दिनमा उक्त सामानलाई पुजा गरि तान्त्रिक टिका मोहनी बनाउने गरिन्छ । दशमीको दिनमा मोहनी सिन्ह अर्थात मोहनी तिका लगाउने र प्रसादको रुपमा समेबजि खाने गरिन्छ । गुथि र देवघरवाट मानिस नै देवताको रुपमा प्रकट हुने गरिन्छ । खड्ग लिइ निस्कने सो संस्कृतिलाई पायो निकाल्ने भनिन्छ । दशमीको दिनदेखि नै सामान प्रयोग गर्ने अर्थात धान काट्न जाने गरिन्छ । दशमीलाई चालं भनिन्छ । चालं भनेको चलाउने अर्थमा हो । मोहनी भनेको मोहन लगाउने अर्थात ध्यान एकीकृत गर्नें हो । मोहनी संघर्षवादी सिद्धान्त अनुसार चलाउदै आएको संस्कृति हो

दशैंः असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा लिने पर्व हो दशैं । दशैं भनेको दशौं दिनलाई भनिएको हो । सप्तमीको दिनमा पूmलपाटी लाने गरिन्छ । र मूल रुपमा दशमीको दिनलाई टिका लगाउने दिनको रुपमा लिइन्छ । सो दिनमा आफूभन्दा ठूलाबडाको हातवाट टिका थाप्ने र आशिर्वाद लिने गरिन्छ । त्यसैले दशैं आदर्शवादी सिद्धान्तको रुपमा लिएको छ ।

No comments:

Post a Comment