Thursday, September 15, 2016

कीर्तिपुरकी चेली ननिता महर्जन लेडिज फिटनेश च्याम्पियन २०१६ उपाधि जित्न सफल

कीर्तिपुरकी चेली ननिता महर्जन लेडिज फिटनेश च्याम्पियन २०१६ उपाधि जित्न सफल 

                                     




Kathmandu Bodybuilding & Fitness Association ले गत भाद्र २५ गते शनिवार काठमाडौंको राष्ट्रिय नाचघरमा शारीरिक सुगठनको प्रतियोगिताको आयोजना गरियो । जसलाई Mr. Kathmandu & Ladies fitness championship –२०१६ नाम दिइएको थियो ।

नेपालमा पहिलोपल्ट आयोजना गरिएकोLadies Fitness Championship -2016 को पनि आयोजना गरिएको थियो । दर्शकहरुले खचाखच भरिएको राष्ट्रिय नाचघरको हलमा ६ जना महिला प्रतियोगिहरुले आफ्नो कौशल देखाउन सुरु गरेका थिए ।

कीर्तिपुर तःननिका पंचलाल महर्जन र धौमै महर्जनको जेठो छोरा रामशरण महर्जनको छोरी ननिता महर्जन बज्राचार्यको ट्याग नम्बर ९२ थियो । उनको प्रस्तुति देखेर दर्शकहरु उत्साहित हुँदै नाइन टु -नाइन्टी टु भन्ने नारा गुंजि थाल्यो ।

प्रस्तुति सकिएपछि निर्ण आउन बाँकी केही समयसम्म दर्शकदीर्घाबाट नाईन्टी टु स्वरले गुंजिरह्यो । आखिर नतिजा आउँदा ननिता नै प्रथम घोषणा भयो ।

उनी डिभाइन फिजिकल फिटनेश क्लबबाट भाग लिएकी थिइन ।  सेप्स फिटनेशकी सन्ध्या श्रेष्ठ दोस्रा र फिटनेश स्टुडियोका लुना प्रधान तृतिय घोषित भए ।

दुई वर्षको निरन्तर अभ्यासबाट रुजन बज्रचार्यकी श्रीमती, कीर्तिपुरकी चेली ननिता महर्जन बज्राचार्यले यो उपाधिसँगै रु.२० हजार जित्न सफल भएकी छिन भने अब अन्तरराष्ट्रिय प्रतियोगितामा पनि भाग लिन पाउने भएकी छिन । उहाँलाई ध्यचमि ीष्लप ले एकवर्षसम्म इन्टरनेट प्रयोग गर्न निःशुल्क उपलब्ध गराउने भएको छ ।

No comments:

Post a Comment